
कैलाली-आफ्नो गाउँ आफैराम्रो बनाऔं भन्दै गाउँ सरसफाईमा सक्रिय भएर पत्रकार धनराज विक जुटेकाछन । लम्कीचुहा नगरपालिका ६ चैनपुर बस्ने विक शनिबार आफ्नै गाउँ समाजमा सरसफाईमा जुटेकाहुन् । पत्रकार विक कैलाली पोष्ट दैनिकका अतिथि सम्पादक, लम्की खवर अनलाईन अतिथि सम्पादक,अनुमोदन दैनिकका लम्की संवाददाता र टीकापुर एफएममा कला संवाददाताको रुपमा पत्रकारिता गर्दै आएकाछन् ।
मानिस हिड्ने रोडको किनारा र नालामा झारपात उमे्रर फोहरमैला देखिन थालेपछि गाउँ सरसफाई गर्नुपर्छ भनेर विकले अगुवाई गरेका थिए । शनिबार बिहानै बिक सरफाई गर्नको लागि रोडमा निस्केका थिए । पत्रकार तथा मानव अधिकारकर्मी विक आफैबाट परिवर्तनको सुरुवात गर्नुपर्छ भन्दै विगत देखि समाज परिवर्तनमा निरन्तर लाग्दै आएको नर्जित कडाराले बताए ।
केही समयदेखि धनगढीमा बस्दै आएका पत्रकार विकले पहिले नै गाउँ सरसफाईको काम गर्न आवश्यक छ भनेर समाजका मानिस लाई पटकपटक अनुरोध गरेका थिए । समाजका केहीलाई जिम्मा समेत दिएका थिए । कोही तयार नभएपछि आफ्नै घरआँगन पनि सफा गर्न अरुको भर परेका समाजका मानिसलाई बाटो देखाउन विक आफै सरसफाईमा जुटेका थिए ।
शुक्रबार साँझ घरजाने बेला बाटोमै भोली बिहान गाउँ सरसफाई गर्नुपर्छ भनेर विकले घरघर पुगेर खबर गरेका थिए । बिहान ७ बजे पत्रकार विक सरफाईको लागि रोडमा निस्कदा कोही आएनन् । अर्कोदिन गरौंला भनेर समाजका मानिस धेरै जसो स्याउलापात ल्याउन जंगल हिडिरहेका थिए । केहीले समाजका मानिस मान्दैनन् नगरौं समेत भनेको गाउँ सरसफाई गर्न आएका स्थानीय नन्दकेशर विकले बताए ।
उनले भने –“पत्रकार दाजु कोही तयार नभएपनि एक्लै सरसफाई गर्न लागेपछि बिस्तारै अरुपनि जोडिदै गए । दिउसो १२ बजेसम्म गाउँ सरसफाई गरेका थियौं । केहीले अवरोध गर्नपनि खाजे केही हरिरहे मात्र ।”आफैले हिड्ने दैनिक बाटो र आफ्नै घरअगाडी पनि अरुले सरफाई गरिरहदा कोहिभने सरसफाई गर्न तयार भएनन् । यस्तो व्यवहारले समाज कसरी बन्छ ?उनले प्रश्न गरे ।
सरसफाई नगर्नु भन्दा पहिले धरैै नराम्रो देखिन्थ्यो गाउँ । बाटोमा सजिलै हिडडुल गर्न समेत असजिलो थियो । सरसफाई गरेपछि अहिले गाउँ सुन्दर देखिएको देबु बिष्टले बताईन् । सकारात्मक सोचले मात्र समाजको विकास सम्भव हुने पत्रकार विकको भनाई रहेको छ ।