Baigyanik Media

Advertisment

SKIP THIS

घरघरमा महिला सम्मानित नहुँदा सम्म सभ्य समाज बन्दैन : सपना बिसी

कैलाली-नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् महिला नेतृ बिष्ना बिसी (सपना)ले घरघरमा महिला सम्मानित नहुँदा सम्म सभ्य समाज नबन्ने बताएकिछन् । लम्कीचुहा नगरपालिका ६ चैनपुरमा मंगलबार भएको १ सय १२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बिसीले यस्तो बताएकीहुन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र अखिल नेपाल महिला संघले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए । 

 

 

 

महिला जागरण केन्द्र नेपालकी अध्यक्ष समेत रहेकी बिसीले महिला माथि हुने सामाजिक विभेदका विरुद्ध सबैले बोल्नुपर्ने बताईन् । सामाजिक परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने बताउने जनकलाकार बिसीले अन्तरजातीय विवाह गरेर सामाजिक परिवर्तनको सुरुवात आफैबाट गरेकीछन् । उनले भनिन् –“महिलाहरु समाजमा सम्मानित नहुँदा सम्म सभ्य समाजको कल्पना समेत गर्न सकिदैन । अहिले पनि घरपरिवारमा महिलाहरु माथि दमन शोषण हुने गरेको र सामाजिक संरचनाको चपेटामा महिलाहरु पर्ने गरेकाछन् ।” निर्णय गर्ने अवस्थामा महिलाहरु अझैंपनि पुग्न नसकेको उनले बताईन् । 

 

हामी नारी दिवस गाउँमा आफै पैसा उठाएर मनाई रहेका छौं । वडा सरकार कहाँ छ ? के गरिरहेको छ ? अत्तोपत्तो छैन । स्थानीय सरकारले गर्ने यस्तो व्यवास्ताले गाउँका महिलाहरुलाई दुखी बनाएको बिसी बताउँछिन् । क्षमता विकास महिला सशक्तिकरण र सामाजिक परिवर्तनमा सरकारको अर्थपूर्ण लगानी हुनुपर्नेमा उनले जोड दिईन् । 

 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) लम्कीचुहा ६ नम्बरका पार्टी वडा अध्यक्ष ढक बहादुर बिकले वडा सरकारले महिलाहरुको क्षमता विकासका लागि केही नगरेको बताए । अरुबेला केही नगरे पनि महिला दिवशमा कार्यक्रम गर्न सकिने भएपनि वडा सरकार उदासिन बनेको उनले बताए । सरकारको लगानी नभएपछि हामीले सहयोग गरेर महिला दिवस मनाएको र अबदेखि नियमित रुपमा आफू र आफ्नो पार्टीले सहयोग गर्ने बिकले प्रतिवद्धता जनाए ।

 

त्यसैगरि ६ नम्बर वडाकै एकीकृत समाजवादीका अध्यक्ष बल बहादुर बुढाले लम्कीचुहा नगरपालिकाले आयोजना गरेको नारी दिवश कार्यक्रममा विद्यार्थीहरु जम्मा गरेर गरेको कार्यक्रमको औचित्य नरहेको बताए । हास्य कलाकार ल्याएर रमिता देखाउने काम बन्द गर्नुपर्ने उनी बताउछन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation