कैलाली -बर्दगोरियामा कांग्रेसको होलि मिलन तथा पार्टि कार्यलय उद्घाटन कार्यक्रम सम्पन्न
बौनिया । नेपाली कांग्रेस बर्दगोरिया गाउँ कार्यसमितिको आयोजनामा बिहिवार होली मिलन तथा पार्टीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
आपसी सदभाब र एकताको पर्वका अबसरमा आयोजित कार्यक्रममा कांग्रेस वडादेखि जिल्ला हुँदै केन्द्रिय सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कांग्रेस बर्दगोरिया गाउँ कार्यसमितिका सभापति कृष्ण विष्टको सभाध्यतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा केन्द्रिय सदस्य गोविन्द बहादुर शाह ,विशिष्ट अतिथिमा केन्द्रिय सदस्य गुरु बराल, पुर्व जिल्ला सभापति बिर्खराज भाट,महासमिति सदस्य मोहन सिङ राठोर, कांग्रेस कैलाली जिल्ला सभापति नारायण दत्त भट्ट लगाएतको उपस्थिति रहेको थियो ।
सो अबसरमा कार्यक्रमका प्रमुख अतीथी शाहले होलीको शुभकामना सहित कांग्रेस बर्दगोरिया गाउँकार्यसमितिको कार्यालय उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै शाहले आउँदो निर्वाचनमा कांग्रेस पार्टी नै देशको पहिलो शक्तिका रूपमा उदाउने दावी गरे । नेपाली जनताको सेवबको रूपमा नै नेपाली कांग्रेस एकमात्र पार्टीले जनताको हित ,अधिकार र बिकासका लागि कार्यक्रम गरेको भन्दै आगामी निर्वाचनमा पनि जनताले कांग्रेसलाई नै रोज्ने दावी गरे ।
कम्युनिस्टहरुले विगत लामो समयदेखि नेपाली जनतालाई आश्वासन र प्रलोभनमा मात्रै पार्ने गरेका कारण पनि उनीहरू पतनको दिशामा पुगेको बताए । कम्युनिस्ट जस्तो जनतालाई छल्ने ,जनतालाई अधिकार र धनी बनाउने नाममा आफू मात्रै धनी बन्ने नेता कांग्रेसमा छैन्न उनले भने अब नेपाली जनताले त्यस्तो लोभ र प्रलोभ सहने छैन्न ।
उनले स्थानीय स्तरमा समेत जनताको सेवक भयर गतिविधि तथा कार्य संचालन गर्न कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा विशिस्ट अतिथी रहेका केन्द्रिय सदस्य गुरु बरालले समेत आउँदो निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाउन आग्रह गरे ।
उनले जनताको मझमा कामगर्दा केही कमि कमजोरी पनि हुनसक्छन् भन्दै आगामी दिनमा अझ जनताको मनोभावना बुझेर काम गर्नुको विकल्प नभएको बताए । उनले भने कैलाली थुप्रै भाषा ,जाती र समुदाय मिलेर बनेको भुगोल रहेको बताउदै जाती ,भूगोल र समुदाय उचालेर राजनीति नगर्न सुझाव समेत दिए ।
कार्यक्रममा थारु समुदायको कठरिया नाच, मध्य सुदुरको पहिचान डेउडा समेत प्रस्तुत गरिएको थियो । काङ्ग्रेस बर्दगोरिया गाउँ कार्यसमितिका उपसभापति प्रमोद मल्लको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन सचिब गोविन्द बीसीले गरेका थिए ।