कैलाली-स्थानिय निकायको निर्वाचन २०७९ का लागि करिब १ महिना बाकि रहदा सबैको ध्यान कुन पार्टीबाट काे उम्मेदवार बन्ने भन्ने बिषय चासोका साथ हेरिन थालेको छ । यसै बिच कैलाली जिल्लाकाे मध्यवर्ती क्षेत्रमा रहेको बर्दगाेरिया गाउपालिका वडा नम्बर ५ मा नेकपा एमाले बाट वडा अध्यक्ष पदकाे उम्मेदवार का रुपमा राजेश चाैधरिकाे सम्भावना बढ्दै गयकाे एमाले बर्दगाेरिया पार्टी स्राेत ले बतायकाे छ । चाैधरि यसअघि २०७४ सालमा सम्पन्न भएको स्थानीय निकायको निर्वाचन मा फाेरम लाेकतान्त्रिक बाट साे वडाको वडा अध्यक्ष पदका उम्मेदवार बन्दै २०७ मत प्राप्त गरेका थिए ।
चाैधरी साे वडाका साथै गाउपालिकामा स्वच्छ छवि भएको युवाका रुपमा परिचित छन् । लामाे समय खेल क्षेत्रमा आबद्ध रहेका चाैधरि पछिल्लो केही बर्षदेखि स्वस्थ व्यवसायमा समेत आबद्ध छन् । स्थानीय वडा वासिका अनुसार यदि चाैधरिले वडा अध्यक्ष का रुपमा पार्टिले विश्वास गरेर टिकट प्रदान गरेमा चाैधरिकाे जित निश्चित प्राय रहेको साे वडाका जानकारहरु बताउदछन् । चाैधरिकाे छवि स्वच्छ भएकोले उहाले एमाले पार्टीको मात्र नभएर अन्य पार्टी काे समेत भाेट प्राप्त गर्ने अवस्था रहेको जानकार हरु बताउदछन् ।
चाैधरीका अनुसार यदि पार्टिले बिश्वास गरेर आफुलाइ टिकट दिएमा आफुले गाउपालिका अध्यक्ष र उपाध्यक्ष का उम्मेदवार लाई जिताउन महत्त्वपूर्ण भुमिका खेल्नुका साथै वडामा आफ्नो पुरै टिम निर्वाचित हुने विचार व्यत्त गरे ।