
कैलाली।स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरी बिदाइ भएका छन् । ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले औपचारिक कार्यक्रमको आयोजना गरी एक सय तीन म्यादी प्रहरीको सामूहिक बिदाइ गरेको हो ।
बिदाइ कार्यक्रममा प्रमुख प्रहरी निरीक्षक महेश बिक्रम शाहीले स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा म्यादी प्रहरीको सबैभन्दा महत्वपूर्ण योगदान रहेको बताउनुभयो । राज्यले आफूले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकामा म्यादी प्रहरीलाई धन्यवाद दिँदै उहाँले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका बेलामा पनि भर्ना प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभयो । साथै उहाँले सुरक्षा निकायले म्यादी प्रहरीको अनुभवलाई उपयोग गर्नेसमेत विश्वास दिलाउनुभयो ।
नेपाल सरकारले तोकेको सेवा सुुविधा दुई किस्तामा प्रदान गरेको छ । पहिलो किस्तामा ४० दिनको रासन भत्ता, भ्रमण भत्ता , र पोशाक भत्ताबापतको रु १४ हजार ६८ रुपैयाँ बैंक खातामार्फत भुक्तानी भइसकेको छ भने दोस्रो किस्ता रु २९ हजार ९ सय ३७. ६० पैंसा कोष तथा लेखा नियन्त्रक कार्यालयमा फाइल पेश भई रकम खातामा आउने प्रक्रिया सुरु भइसकेको जनाइएको छ । म्यादी प्रहरीलाई ४० दिन बराबरको पारिश्रमिक बाँकी रहेको रकम सोमवार सम्म सबैको खातामा पुगेन वैज्ञानिक मिडियालाई खबर प्राप्त भएको हो।