बाैनियाँ-स्थानिय तहको निर्वाचन २०७९ मा बर्दगाेरिया गाउपालिका बाट निर्वाचित जनप्रतिनिधि हरुलाई दाेदाेधरा अस्पताल परिवारले शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरि बधाई तथा सम्मान गरेको छ।अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् बर्दगाेरिया गाउपालिका वडा नम्बर १ का निवर्तमान वडा अध्यक्ष जयरुप खतिवडाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गाउपालिका अध्यक्ष कर्ण बहादुर कुवर रहनु भएको थियो । कार्यक्रममा बाेल्दै कुवरले दाेदाेधरा अस्पतालकाे स्तराेन्नतिका लागि आफ्नो कार्यकालमा आफू कटिबद्ध भएर लाग्ने कुरा अवगत गराउनु भएको थियो । कार्यक्रममा अगाडि बाेल्दै कुवरले अस्पतालकाे बिकासमा गाउपालिका का प्रतिनिधि संगै अस्पताल का कर्मचारी हरुकाे भुमिका अहम रहने भएकोले त्यस कुराकाे मनन गर्दैन अघि बढ्न आग्रह गर्नस भएको थियाे ।
कार्यक्रममा बिशिस्ट अतिथिको आसनाबट बाेल्दै गाउपालिका उपाध्यक्ष गणेशराज गिरि (लालदिप)ले अस्पताल बिकासमा गाउपालिकाले कुनै कसर बाकि नराख्ने कुरामा जाेड दिदै जति सक्दाे धेरै डाक्टर हरुकाे दरबन्दी मिलाउने क्रममा आफुहरु लाग्ने र त्यसकाे तयारीमा गाउपालिकाकाे नव निर्वाचित टिम लागिसकेको जानकारी गराउनु भएको थियो । साेहि अवसरमा अगाडि बाेल्दै उपाध्यक्ष गिरिले अस्पताल कार्यरत कर्मचारी हरुकाे सेवा प्रवाहमा कुनै कमि नहुने कुरा उल्लेख गर्दै कर्मचारी हरुले समेत त्यसमा साथ दिनु पर्ने कुरा औल्याउनु भएको थियो ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गाैतमले मन्तव्य व्यत्त गर्दै दाेदाेधरा अस्पताल आफ्नो वडामा भएका कारण अस्पताल बिकासमा आफू निरन्तरता लागि पर्ने कुरामा जाेड दिनु भएको थियाे ।
साे अवसरमा वडा नम्बर २ का वडा अध्यक्ष गाेबिन्द ब.क, वडा नम्बर ३ का वठा अध्यक्ष मनरिशि आचार्य , वडा नम्बर ५ का वडा अध्यक्ष भाेलेराम डगाैरा, वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगाैरा थारु संगै वडा नम्बर १ का वडा सदस्य लगायत दाेदाेधरा अस्पतालमा कार्यरत कर्मचारी हरुकाे सहभागिता रहेकाे थियाे ।
दाेदाेधरा अस्पतालका सिनियर अहेव नृप बिष्टको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे सञ्चालन पत्रकार लिलाजंग शाहीले गरेका थिय ।


















































































































































