बिहिबार, बैशाख १३, २०८१

बर्दगोरिया गाउँपालिकाको कार्यपालिकामा एमालेको बहुमत

बौनिया /कैलालीको बर्दगोरिया गाउपालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएकोको छ। बुधबार भएको कार्यपालिका सदस्यको निर्वाचन बाट ६ सदस्य को निर्वाचनमा ६ जना नेकपा एमाले कै निर्वाचित भएका छन् । नेकपा एमालेको तर्फबाट कलावती रेग्मी १६ , माया चौधरी १६ ,मिरादेवी आलेमगर १६ ,सरस्वती कामी १६ दलित अल्पसंख्यक बाट ,पुष्कर बिक, १७ मत भिम बहादुर बिक १७ मत प्राप्त गरि निर्वाचित भएका छन्। 

जम्मा खसेको ३२ मत मा बदर मत ५ ।गठबन्धनमा ४ महिला सदस्यमा सोनिया थारु माओवादी केन्द्र ११ ,नेहा चौधरी माओवादी केन्द्र ११ ,बसन्ती साउद ११ नेपाली काङ्ग्रेस ,भावना बिक ११ माओवादी केन्द्र दलित अल्पसंख्यकमा झन्कर सुनार नेपाली काङ्ग्रेस ११ हिक्मत बादीको माओवादी केन्द्र बाट ९ मत प्राप्त गर्नु भएको छ। ३२ सदस्यीय निर्वाचित जन प्रतिनिधिमा १६ एमाले /१६ गठबन्धन निर्वाचित भएका थिए ।१४ सदस्यीय कार्यपालिकामा नेकपा एमाले ९ सदस्य सहित बहुमत प्राप्त गरेको छ। गठबन्धन ५ सदस्य रहेको निर्वाचन अधिकृत बर्दि बहादुर पाठकले जानकारी दिनु भएको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation