Baigyanik Media

Advertisment

SKIP THIS

सात लाख शीर्षकमा रोकियो वार्षिक साधारण सभा/०७५/०७६ आयव्यय पास ०७६/०७७ आयव्यय फेल

टीकाराम साउँद बौनियाँ कैलाली/श्री शिव शक्ति ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा बिहीवार सम्पन्न भएको छ।कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर(३ रानीकुण्डा, खैरेनी स्थित सहकारी संस्थाले विहिबार वार्षिक साधारणसभा गरेको हो । संस्थाका अध्यक्ष नबराज टमट्टाको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष करने सुनार प्रमुख अतिथि रहेका थिए प्रमुख अतिथिको आसन ग्रहण बाट बोल्दै सुनारले निर्णय नभएर काम गराउनु गर्नु गलत भएको बताउनुभएको छ । वडा अध्यक्ष सुनारले संस्था व्यक्तिको नभई सम्पूर्ण उपभोक्ताको भएकाले सबैलाई सोधपुछ गरी अगाडि बढ्दा यो समस्या ठूलो हुने थियन बताउनुभयो उक्त कुरा मैले अध्यक्ष लगायतका पदाधिकारीहरुलाई तुरन्त बैठक बसाएर सबैको सल्लाह सुझाव लिन मैले आग्रह गरेको थिए त्यसो भएन अहिले यो कुरा लम्बियो सुनारले भने ।

 

 

विद्युत ,खानेपानी ,स्वास्थ्य ,शिक्षा ,पुलपुलेसा हरु को लागी हातेमालो गरेर हामी जनप्रतिनिधिहरुको अगाडि बढेको वडाअध्यक्ष सुनाएको भनाइ थियो।भने, कार्यपालिका सदस्य कोकिला खत्री र न्यायपालिका सदस्य टंकराज ओली विशिष्ट अतिथि रहेका थिए ।संस्थाका उपाअध्यक्ष  नन्दराम विष्टको स्वागत मन्तव्य राखेको कार्यक्रममा वडासदस्य वीरबहादुर बौडेल, वडा सदस्य बुद्धिसरा बि क,ने क पा वडा सचिव भेषराज जैशी, नेपाली कांग्रेस वडा सचिव गोविन्द बि सी, लालिगुराँस सामुदायिक वन उपभोक्ता समुहका  अध्यक्ष भिमबहादुर कुवँर,नमुना दानुवा फाटा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टेकराज जोशी, रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लालसिह बि क ,श्री बसन्त मुरारी मा बि का बिद्यालय ब्याबस्थापन समिति बौनियाका अध्यक्ष टंक कुवँर ,श्री जगदम्बिके भगवती माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर  चौधरी ,श्री न्यू ज्योति प्राथामिक विद्यालय रानिकुण्डाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामु बि क,पशुपति युवा क्लब का अध्यक्ष अश्विन बि क,साइनिग स्टार युवा क्लब खैरेनीका अध्यक्ष मिलान ओली , नेपाल प्रवास सघंका उपाअध्यक्ष खेम देबकोटा,राधा कृष्ण मन्दिर समिति बुटकुवाका अध्यक्ष चक्र ब विष्ट , समाजसेबी आत्म प्रसाद रिजाल ,समाज सेवी मनऋषी आचार्य , बौद गुम्बा संघर्ष समितीका अध्यक्ष दिला राना मगर, सयपत्री अपगङता समाजका अध्यक्ष चेतराज थापा लगायतका अतिथिले शुभकामना मन्तव्य राखेका थिए ।साधारणसभामा संस्थाका लेखा संयोजक प्रकाश जोशीले आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण भेलाबाट कुल २१ लाख ६९ हजार ७ सय ९५ रुपैयाँ ८२ पैसा आयव्यय अनुमोदन पास गरिएको छ।

र आर्थिक वर्ष २०७६/७७को २१ लाख ९५ हजार ७ सय ८६ रुपैयाँ ५४ पैसा प्रस्तुत गरे लगतै उपभोक्ताहरुले आफ्नो सुझाव सल्लाह जिज्ञासा राख्दै ०७६/०७७ को प्रतिवेदन उपभोक्ताहरुको हितमा नभएको भनी प्रस्तुत प्रतिवेदन पास गर्न दिएनन् उक्त क्रममा बोल्दै उपभोक्ता गणेश विकले ०७६/०७७ लेखा परीक्षण प्रतिवेदन उल्लखित छतिपूर्ति भुक्तानी शीर्षकमा रू ७०००००।(सात लाख)रकम सम्बन्धमा ध्यानाकर्षण भएको भनी ध्यानाकर्षणपत्र समितिलाई बुझाएका थिए उक्त विषयमा बोल्दै बिशेष वा जटिल प्ररिस्थिती परेमा आकस्मिक कार्य वा निर्णय गर्नुपर्ने भएमा सञ्चालक समितिको बैठक तथा साधारणसभाबाट निर्णय पारित गर्नुपर्ने प्रधान रहको छ।

I'm पाइन्छ विद्युत सहकारी संस्थामा सबै उपभोक्ताको लगानी स्वामित्व र निर्णय अधिकार भएकाले सार्वजनिक कोषबाट ठूलो बचत रकम खर्च गर्दा तत्कालै बैठक वा बिशेष साधारणसभा नबोलाई सिमित व्यक्तिलाई बोलाएर सम्झौता संस्था गत निर्णय नभएको र एक पक्ष निर्णयले संस्था नै धराशयी हुने अवस्था भएकाले मनोगत निर्णय सम्झौता पत्र बदर गर्न आग्रह गर्दछौं सो पत्रमा भनिएको छ सो खर्च रकमको लेखापरिक्षणको प्रतिवेदन अनुमोदन तथा स्वीकृत गर्न नमिल्ने र यसमा हाम्रो असहमति रहेको उक्त ध्यानाकर्षणपत्रमा भनेको छ।

संस्थाको आयस्रोत रकमको खर्च गर्दा आधिकारिक निर्णय र प्रमाण पेश नभई सम्झौतापत्र कै आधारमा कसरी कार्य सम्पन्न गरियो आर्थिक ऐन निर्णय र कानुनी विपरित छ। उक्त पत्रमा भनिएको छ गतबर्षको २०७६ असोज १४ गते संस्थाको सेवा क्षेत्रभित्र पर्ने खैरेनी टोलमा विद्युत लाइन सरसफाइ गर्नेक्रममा रुखका हाँगा कटानी गर्दा अचानक सोही ठाउँका १७ वर्षीय युवक श्री बलबहादुर गुरुङको अचानक करेन्ट लागेर मृत्यु भएको थियो उक्त ध्यानाकर्षण पत्र को बारेमा दसै पछि लगत्तै बैठक बसी सो विषयमा निर्णय गर्ने संस्थाकाअध्यक्ष नबराज टमटाले अनमोल अनलाईन टेलिभिजनसँग बताएका छन्।

सहकारी संस्थाको सेवा क्षेत्रमा ७८३ जना ग्राहक उपभोक्ता रहेका छन् । कार्यक्रमको संचालन के।के युवा क्लब का अध्यक्ष शिखर बि कले गरेका थिए ।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation