
बौनियाँ /धुर्मुस सुन्तली फाउण्डेसनले चितवन जिल्लाको भरतपुर महानगरपालिका १५ मा निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन धुर्मुस सुन्तली फाउण्डेसनलाई थप आर्थिक जुटाउन कन्चनपुर पुगे सगै कन्चनपुर कारागार बाट ३९५ जना कैदी हरुले धुर्मस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई फोन गरेर आफ्नो खाजा खर्च काटेर ३० हजार पाँच रुपैयाँ जेलमा जीवन बिताइरहेका कैदीहरुले संयोग गरेका हुन् भने ८ हजार कारागार भित्र रहेका प्रहरीहरुले संयोग गर्नु भएको हो सो जम्मा रकम एक मुष्ट ३८ हजार पाँच रुपैयाँ नगद सहयोग गरेका छन्।कंचनपुर कारागारमा रहनु भयका कैदी मुल चौकिदार भिम भट्टको अगुवाइमा सो रकम धुर्मस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई ह्तान्तरण गरिएको हो ।
धुर्मस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले कारागारमा रहेर कैदी जीवन बिताइरहेका दाजु भाई तथा दिदीबहिनीहरुले देश विकास गर्नु पर्छ भनेर संयोग गरीको मा धन्यबाद समेत गरेका थिए ।कट्टेलले कारागारमा रहेका कैदी जीवन बिताइरहेका दाजु भाई तथा दिदीबहिनीहरु संग समसामायीक विषयमा छलफल भएको जानकारी दिँदै अध्यक्ष कट्टेलले अब सबै नेपालीले आँटे देश विकास गर्न असम्भव छैन् अब हामी हातमा हात जोडेर अगाडी बढौं भने ।
यता कंचनपुर कारागारमा रहनु भयका कैदी मुल चौकिदार भिम भट्टले भने हामीले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटायौ हामीले खाजा खर्चबाट काटेर सानो संयोग गरिएका हौं उनले भने देश विकास गर्नका लागि समाजमा रहनु भएका सामाजिक अभियन्ता लाई मदत गर्नु पर्ने बताएका छन् भट्टले भनु भयो सबै मिले विकास हुन समय नलाग्ने बताएका थिए। अनमोल अनलाईन टेलिभिजन संग बताउँदै भट्टले हामी सबै मिलेर विकासका काममा संयोग गरौं स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई संयोग गर्नु पर्ने बताएका थिए भट्ट भनु हुन्छ सके संयोग गरौं नसके हौसला दिउ भस्टचार विसङ्गति भए सबै मिलेर विरोध गरौं राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो भन सिकौ अनि विकास छिटो हुन्छ भट्टले बताए थिए ।
चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन मेची–महाकाली अभियान सुरु भएको हो । धुर्मस–सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै गएपछि चैत १० देखि अभियान सुरु भएको थियो ।
चैत १० गते पश्चिमको कन्चनपुरबाट अभियानको शुभारम्भ भएको हो ।सबैले हातेमालो गरी विकास गर्नु पर्ने धुर्मस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले अनमोल अनलाईन टेलिभिजन लाई जानकारी दिए । उनले महाकाली नदीको किनारबाट यो अभियान सुरु भएको बताए ।
‘महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर वैशाखमा तयार गर्ने लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना छ, हाम्रो अभियानका क्रममा यहीँबाट माटो ल्याउँछौं र पिचमा समाहित गछौं,’ फाउण्डेसनका अध्यक्ष कट्टेलले भने, ‘रंगशाला निर्माण सबै जसो जिल्लाको सहभागता, अपनत्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गरेका हौं ।’
उनले हरेक जिल्लामा दुई दिन रहेर रंगशालाका बारेमा जानकारी गराउने तथा अभियानमा जोड्ने प्रयास गरिने बताए । रंगशालामा ७७ वटै जिल्लाका कोठा रहने भएकोले एउटा जिल्लाले आफ्नो कोठा निर्माणमा सहयोग गर्न सके त्यसले सकारात्मक सन्देश दिने बताए ।
प्रत्येक जिल्लाका पालिकाहरुलाई पत्राचार गरिसकिएको छ । सो टोलीमा कलाकार कट्टेलसहित अर्जुन घिमिरे ‘पाँडे’, सामाजिक अभियन्ता अजुर्न भुसाललगायत रहनेछन् ।
महाकालीबाट सुरु भएको अभियान कन्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउने छ । रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरू गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।