आगो र आगलागीबाट बच्ने उपायहरु

आगो ताप उत्पन्न गर्ने एक वस्तु हो। आगो बल्नको लागि तीन तत्वहरु, ताप, तापले जल्ने वस्तुहरु र अक्सिजनको उतिकै भुमिका रहन्छ। यी तीन तत्वहरु मध्ये एक तत्वको अभावमा आगो बल्न वा आगो बन्न सक्दैन। अर्थात आगो ताप, ईन्धन र अक्सिजन तीनै तत्वहरु मिलेर बलेको हुन्छ।

 

 

हाल सम्म विश्वमा गरिएका आगो सम्बन्धी अध्ययनले अमेरिकनरब्रिटिस स्टान्डार्ड अनि युरोपियन स्टान्डार्ड गरी दुई स्टान्डार्ड बनाएकोछ। ती स्टान्डार्डहरुले आगो बल्ने पदार्थ (ईन्धन) को आधारमा वर्गिकरण गरी देखाएका छन्।

 

(क) अमेरिकन तथा ब्रिटिस स्टान्डार्ड अन्तर्गत

(१)ठोस पदार्थमा (२) तरल र ग्याँस पदार्थमा

(३)ईलेक्ट्रिकल उपकरणमा (४) मेटालिक (धातुयुक्त)

पदार्थमा

 

(ख)युरोपियन स्टान्डार्ड अन्तर्गत

(१) ठोस पदार्थमा (२) तरल पदार्थमा

(३) ग्याँस पदार्थमा (४) मेटालिक पदार्थमा (५)ईलेक्ट्रिकल उपकरणमा

 

ठोस पदार्थमा 

ठोस पदार्थमा लाग्ने आगो कागजहरु,काठ,दाउरा,कपडा, प्लाष्टिक आदिमा लाग्ने आगो हुन्।

 

तरल पदार्थमा 

पेट्रोल,डिजेल, मट्टितेल, तेल,ग्रीज आदिमा लाग्ने आगो हुन्।

 

ग्याँस पदार्थमा

एल।पी।ग्यास, हाईड्रोजन, नाईट्रोजन लगायतका ग्याँस जन्य पदार्थमा लाग्ने आगो हुन्।

 

ईलेक्ट्रिकलम

विद्युतिय उपकरणहरुबाट उत्पन्न हुने आगोहरु। गलत करेन्ट प्रवाह, वेल्डिङ् आदिबाट लाग्ने आगो हुन्।

 

मेटालिक(धातुयुक्त)पदार्थमा 

कडा धातुहरुमा लाग्ने आगो म्याग्नेसियम,सोडियम, लिथियम आदिमा लाग्ने आगो हुन्।

 

विकासित मुलुकहरुको ठुला,अग्ला विल्डङ्ग,टावर र आपार्टमेन्टहरुमा आगो पत्ता लगाउने देखि अउटोमेटिक आगो निभाउने सिस्टमहरु सेट गरिएका हुन्छन्। माथि देखाइएका वर्गीकरण अनुसार कुन वर्गको आगो हो पत्ता लगाउन सजिलो हुन्छ। त्यसरी नै वर्ग हेरेर आगोलाई निभाउने सामाग्रीहरुको पनि विकास गरिएकोछ। यसले सम्बन्धित वर्ग अनुसारको सामार्गी प्रयोगले छिटो र सजिलो संग आगोलाई नियन्त्रण गर्नमा पद्दत मिल्छ। आगो निभाउनको लागि पानी,सुख्ख पौडर, कार्बोनडाईक्साईड, फोअम (फिँज) वेटकेमिकल पौडर आदि सामाग्रीहरु छन्। विकासित देशहरुमा हाल यही सामाग्रीहरु आगो निभाउनमा प्रयोग भैईरहेकोछ।

 

मानिसको दैनिक जीवनमा आगो आवश्यक पर्ने वस्तु हो। आगो आफैमा नराम्रो वस्तु होईन। सही तरिकाले प्रयोग गर्न जानेमा यसले मानव जीवनमा धेरै फाईदाहरु पुर्याउने गर्दछ। मानिसको दैनिक जीवनलाई सरल र सहज पारी दिन्छ। तर आगो प्रयोगमा सानो लापर्वाहीका कारण यति गुणकारी वस्तुले नै मानव जिन्दगीलाई खरानी पारेर जोगीको रुपमा गाँस न बासको अवस्थामा समेत पुर्याउन सक्छ। आगोले न धनी भन्छ न त गरीब नै। न अनपढ न त बुध्दिमानी नै। यसको जल्दो उदाहरण हो अमेरिका, युरोप र रुस जस्ता संसारलाई हल्लाउन सक्ने शक्तिशाली देशहरुमा हुने भिषाण आगलागी१ त्यहाँको जंगलमा महिनौ सम्म आगो नियन्त्रण गर्न नसकेर आगलागी हुनु। त्यसैले आगोको सही तरिकाले प्रयोग गर्नु नै बुध्दिमानी हुनेछ।

 

चैत र बैशाख खडेरीले वातावरण सुख्ख हुने समय हो। नेपालमा पनि आगलागी कै कारण वर्षेनी धन जनको क्षति हुने र हजारौं मान्छेहरु घरबार विहीन भएर विस्थापित हुनु परेका छन्। वन जंगल डढेर सखाप भैई लाखौंको क्षति भएको उदाहरण विगतले देखाई सकेकोछ। हाम्रो मुलकमा विकासित मुलुकहरुमा जस्तो आगो नियन्त्रत्रणको सिस्टमहरु पनि पर्याप्त छैन। अर्को पक्ष यहाँ आगो लागी भएमा

कसरी नियन्त्रन गर्ने

कसरी बच्ने र बचाउने 

भन्ने सीपहरुको जानकारी त्यति गराएको पाइदैन। प्रयोगात्मक रुपमा हेर्दा जसरी ठुला अभिभावकले प्रयोग गरे त्यसरी नै देखासिकीको आधारमा घर देखि वन सम्म जहाँ आवश्यक पर्छ त्यसरी नै आगोको प्रयोग गर्दै आईरहेको पाईएकोछ। अर्को अभिभावकको सानो लापर्वाहीका कारण साना बालबालिकाहरुलाई आगोको बारेमा सचेतना दिन ध्यान नदिनु र उनीहरुले भेटाउने ठाउँमा सलाई,लाईटर जस्ता आगो जन्य सामानहरु छोड्नु अनि उनीहरुले नजानेर नबुझेरै यसको प्रयोग गर्दा पनि नचिताउँदो आगलागीको घट्ना हाम्रो सामु आई पर्दछ।

 

आगोको बारेमा सोंच्दा सामान्य लाग्छ तर यसले दर्दनाक दुर्घट्ना पनि ल्याउन सक्छ। त्यसैले दुर्घट्नामा परेर पछुताउनु भन्दा दुर्घट्ना हुनबाट बच्नु र बचाउनु नै बुध्दिमानी हुन्छ। हाम्रो दैनिक जीवनमा आगो चाहिन्छ नै। यसबाट हुने दुर्घटनाबाट बच्नलाई आगोको प्रयोग नै नगर्ने भन्ने त सम्भव नहोला।

बरु कसरी यसको प्रयोग गर्ने

 

के गर्दा दुर्घट्ना हुनबाट बच्न सकिन्छ 

 

आगलागी भैई हालेमा कसरी नियन्त्रण गर्ने

 

आफु बचेर अरुलाई कसरी बचाउने

 

यो पक्षमा ज्ञान हासिल गर्न सकेमा राम्रो हुनेछ।

 

आगो र आगलागीको सचेतना घरबाटै शुरु गर्नु आवश्यक देखिन्छ। साना बालबालिकाहरुलाई आगो नखेलाउन सम्झाई बुझाई गर्ने। आगो जन्य सामानहरु उनीहरुले नभेट्ने ठाउँमा राख्ने। चुरोट तमाखु तान्ने बानी छ भने जहाँ त्यही प्रयोग नगर्ने। चुरोट सल्काउन सलाई,लाईटर,आगोको छेस्को प्रयोग गरेर राम्ररी निभाउने र चुरोटको ठुँटालाई राम्ररी निभाउने। कतै खेतबारीमा स्याउला,सोठ्ठर र फोहोर जलाउनु परेमा अरु ठाउँमा आगो नफैलिने ठाउँ रोज्ने। भान्छा कोठामा लुगा कपडाहरु,आगो टिप्न सक्ने सामानहरु नराख्ने। भान्छामा खाना बनाउदैछ भने कतै आगो टिपी हालेमा निभाउनको लागि पानी र बाक्लो कपडाको टुक्रा तयारी अवस्थामा राख्ने। ग्याँस सिलिण्डरबाट खाना पकाउने गरेकोछ भने प्रयोग पछि राम्रोसंग वन्द गर्ने। वन जंगलमा जहाँ त्यही आगो नबाल्ने। आगोको प्रयोग सकिए पछि राम्ररी निभाउने। घर भित्र वा बाहिर जोडिएका विद्युतीय तारहरु नाङ्गो रहेको देखिएमा विजुलीको काम जानेका व्यक्तिलाई बोलाएर सही जडन गराएर करेन्ट लाग्नबाट या आगलागी दुर्घट्नाबाट बचाउन सकिन्छ।

 

तपाई हाम्रो गाउँ समाजमा विभिन्न समूह,संघ सस्थाहरु रहेका छन। जस्तै आमा समूह,बाल क्लव,युवा क्लव,वडा समिति,टोल सुधार समिति आदि। ती समूहहरुको बैठक गर्दा सयम सापेक्षित विषय अन्तर्गत आगो र आगलागीको विषय मा छलफल गर्ने।आगोबाट हुन सक्ने दुर्घट्नाको वारेमा पोस्टर, होडिङ्गबोर्ड बनाएर टोल तथा चोकहरुमा राख्ने। यसरी पनि जनसमुदायमा सचेतना फैलाउन सकिन्छ।

 

यदि तपाईको नजिकै आगलागी भएको देख्नु भयो। सानो छ सुरुवाट हुँदैछ भने नहडबडिनुस्। तर आगो बढिहाल्यो भने तपाईं बच्नको लागि बाटोहरु पत्ता लगाउनुहोस्। दायाँ बायाँ को छन् सहयोग माग्नुहोस्। तपाईको नजिक आगो निभाउने सामानहरु सेट गरेकोछ त्यो सिस्टमहरु प्रयोग गर्न आउँछ भने त्यसैले निभाउनुहोस्। तर सिस्टम छैन भने पानी,माटो, बालुवा प्रयोग गरेर या पानीमा भिजाएको बाक्लो कपडाले ढाक्नुहोस्। आगोका तीन तत्वहरु ताप,तापले जल्ने वस्तुहरु र अक्सिजन मध्ये कुनै एक तत्वलाई त्यहाँबाट बिच्छेद गराउन सक्नु नै आगो नियन्त्रणमा ल्याउनु हो। तर आगो ठुलो भएर बढिसक्यो भने नजिकैको प्रहारी चौकी,दमकल, प्रशासन,गा।पा। वन कार्यालय जस्ता सम्बन्धित जिम्मेवार निकायहरुमा खबर गर्नुहोस्। तपाईको आसपासमा रहेका अरुलाई पनि त्यहाँबाट बाहिर निस्कन अर्थात आगोबाट बच्नको लागि सल्लाह दिनुहोस्। तपाईको छिमेकीहरुलाई बोलाएर सहयोग माग्नुहोस् र आगो नियन्त्रण गर्ने पक्षमा लाग्नुहोस्। एउटा कुरा ख्याल गर्नुहोस् यदि तपाईं लिफ्ट वाला अग्लो बुल्डिङ्गमा हुनुहुन्छ भने आगलागी भएको समयमा कहिल्यै पनि लिफ्टको प्रयोग नगर्नुहोस्। यो समयमा विद्युतीय करेन्ट प्रवाहको गडबडीले थप दुर्घट्ना हुने सम्भावना रहन्छ। आगलागी भएमा सुरक्षित बाटोको रुपमा सिँडीको बाटो बनाएको हुन्छ। त्यो सिँडी हुँदै तल झर्नुहोस्। माथि उल्लेखित केही उपायहरु अपनाएको खण्डमा केही हद सम्म आगो लाग्नबाट वच्न सकिन्छ।

 

आगो र आगलागीबाट तपाईं पनि बच्नु छ र अरुलाई पनि बचाउनु छ। त्यसैले आगोलाई कहिल्यै सानो सोंच्नु हुँदैन। लापर्वाही कहिल्यै नगरौं। सानो लापर्वाहीले गर्दा पुरै घर खरानी हुन सक्छ। एक जनाको लापर्वाहीले गर्दा पुरै टोल, पुरै वन जंगल सखाप हुन पनि सक्छ। धन जनको क्षति अनि वन पैदावर, वन्य जन्तुहरु जल्न सक्दछ। लाखौंको क्षति व्योहोर्नु पर्छ। आगोलाई सही तरिकाले प्रयोग गरेर आगलागी दुर्घट्नाबाट बचाउन सकिन्छ। आगो र आगलागी सम्बन्धि सचेतना जगाउने अनि दुर्घट्ना हुनबाट बच्ने बचाउने तपाईं हामी सबैको जिम्मेवारी हो। आगोवारे आफु सचेत नबौं र अरुलाई पनि सचेत बनाऔं।

 

 

 

शहरी तथा ग्रामीण क्षेत्रहरूमा आगलागीका कारण हामीले जन–धनको क्षति व्यहोरिरहेका छौं विगतका वर्षहरूझैं यो सुख्खायामको शुरुवातसँगै कैलालीमा केही आगलागीका दुर्घटना भइसकेका छन् । कैलालीमा बर्दगोरिया गाउँपालिकामा वडा नं (बुटकुवा)मोहन्याल गाउँपालिकाको वडा नं ३ स्थित मुलेकाडा

क्षेत्रमा आगलागी भई ठूलो मात्रामा नोक्सानी भएको बारेमा त सबै अवगत नै छन् । आगो बारे जान्ने तथा केही सुरक्षा सतर्कता अपनाउने हो भने हामी आगलागीबाट हुन सक्ने धन–जनको क्षतिलाई रोक्ने तथा कम गराउन सक्छौँ ।

 

कुनै पनि इन्धनहरूको निश्चित तापक्रममा वातावरणमा रहेका पर्याप्त अक्सिजनसँगको रासायनिक प्रतिकृयाबाट उत्पन्न हुने शक्ति नै आगो हो जसमा ताप तथा प्रकाश हुन्छ ।

आगोमा न्युनत्तम रूपमा तीन इकाईहरू रहेका हुन्छन् । 

१)इन्धन २)ताप ३)अक्सिजन जसलाई आगोको त्रिकोण पनि भनिन्छ । जस्तै तपाईंले पनि कुनै कागज जलाउँदा लाइटर र सलाई बाल्नु हुन्छ कागजमा (१)इन्धन बाट (२) ताप पैदा हुन्छ र वातावरणमा रहेको (३)अक्सिजन बाट त्यो कागज जल्न थाल्छ । यसरी यहाँ आगोको त्रिकोण मिल्ने हुनाले आगोको शुरुवात हुन्छ । 

हामीले आगो निभाउनका लागि यही त्रिकोणको पहिचान गरेर यसलाई बन्द गर्न सक्छौं । जस्तै यस उदाहरणमा हामीले बलिरहेको कागजबाट अन्य कागज हटाउन सक्छौं, जसले त्यहाँ इन्धन (१) को कमी हुन्छ र आगो निभ्छ त्यस्तै दोस्रो उपायमा हामी त्यस आगोमा पानी हाल्न सक्छौ जसले आगोमा ताप (२) लाई हटाइदिन्छ र आगो निभ्छ र अर्को उपाय त्यस आगोलाई बालुवा, हरियो स्याउला, भिजेको तौलियाले छोप्न सकिन्छ जसबाट आगोमा अक्सिजन (३)को आपूर्ति बन्द हुन्छ र त्यो आगो निभ्छ । 

 

आगलागी रोकथामका उपाय

 

– केटाकेटीले भेट्न सक्ने ठाउँमा सलाई, लाइटर जस्ता सामग्री नराख्नुहोस् ।

– भान्सामा खाना बनाउँदा ग्याँस वा आगो बल्ने अवधिभरि भान्सा छाडेर टाढा नजानुहोस् ।

– यथासम्भव ग्याँस सिलिण्डरलाई भान्सा कोठाभन्दा बाहिर नै राख्नुहोस् ।

– सिलिण्डरको पाइप, सिलिन्डर समय–समयमा जाँच गर्नुहोस्, कुनै खराबी वा टुटफुट पाउनु भएमा, तुरुन्त मर्मत गराउन लगाउनुहोस् ।

– खाना बनाइसकेपछि ग्याँसको रेगुलेटर बन्द गर्ने तथा समय–समयमा ग्याँस सिलिण्डर र पाइपको सरसफाइ गर्नुहोस् ।

– ग्याँस सिलिण्डर घर ल्याउन अघि सिल नभएको, तौल कमजस्तो लाग्ने, धेरै गन्हाउने ९लिक भएको शंकास्पद० सिलिण्डर नल्याउनुहोस् ।

– घरमा भएका विद्युत उपकरणहरू सही अवस्थामा छ÷छैन नियमित जाँच गर्नुहोस्, नाङ्गो टार, टुटेफुटेका स्विच, एक्सटेन्सन कर्डलाई मर्मत् तथा परिवर्तन गर्नुहोस् ।

– एक्सटेन्सन कर्डमा धेरै विद्युत खपत गर्ने (आइरन, हिटर, फ्रिज, माइक्रोवेभ ओभन, मोटर)तथा अन्य धेरै उपकरण जोडेर एकैचोटि प्रयोग नगर्नुहोस् ।

– २ पिन स्विचको बदलामा सिधै नाङ्गो तार सकेटमा पसाएर विद्युतीय सामग्री प्रयोग कहिल्यै नगर्नुहोस् ।

– प्रयोग नभएको अवस्थामा विद्युतीय सामग्रीहरू सकेटबाट निकालेर अलग राख्नुहोस् ।

– राति सुत्ने बेलामा वा घर छाडेर बाहिर जानुपर्दा सम्पूर्ण विद्युतीय उपकरणहरू बन्द गरेरमात्र जानुहोस् । यसले तपाईंलाई आगलागीबाट सुरक्षामात्र होइन बिजुलीको खपतमा कमी ल्याउन पनि सहयोग पु¥याउँछ ।

– हावा चलेको अवस्थामा खुला स्थानमा आगो नबाल्नुहोस्, बारी, बाटोमा बालिएको आगो पूर्ण रूपमा निभेको निक्र्यौल गर्नुहोस् ।

– घरमा पेट्रोल, डिजेल, मट्टीतेलको भण्डारण नगर्नुहोस् । (यस्ता सामग्रीमा केटाकेटीको पहुँच रोक्नुहोस्)

– घरमा प्रज्ज्वलनशील पदार्थहरू राख्न परे यसलाई छुट्टै, उपयुक्त भाँडोमा राम्रोसँग बिर्को बन्द गरेरमात्र राख्नुहोस्, जहाँ आगोको स्रोत सहजै पुग्न नसकोस् ।

– केटाकेटीले जोखिम आँकलन गर्न सक्दैनन् उनीहरू खेल्ने क्रममा ठूला मानिसको नक्कल गरेर आगोको प्रयोग गर्न सक्दछन् केटाकेटीलाई मात्र घरमा एक्लै नछाड्नुहोस् ।

– घर तथा घर वरपर सरसफाइ कायम राख्नुहोस् 

– घर, गोठ खाली छाडेर नजानुहोस्, आफू केही समयका लागि जानुपर्दा छिमेक वा आफन्तलाई हेरचाह गर्न आग्रह गर्नुहोस् ।

– कोठाभित्र चुरोट नखानुहोस् तथा जथाभावी चुरोटका ठूटा नफ्याँक्नुहोस् ।

अनेपक्षित आगलागीका पूर्व तयारी 

– आफ्नो मोबाइलमा वा घरको टेलिफोन सम्पर्क सूचीमा वारुण यन्त्र (दमकल)को नम्बर ०२५–५२०१९९ र ९८४२०३८२९९ सेभ गरेर राख्नुहोस् ।

– घरमा रहेका पानीका ट्याङ्की पूर्ण रूपमा रित्तो हुञ्जेल प्रयोग नगर्नुहोस्, आकस्मिक अवस्थाको लागि केही मात्रामा पानी जोहो गरेर राख्नुहोस् ।

– घरमा फायर ब्ल्याङ्केट (भान्छामा)फायर एक्स्टिनगुसर राख्नुहोस् ।

– कोठामा सिठी, टर्चलाइट सदैव तैयारी अवस्थामा राख्नुहोस् ।

– कोठामा खन्ती, झम्पल, मार्तलजस्ता सामग्री सुरक्षित साथ राख्नुहोस्, जसले आकस्मिक अवस्थामा झ्याल, ढोका फोडेर बाहिर निस्किन सकियोस् ।

– आफू बसेको घर वा कार्यालयमा आकस्मिक अवस्थामा कसरी सुरक्षित साथ बाहिरिन सकिन्छ त्यसको पहिचान तथा आँकलन गर्नुहोस् ।

– वन क्षेत्रमा डँढेलो लगाउने तथा चुरोट खाएर जथाभावी नफ्याक्नुहोस् ।

आगलागी भइहालेमा के गर्ने 

– तपाईंले कुनै आगलागीको घटना देख्नु भएमा, तत्काल छेउछाउमा रहेका अन्य व्यक्तिलाई पनि खबर गर्नुहोस् र नियन्त्रणमा सहयोगका लागि आग्रह गर्नुहोस् ।

– आगलागी कसरी भएको जान्ने प्रयास गर्नुहोस् । (विद्युतीय वा अन्य आगो)

– आगोको आकारमा विचार पुयाउनुहोस्, आगो फैलन सक्ने र आगो तपाईंको नियन्त्रणमा आउने सम्भावना छैन भने तत्काल वारुण यन्त्रलाई खबर गर्नुहोस् ।

– विद्युतबाट आगो लागेको शङ्का लागेमा घरमा रहेको मेनस्विच तत्काल बन्द गर्नुहोस् ।

– विद्युतीयबाहेक अन्य सामान्य सानो आगलागी छ भने पानीको सहायताले निभाउने प्रयास गर्नुहोस् ।

– आगो कोठाभित्र लागेको छ र नियन्त्रण गर्न सम्भव छैन भने कोठाको ढोका बन्द गरिदिनुहोस् । (यसले आगोलाई सहजरूपमा फैलन दिँदैन)

– आगलागी भएको स्थानमा अग्नि नियन्त्रक बाहेक अरूलाई प्रवेश गर्न नदिनुहोस् ।

– आफ्नो ज्यान जोखिममा राखेर आगलागी भएको स्थानबाट सामान निकाल्ने प्रयास नगर्नुहोस् ।

– आगलागी भएको स्थानदेखि नजिकै रहेको मुख्य चौकमा केही सहयोगीलाई वारुण यन्त्रलाई बाटो देखाउनका लागि पठाउनुहोस् ।

– आगलागीबाट केही सामग्री जोगाउन सकिन्छ भने त्यसलाई निकालेर सुरक्षित स्थानमा राखिदिनुहोस् ।

व्यक्तिगत घर तथा कार्यलयहरूमा पनि सुरक्षाको लागि बजारमा सहज र सुपथ मूल्यमा उपलब्ध हुने फायर एक्स्टिनगुसर, फायर ब्ल्याङ्केट राख्न सकिन्छ जसले आगलागीको शुरुवाती समयमा नै आगलागीलाई नियन्त्रण गरी जन–धनको थप क्षति हुनबाट रोक्न सकिन्छ । 

अहिले विभिन्न नयाँ टोल, गल्लीहरू नामाकरण भएका छन् ।

जसलाई सम्झन कदापि सजिलो छैन । यसका लागि वारुणयन्त्रको टोली समय–समयमा त्यस्ता स्थानको भ्रमण गर्ने तथा स्थानीयलाई आगलागी सुरक्षाका उपाय सिकाउन सकिन्छ । जसले वारुण यन्त्रका कर्मचारीलाई विभिन्न स्थानसँग परिचित रहन सहयोग पुग्छ । साथै, स्थानीयलाई आगलागी हुनबाट सुरक्षित हुने तथा आकस्मिक अवस्थामा वारुणयन्त्र सहयोगको लागि उपलब्ध हुन सक्छ भनी निश्चिन्त रहन सक्दछन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

प्रतिनिधिसभा बैठक : ऊर्जादेखि महिला उत्थानका विषयसम्म चर्चा

काठमाडौँ,    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले ऊर्जा निर्माणदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्व्यन हुनुपर्नेमा जोड दिनुभएको छ ।बैठकमा सांसद श्रीराम न्यौपानेले ऊर्जाबिना कुनै पनि विकास निर्माण सम्भव नहुने बताउँदै तत्काल सनसेट ऐन ल्याइ कार्यान्व्यन गर्न आग्रह गर्नुभयो । सांसद भूमिका सुब्बाले राष्ट्रपति...

ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ,  काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी एक सातामै १३ हजार ९० जना सवारीचालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको छ ।उक्त अवधिको कारवाहीबाट एक करोड १८ लाख छ हजार १३ रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ,  प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची  छ  । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

युवा समाजसेवी खेम जोशी लागू औषध दुर्व्यसन रोक्न मैदानमा, युवालाई ४३ हजार बराबरको खेल सामग्री वितरण

कैलाली — पछिल्लो समय ग्रामीण क्षेत्रमा युवा तथा बालबालिका लागू औषध दुर्व्यसन, कुलत तथा मोबाइलको अत्यधिक प्रयोगतर्फ आकर्षित भइरहेका बेला कैलालीका युवा समाजसेवी खेम जोशीले खेलकुदमार्फत समाज परिवर्तनको अभियान सुरु गरेका छन्।   बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ तथा जोशीपुर गाउँपालिका वडा नम्बर ६ र ७...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर,  चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने भएको छ । नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । नगरपालिकाका प्रमुख जीवन खत्रीले यही जेठ ८, ९ र १० गते त्रिदिवसीय कार्यक्रम गर्दै चाँगुनारायण नगरपालिकालाई ‘योग नगर’ घोषणा गर्न लागेको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९