मङ्लबार, अशोज २२, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

रानीजरुवा सामुदायिक बन उपभोक्ता समूहद्धारा विपन्न परिवारलाई बंगुर वितरण गर्यो/ हेर्नु होस् भिडियो सहित

बौनियाँ/पछिल्लो समयमा वैज्ञानिक बन ब्यवस्थापनको कार्य योजना र लक्ष्यसहित काम गर्न थालेको सामुदायिक बनले समुदायमा आधारित लक्षित कार्यक्रम समेत गर्न थालेको छ । बनले समुदायमा रहेका विपन्न परिवारलाई जीविको पार्जनमूलक कार्य गर्न थालेको हो । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ स्थित रानीजरुवा सामुदायिक वैज्ञानिक बन ब्यवस्थापन कार्ययोजनासंगै उपभोक्ता लक्षित कार्य गर्दै आएको छ ।

उपभोक्ताको नामावाली सहित कसले कसले पाए हेर्नु होस् यो भिडियो सहित

रानीजरुवा सामुदायिक बन उपभोक्ता समूहमा जम्मा १६८ जना उपभोक्ता रहेका छन्। सामुदायीक बनले २०७७र०७८ को बजेमार्फत् ४८ जना उपभोक्तालाई बंगुरका पाठा हरु वितरण गरिएको थियो।

 

यो वर्ष २०७८र०७९ वर्षको बजेट मार्फत ९० जना उपभोक्तालाई बंगुरका पाठाहरु वितरण गरिएको हो आउने वर्ष २०७९र०८० मा पाउन बाँकी रहेका ३० जना उपभोक्ता लाई बंगुरका पाठाहरु वितरण गरिने अध्यक्ष विश्वकर्माको भनाई रहेको छ ।

 

सामुदायिक बन उपभोक्ता समूहले बुधबार एक कार्यक्रम गरि उपभोक्ताहरुलाई बंगुरका पाठापाठी बितरण गरेको छ। । विपन्न, गरीब र दलित समूदायका ९० जना उपभोक्तालाई बंगुर वितरण गरेको हो । सामुदायिक बनले आर्थिक स्थिति कमजोर भएका उपभोक्ताका लागि आर्थिक वर्ष २०७८र०७९ मा छुट्टाएको रू ५ लाख रुपैयाँको बंगुर वितरण गरिएको जनाएको छ । पाँच लाख रुपैयाँ मध्ये पचास हजार युवाहरुका लागि कृषि तथा पशुपन्छी पालेर आफ्नै देशमा बस्ने युवालाई समूह गरेर आय भने दिइने सामुदायीक बन उपभोक्ता समूहका समितिको भनाइ रहेको छ ।

 

बिउपुँजी स्वरुप वितरण गरेका पाठापाठीलाई ९ नौं महिनासम्म अनिवार्य पाल्नुपर्ने र विस्तारै व्यवसायिक रुपमा फर्म विकास गर्दै लैजानुपर्ने सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लालसिहं विश्वकर्माले बताए । उनले वितरण गरेका पाठापाठीले उपभोक्ताको आर्थिक जिवनस्तरमा सुधार हुँदै जाने बताए । यस्तै सामुदायिक वनले वन संरक्षरणको लागि थुप्रै कामहरु गर्दै आएको बताएको छ । आगामी आर्थिक वर्षमा युवा,महिला,गरीबलाई विभिन्न जनचेतना जगाउने कार्यक्रम आयोजना गरिने विश्वकर्माले बताउनु भएको छ । हेर्नु होस् यो भिडियो सहित

रानीजरुवा सामुदायिक बन उपभोक्ता समूहको बंगुर वितरण कार्यक्रममा बनका उपाध्यक्ष भीम बहादुर बुढाले स्वागत गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका गाउँकार्यपालिका सदस्य तथा वडा न ३ कि वडा सदस्य कोकीला खत्रीको भनाई यस्तो छ हेर्नुहो यो भिडियो सहित 

बर्दगोरिया गाउँपालिका न्यायपालिका सदस्य तथा वडा सदस्य टंक ओलीले यसो भने हेर्नु होस् यो भिडियो सहित

र बर्दगोरिया गाउँपालिका वडा नं ३ की दलित महिला सदस्य बुद्धिसरा बि।क विशिष्ट अतिथि रहनु भएको थियो । त्यस्तै अतिथिमा रानीजरुवा सामुदायिक बन उपभोक्ता समूहका सल्लाकार संयोजक‌ पदम तिरुवा, लेखा समितिका सल्लाकार संयोजक‌ रामु वि।क, अनुगमन समितिका संयोजक कविराज तिरूवा,पूर्व अध्यक्ष रवि जनाला लगायतका अतिथिहरुले सुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो कार्यक्रमको सञ्चालन उपभोक्ता तथा पत्रकार टीकाराम साउँदले गर्नु भएको हो । भनें सामुदायिक वनले दिएका पाठापाठीलाई पालेर आयआर्जनको स्रोत बनाउन स्थानीयलाई आग्रह गरे । उनले गरेवब विपन्न र दलित वर्गलाई बंगुर वितरण गर्नु खुशीको कुरा भएको बताए ।

 

बंगुरका पाठापाठी पाएपछि स्थानीय खुशी भएका छन् । सामुदायिक वनले वितरण गरेका बंगुरका पाठापाठीलाई पालेर आफ्नो आयआर्जनको स्रोत बनाउने स्थानीयको भनाई रहेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation