बनबाट आएको पैसाले बडिकाथाईको बिकास गर्छु अध्यक्ष बुढा क्षेत्रीको भनाई

बौनियाँ कैलाली/दानबिर सामुदायिक बनका अध्यक्ष प्रेम बुढा क्षेत्रीले बैज्ञानिक बन र सेती लोकमार्ग का लागि काटिएका काठहरुबाट आएको पैसाले मोहन्याल गाउपालिका वडा नम्बर १ बडिकाथाईमा बिकास गर्ने बताएका छन् ।

 

 

 

 

 

 

अहिले सेती लोकमार्गले काटेका काठहरुको छपान र घाटगद्धी भइरहेको बताए । दानबिर सामुदायिक बनको करिब २ सय ३६ हेक्टर क्षेत्रफल रहेको बताउदै सेती लोकमार्गले १३ सय रुखहरु कटान गरेको अध्यक्ष बुढा क्षेत्रीले बताए । १३ सय रुख सडक संजालका लागि काटिए पनि समिती र उपभोक्ताले त्यसको दोब्बर रुख रोपेर फेरि जङ्गललाई हराभरा बनाउने आफ्नो योजना रहेको समेत अध्यक्ष बुढा क्षेत्रीले बताए ।

हेर्नु होस् यो भिडियो सहित

काठ बाट आएको पैसाले २५ प्रतिशत बन बिकासमा लगाउने,३५ प्रतिशत गरिबी न्यूनीकरण तथा सामाजिक क्षेत्रमा र ४० प्रतिशत बिकास निर्माणमा लगाउने हुदा बडिकाथाईका जनतालाई थोरै भए पनि रहात पुग्ने उनले बताए । गरिबी न्यूनीकरण अन्तर्गत युवाहरुलाई रोजगार सम्बन्धि सिपमुलक तालिम तथा खेलकुदका क्षेत्रमा र महिलाहरुलाई महिला उद्यमि सम्बन्धि तालिम प्रदान गरिने अध्यक्ष बुढा क्षेत्रीले बताए । यसका साथै उपभोक्ता हरुलाई बाख्रा तथा बङ्गुर बितरण गरेर गरिबी न्यूनीकरण गर्ने आफ्नो योजना समेत रहेको बताए ।

 

साथै सामुदायिक बनबाट आएको पैसाले बडिकाथाई देखि चौतारी सम्म २ किलोमिटर सडक संजाल निर्माण गरेको अध्यक्ष बुढा क्षेत्रीले बताए । काटिएका रुखहरुमा पहिलो अधिकार उपभोक्ताको हुने हुदा उपभोक्तालाई चाहिएमा निबेदन दिएमा सस्तो मुल्य ५०० रुपैया क्युफिट का दरले काठ उपलब्ध गराउने अध्यक्ष बुढा क्षेत्रीले बताए ।

 

दानुफाटा देखि कोपिला,नव प्रगती हुँदै तल्लापानी सम्म सडक मर्मत गरेको समेत अध्यक्ष बुढा क्षेत्रीले बताए । कृषि रोडलाई विशेष प्राथमिकतामा राखेर टोल(टोल गाउँ गाउँ पुग्ने बाटोमा यातायात पुगाउने आफ्नो लक्ष्य रहेको समेत उनले बताए । काटिएका काठहरुमा पहिलो प्राथमिकता उपभोक्ता, छिमेकी सामुदायिक बनका उपभोक्ता र अन्तिममा सूचना प्रकाशन गरि ठेकदारलाई दिने गरेको अध्यक्ष बुढा क्षेत्रीले बताए । साथै अध्यक्ष प्रेम बुढा क्षेत्रीले गाउमा कसैको मृत्यु भए काठ आवस्यक पर्दा उपभोक्ताहरुलाई निशुल्क उपलब्ध गराउदै आएको समेत बताए ।

 

साथै बन समूह सदस्य अशोक थापाले उपभोक्ता र समुहका लागि बनले एकदमै राम्रो गरेको बताए । साथै थापाले सामुदायिक बनका अध्यक्षले कार्ययोजना अनुसार नै काम गरि रहेको समेत बताए । अध्यक्ष बुढा क्षेत्रीले कुनै पनि काम गर्दा समुहका पदाधिकारी र उपभोक्ता संग सल्लाह लिएर गर्ने हुदा अध्यक्षको कुनै मनमानी नभएको थापाले जिकिर गरे । यदि अध्यक्षले एकलौटी काम गर्न खोजे आफुहरु खबरदारी गर्न तयार रहेको समेत बताए ।

हेर्नु होस् यो भिडियो सहित

सेतिलोक मार्गले १३ सय रुख काट्दा पसु पन्छिलाई केही असर हुन्छ कि भन्ने प्रस्नमा थापाले भने दानबिर सामुदायिक बनको पुरानै ट्रयाक अनुसार काम भएको छ र १३ सय रुख काटिए पनि समितिले तेस्को दोब्बर रुख रोप्ने योजना बनाएको हुदा तेस्तो असर नपर्ने उनले बताए ।

 

यस्तै कार्यालय सचिब देव बहादुर बोहराले कार्यालय संचालनमा अध्यक्ष तथा अन्य पदाधिकारी कसैको पनि दबाब अहिले सम्म नआएको बताए । काम गर्न सहज बाताबरण छ, उपभोक्ता,पदाधिकारी सबैको बन जोगाउनमा अहम भुमिका रहेको उनले बताए ।

हेर्नु होस् यो भिडियो सहित

उपभोक्ता तथा स्थानिय सरिता देवि पुन मगरले सामुदायिक बनले आफुलाई रोजगारी दिएर राम्रो काम गरेको बताईन । उनले म जस्तै गाउका दर्जनौं महिला तथा पुरुष दाजु भाइ हरुले आफ्नै गाउँ ठाउमा रोजगारी पाएका छौ र सामुदायिक बनले राम्रो गरेको बताईन ।

हेर्नु होस् यो भिडियो सहित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९