बौनियाँ कैलाली/सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालको चौथो वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ ।
यस अवधिमा कम्पनीले पूर्व मेची देखि पश्चिम महाकाली सम्म कार्यालयहरुको स्थापना गरी देशको प्राय सबै जिल्लाहरुमा अभिकर्ता तालिम र बिमालेख बिक्री तथा बिमा जनजागरण कार्यक्रम माध्यमबाट कारोबार विस्तार गर्न सफल भएको छ ।
कम्पनीले यही असोज ६ गते चौथो वार्षिक उत्सबको अवसरमा कर्पोरेट कार्यालय लगायत शाखा कार्यायलहरुमा फलफुल वितरणको साथै अनाथ असाहयहरुलाई कापी, कलम वितरण गरी सम्पन्न गरिएको छ ।
कैलालीको बर्दगोरिया गाउँपालिकामा सञ्चालित ‘सहारा घर’ ले सडकमा भेटिएका असहाय मानसिक रोगीहरूलाई प्रेमपूर्ण हेरचाह र उपचारबाट नयाँ जीवन मात्र दिएको छैन, परिचय गुमाएकालाई नयाँ नाम पनि दिएको छ।
चारकोठे पक्की घर छ। त्यसको छेउमै जस्ताले छाएको टहरो छ। वरपरि चार कठ्ठा फराकिलो जमीनमा तारबारले घेरिएको छ। यही दुनियाँ मानसिक स्वास्थ्य समस्या भएका धेरै जनालाई सहारा दिने घर हो।
यो ‘सहारा घर’ कैलालीको बर्दगोरिया गाउँपालिकाको चुरे फेदीमा रहेको धार्मिक पर्यटक वनको पूर्वी कुनामा अवस्थित छ। सडकमा भेटिएका मानसिक रोगीलाई सहारा दिने उद्देश्यले बलबहादुर विष्टले पाँच वर्षयता यो संस्था सञ्चालन गरिरहेका छन्।
यहाँ बस्नेहरूलाई रुचि अनुसार नाच्ने, खेल्ने जस्ता रुचि अनुसारका गतिविधि सिकाउने पनि गरिन्छ।
सडकमा भौतारिंदै फोहोरमा सुत्ने र सडेगलेको खाने अवस्थामा रहेकाहरूलाई सहारा घरको ओत दिन पाएकोमा सञ्चालक विष्ट सन्तोष मान्छन्। उनी भन्छन्, “सडक–मानव हुँदा हिजोसम्म उनीहरूलाई सबैले पागल भन्थे र छिछि दूरदूर गर्थे, आज उनीहरूको जिउने शैली फेरिएको छ। यो मेरो लागि आनन्दको कुरा हो।”
यहाँ बस्ने हरेक व्यक्तिको आफ्नै विगत र छुट्टै कथा छ। तर, सडकमा अलपत्र अवस्थामा भेटिएका उनीहरू आफ्नो नामबारे नै बेखबर छन्। तर, सहारा घरमा आएपछि सबैले बस्ने छानासँगै नाम पनि पाएका छन्। उनीहरूको स्वभाव, हाउभाउ आदि हेरेर नाम राख्ने गरिएको छ। शान्त स्वभाव भएकोलाई शान्ति, संस्थामा आएपछि छिटो निको भएकालाई आशाराम, मुस्काइरहनेलाई मुस्कान जस्ता नामले सम्बोधन गरिन्छ।
समाजले पागल भनेर परिचय नै गुमनाम बनाइदिएका व्यक्तिलाई संस्थाले प्रेमको औषधि दिएर प्रेमपूर्वक नै नाम दिएको विष्ट बताउँछन्।
सहारा घरको बारेमा प्रचारप्रसार बढेसँगै यहाँ बेसहाराहरू ल्याएर राखिदिने क्रम पनि बढेको छ। जसका कारण यहाँको भौतिक संरचनाको क्षमताले थेग्न गाह्रो भएको सञ्चालक विष्ट बताउँछन्।
बलबहादुर विष्ट, सञ्चालक, सहारा घर
व्यक्ति र समुदायले मात्र होइन, सडकका बेसहाराहरूलाई सरकारी निकायले पनि यहीं ल्याएर जिम्मा लगाउने गरेको छ। जसका कारण संस्थालाई व्यवस्थापन गर्न गाह्रो भएको छ।
“सरकारी निकायले यहाँसम्म ल्याइदिन्छन्, तर व्यवस्थापन कस्तो छ भनेर कहिल्यै हेर्दैनन्”, उनी भन्छन्, “बेसहाराहरू थपिएकै थपियै गर्दा खासगरी सुत्नलाई खाट र ओढ्ने–बिछ्याउनेको अभाव भएको छ। सुत्केरी, बालबालिका, अशक्त वृद्धवृद्धालाई खाटमा र बाँकीलाई भुइँमै सुताउनुपरेको छ।”
अहिले सहारा घर सहयोगी दाताहरुबाट जन्मदिन, विवाहको वर्षगाँठ, श्राद्धको अवसरमा प्राप्त हुने सहयोगबाट चल्ने गरेको छ। तर, सहयोगले मात्र चल्न गाह्रो परेको भन्दै व्यवस्थापनको काम सरकारले गर्नुपर्ने उनी बताउँछन्।
“दानको भरमा संस्था चलाउन सकिंदैन। यदि सरकारले जिम्मा लियो भने म जीवनभर निःशुल्क सेवा गर्न तयार छु”, सञ्चालक विष्ट भन्छन्।