सहारा घरः मानसिक रोगीलाई सन नेपाल इन्सयोरेन्स कम्पनी सुखड शाखाले गर्यो खाद्यान्न र नगद सहयोग

बौनियाँ कैलाली/सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालको चौथो वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ ।

 

यस अवधिमा कम्पनीले पूर्व मेची देखि पश्चिम महाकाली सम्म कार्यालयहरुको स्थापना गरी देशको प्राय सबै जिल्लाहरुमा अभिकर्ता तालिम र बिमालेख बिक्री तथा बिमा जनजागरण कार्यक्रम माध्यमबाट कारोबार विस्तार गर्न सफल भएको छ ।

कम्पनीले यही असोज ६ गते चौथो वार्षिक उत्सबको अवसरमा कर्पोरेट कार्यालय लगायत शाखा कार्यायलहरुमा  फलफुल वितरणको साथै अनाथ असाहयहरुलाई कापी, कलम वितरण गरी सम्पन्न गरिएको छ । 
कैलालीको बर्दगोरिया गाउँपालिकामा सञ्चालित ‘सहारा घर’ ले सडकमा भेटिएका असहाय मानसिक रोगीहरूलाई प्रेमपूर्ण हेरचाह र उपचारबाट नयाँ जीवन मात्र दिएको छैन, परिचय गुमाएकालाई नयाँ नाम पनि दिएको छ।सन नेपाल इन्सयोरेन्स कम्पनी लिमटेड सुखड उप शाखाले सन नेपाल को चौथो वार्षिक उत्सबको अवसरमा बुधवार अभिकर्ता, कर्मचारीले सहारा घरमा आएर वार्षिक उत्सव भव्यरुपमा मनाएका छन् ।चार वर्ष पुरा गरी पाँच वर्ष लागेको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सन नेपाल इन्सयोरेन्सका सुखड उप शाखा प्रमुख शाह देव चौधरी,कर्मचारी सितल बोहरा, सिनियर म्यानेजर,कम्पनीका अभिकर्ताहरुको आर्थीक सहयोगमा खाद्यान्न, र नगरहयाेग कार्यक्रममा चामल तीन बोरा, दाल मिक्स दुई किलो, तेल, एक बोरा आलु र आयोडिन नुन गरी चार हजार,तीन सय, बीस बराबरको खाद्यान्न सहयोग गरीएको हो । भने ३१ सय ७० नगद सहयोग हस्तान्तरण गरिएको हो ।

चारकोठे पक्की घर छ। त्यसको छेउमै जस्ताले छाएको टहरो छ। वरपरि चार कठ्ठा फराकिलो जमीनमा तारबारले घेरिएको छ। यही दुनियाँ मानसिक स्वास्थ्य समस्या भएका धेरै जनालाई सहारा दिने घर हो।

यो ‘सहारा घर’ कैलालीको बर्दगोरिया गाउँपालिकाको चुरे फेदीमा रहेको धार्मिक पर्यटक वनको पूर्वी कुनामा अवस्थित छ। सडकमा भेटिएका मानसिक रोगीलाई सहारा दिने उद्देश्यले बलबहादुर विष्टले पाँच वर्षयता यो संस्था सञ्चालन गरिरहेका छन्।यहाँ आश्रय लिइरहेका मानसिक स्वास्थ्य समस्या भएकाहरू आ–आफ्नै सुरमा मग्न हुन स्वतन्त्र छन्। कोही गीत गाइरहेका हुन्छन्, कोही पानीसँग खेलिरहेका। कोही हिसाबकिताबमा व्यस्त त कोही भाषणमा। बाहिरबाट जानेका लागि यो दृश्य देख्दा अजीव लाग्छ। यसैलाई सामान्य बनाउन विष्ट दिनरात अभिभावकको भूमिकामा खटिइरहेका हुन्छन्।

यहाँ बस्नेहरूलाई रुचि अनुसार नाच्ने, खेल्ने जस्ता रुचि अनुसारका गतिविधि सिकाउने पनि गरिन्छ। 

सडकमा भौतारिंदै फोहोरमा सुत्ने र सडेगलेको खाने अवस्थामा रहेकाहरूलाई सहारा घरको ओत दिन पाएकोमा सञ्चालक विष्ट सन्तोष मान्छन्। उनी भन्छन्, “सडक–मानव हुँदा हिजोसम्म उनीहरूलाई सबैले पागल भन्थे र छिछि दूरदूर गर्थे, आज उनीहरूको जिउने शैली फेरिएको छ। यो मेरो लागि आनन्दको कुरा हो।”

 

यहाँ बस्ने हरेक व्यक्तिको आफ्नै विगत र छुट्टै कथा छ। तर, सडकमा अलपत्र अवस्थामा भेटिएका उनीहरू आफ्नो नामबारे नै बेखबर छन्। तर, सहारा घरमा आएपछि सबैले बस्ने छानासँगै नाम पनि पाएका छन्। उनीहरूको स्वभाव, हाउभाउ आदि हेरेर नाम राख्ने गरिएको छ। शान्त स्वभाव भएकोलाई शान्ति, संस्थामा आएपछि छिटो निको भएकालाई आशाराम, मुस्काइरहनेलाई मुस्कान जस्ता नामले सम्बोधन गरिन्छ। 

समाजले पागल भनेर परिचय नै गुमनाम बनाइदिएका व्यक्तिलाई संस्थाले प्रेमको औषधि दिएर प्रेमपूर्वक नै नाम दिएको विष्ट बताउँछन्। 

 

सहारा घरको बारेमा प्रचारप्रसार बढेसँगै यहाँ बेसहाराहरू ल्याएर राखिदिने क्रम पनि बढेको छ। जसका कारण यहाँको भौतिक संरचनाको क्षमताले थेग्न गाह्रो भएको सञ्चालक विष्ट बताउँछन्। 

 बलबहादुर विष्ट, सञ्चालक, सहारा घर
व्यक्ति र समुदायले मात्र होइन, सडकका बेसहाराहरूलाई सरकारी निकायले पनि यहीं ल्याएर जिम्मा लगाउने गरेको छ। जसका कारण संस्थालाई व्यवस्थापन गर्न गाह्रो भएको छ।

“सरकारी निकायले यहाँसम्म ल्याइदिन्छन्, तर व्यवस्थापन कस्तो छ भनेर कहिल्यै हेर्दैनन्”, उनी भन्छन्, “बेसहाराहरू थपिएकै थपियै गर्दा खासगरी सुत्नलाई खाट र ओढ्ने–बिछ्याउनेको अभाव भएको छ। सुत्केरी, बालबालिका, अशक्त वृद्धवृद्धालाई खाटमा र बाँकीलाई भुइँमै सुताउनुपरेको छ।”

अहिले सहारा घर सहयोगी दाताहरुबाट जन्मदिन, विवाहको वर्षगाँठ, श्राद्धको अवसरमा प्राप्त हुने सहयोगबाट चल्ने गरेको छ। तर, सहयोगले मात्र चल्न गाह्रो परेको भन्दै व्यवस्थापनको काम सरकारले गर्नुपर्ने उनी बताउँछन्। 

“दानको भरमा संस्था चलाउन सकिंदैन। यदि सरकारले जिम्मा लियो भने म जीवनभर निःशुल्क सेवा गर्न तयार छु”, सञ्चालक विष्ट भन्छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९