बर्दगोरियामा योजनाका उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम

बौनियाँ । जिल्लाको बर्दगोरीया गाउँपालिका वडा नं. ३ मा उपभोक्ता समितिका पदाधिकारीहरुका लागी एक दिने अभिमुखिकरण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।

 

पालिका अन्तर्गतका ६ वटै वडामा उपभोक्ता समितिलाई अभिमुखीकरण थालेको छ । वडा अध्यक्ष करर्ने सुनारको अध्यक्ष्तामा उक्त कार्यक्रममा भएको थियो ।

 

 

कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष करर्ने सुनारले उपभोक्ता समितिले कमाउने, नाफा खोज्ने नभई राम्रो काम गर्ने उद्देश्य लिएर अगाडी बढनु पर्ने बताउनु भयो । उपभोक्ता समितिलाई आग्रह गर्दै वडा अध्यक्ष सुनारले भन्नुभयो । ईन्जिनियरले ईस्टिमेट दिए पछि मात्र काम गर्नुहोस । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष भगवतीदेवी डंगौरा थारु रहनु भएको थियाे भने कार्यक्रममा बिशिष्ट अथिती प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्की थिए कार्यक्रममा सुभकामना मन्तव्य वडासदस्य बुद्धिसरा विश्वकर्माले समेत राखेकी थिइन् ।

 

 

 

आयोजनाको कामलाई गुणस्तयुक्त ढंगले तोकिएकै समयमा सम्पन्न गर्नका लागि गाउँपालिकाले उपभोक्ता समितिका लागि १ दिवसीय अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम गरेको हो ।

 

चालू आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालित योजनाको उपभोक्ता समितिलाई मितव्यायिता, आर्थिक पारदर्शीता कायम गर्न प्रचलित आर्थिक ऐनकानुनमा भएका व्यवस्था अनुसार प्रक्रिया पूरा गर्नुपर्ने बारे जानकारी गरिएको बताइएको छ । 

 

स्वीकृत वार्षिक कार्ययोजना बमोजिम माघ मसान्तसम्ममा सम्झौता भई कार्यान्वयन हुनुपर्ने योजनालाई लक्षित गर्दै गाउँपालिकाले मंगलबार वडा ३ का ४१ जना उपभोक्ता समितिका पदाधिकारीलाई सहभागि गराएर एक दिने अभिमुखीकरण कार्यक्रम गरेको हो ।

 

निर्धारित समयमा आयोजनाको काम सम्पन्न गर्ने वातावरण निर्माणका लागि र आयोजना सञ्चालनका क्रममा हुने ढिलासुस्ती कम गर्दै प्राविधिक नाप नक्सांकन, लागत ईस्टिमेट अनुसारको मापदण्डअनुसार गुणस्तरीय ढंगले काम गर्न/गराउनका लागि अभिमुखीकरण कार्यक्रम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले बताउनुभयो ।

 

अभिमुखीकरणमा सहभागि उपभोक्ता समितिका पदाधिकारीलाई उपभोक्ता समिति गठन, सञ्चालन तथा व्यवस्थापन कार्यविधि, उपभोक्ता समितिको खाता सञ्चालन सम्बन्धी प्रकृया, योजना सम्झौता,कामको गुणस्तर, कार्य सम्पन्न प्रतिवेदन, अन्तिम भुक्तानी निकासा र योजना फर्छ्यौटसम्मका चरणका बारेमा जानकारी दिइएको छ ।

 

त्यस्तै, योजनाको लागत ईस्टिमेट, रनिङ बिल, अनुगमन, पेश्की तथा अन्तिम भुक्तानी माग गर्दा आवश्यक पर्ने कागजात, बिल भर्पाइ, योजना सम्झौता, अभिलेखन व्यवस्थापन, बैठक निर्णय लेखन तथा व्यवस्थापन र उपभोक्ता समिति गठन, सञ्चालन तथा व्यवस्थापन कार्यविधिको अनूसुची बारेमा गाउँपालिका लेखाशाखाका लेखापाल डिल्लीप्रसाद खनालले सहजीकरण गर्नुभएको थियो । 

 

उपभोक्ता समितिको काम, कर्तव्य र अधिकार, अनुगमन तथा सुपरीवेक्षण, सामाजिक परीक्षण, होर्डिङबोर्ड, लेखा परीक्षण लगायतका बारेमासमेत जानकारी दिइएको गाउँपालिकाका प्राविधिक शाखाका सवईन्जिनियर सुनिल जोशीले बताउनुभयो ।

 

गाउँपालिकाले सबै ६ वडामा उपभोक्ता समितिका लागि पनि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

 

कार्यक्रममा स्वागत मन्तव्य वडा सचिव सिताराम चौधरीले गरेका हुन भने कार्यक्रमको संचालन आलेप विष्णु विष्टले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९