Baigyanik Media

Advertisment

SKIP THIS

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय लम्कीको आयोजनामा  दशैं तिहार शुभकामना आदानप्रदान तथा अभिकर्ता पुन: जागरण कार्यक्रम सम्पन्न

बौनियाँ/कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नं ७ आम पानिमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय लम्कीको आयोजनामा दशैं तिहार शुभकामना आदानप्रदान तथा अभिकर्ता पुन: जागरण समान कार्यक्रम सम्पन्न भएको छ ।दशैं तिहार शुभकामना आदानप्रदान तथा अभिकर्ता समान कार्यक्रममा  ३० जना अभिकर्ता सहभागीहरुको उपस्थिति रहेको थियो ।सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय लम्कीका शाखा प्रमुख शिवनाथ बिश्वकर्माको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि यरिया  म्यानेजर हिरालाल चौधरी विशिष्ट अतिथि एजेन्सी  म्यानेजर सुनीता चौधरी अतिथिमा अनमोल अनलाईन टेलिभिजनका सम्पादक टीकाराम साउँद, कोसेली एफएमका सम्बाददाता भीम वि सि लगायतका अतिथिहरु रहेको कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहण बाट बोल्दै चौधरीले बीमा अभिकर्ता भई काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, जीवन बीमाको आधारभूत अवधारणा तथा अभ्यासहरुको जानकारी साथसाथै जीवन बीमामा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले खेलेको भूमिकाको बारेमा सहभागीहरुलाई स्पष्ट पार्दै सफल बीमा अभिकर्ता भई कार्य गर्न सफलता मिलोस् भनी शुभेच्छा प्रकट गरे । अभिकर्ताको गुणस्तर तथा उनीहरुको ज्ञानका स्तरको आधारमा बीमाको व्यापार बढ्ने तथा अभिकर्ताको समेत आम्दानी हुने बताए । जीवन बीमाको सम्भावना व्यापक रहेको परिप्रेक्ष्यमा यस शुभकामना आदानप्रदान तथा अभिकर्ता समान कार्यक्रममा सहभागी भई यस सुर्या लाइफ इन्स्योरेन्स कम्पनी प्रति सद्भाव राखी कम्पनीको परिवारमा केही गर्छु भनी उत्साहपूर्वक संलग्न भएकोमा सहभागी सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गरे ।आफ्नो पेशाप्रति जिम्मेवार भई कार्य गर्न अनुरोध गर्दै अभिकर्ताको मूल्य र मान्यतालाई सदैव कायम राखी बीमा व्यवसायलाई मर्यादित ढङ्गले अगाडि बढाउन बीमा अभिकर्ता आचारसंहिताको अक्षरशः पालना गरी कम्पनीको गरिमा र छविलाई उच्च राख्न आग्रह गरे ।कार्यक्रममा ०७६/०७७ मा  उत्कृष्ट बिजनेस संस्थालाई दिइएको भनी लम्की शाखाले पाँचजना  अभिकर्तालाई सम्मान गरेको छ‌। प्रथम डम्बर बहादुर बुढा, दोस्रो भरत कुमार कामी, तेस्रो चन्द्रमणी सापकोटा, चौथो रामकुमार चौधरी, पाँचौं लक्ष्मी प्रसाद जैशी लाई खादा र प्रमाणपत्रसहित समान गरेको छ।भने कार्यक्रमको संचालन शिवनाथ बिश्वकर्माले गरेका थिए। कार्यक्रममा सहभागी भएका अभिकर्ता हरुले आफ्नो सुझाव सल्लाह शुभकामना आदानप्रदान व्यक्त समेत गरेका थिए।

 

 

 

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation