बौनिया कात्तिक २४।तिहार नजिकिरहेका बेला प्रहरीको संरक्षणमा व्यावसायिक रूपमा जुवा खेलाउन थालिएको छ । बर्दगोरिय गाउँपालिका वाड नं ३मा केही साता अघिदेखि प्रहरीकै संरक्षणमा दैनिक लाखौँको जुवा सञ्चालन भइरहेको छ ।
खैरेनी गाउँको पश्चिमपट्टि रहेको टोल मा जुवा खेलाउन कै लागि घर बनाएरै व्यावसायिक रूपमै संगठित रूपमा एक व्यापारीले जुवा–तास खेलाइरहेका छन् । यस्तै, गैरकानुनी रूपमा सञ्चालित जुवालाई प्रशासनको पनि मौन सहमति रहेको स्रोत बताउँछ । नेपाल प्रहरीले जुवा सञ्चालन भएको दर्जन बढी स्थानको सुरक्षाको जिम्मा लिएको स्रोत बताउँछ ।
। संगठित जुवाडेहरूले प्रहरीलाई हप्ता मा १०/१५हजार दिने गरेको एक जुवाडे बताए साझा८ बजेबाट सुरु भएको जुवा अबेर रातिसम्म चल्ने गरेको छ ।यस्तै बर्दगोरिया का विभिन्न वडा बाट पनि जुवा खेल्न मानिस आउने गरेको स्रोतको दाबी छ । अबेर रातसम्म चल्ने यस जुवामा हातहतिहार समूहका व्यक्ति पनि आउने गरेका छन् ।‘दैनिक ३/४ लाखभन्दा बढीको जुवा सञ्चालन भइरहेको छ। स्रोत भन्छ, ‘सञ्चालकले कुनै अवरोधको खबर पाए स्थान परिवर्तन गर्ने गरेका छन् ।
दैनिक लाखौँको हारजित हुने यस जुवालाई रोक्न प्रहरीले कुनै पहल नगरेको स्थानियहरुको आरोप छ।