मङ्लबार, भदौ २५, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

विमा मानिस रहेमा पनि काम लाग्ने र नरहे पनि परिवारलाई राहत हुने एजेन्सी म्यानेजर डम्मर बुढाको भनाई

बौनियाँ/सुर्या लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेडले बर्दगोरीया गाउँपालिकामा एजेन्सी कार्यालय खुलेको छ ।पालिका वडा नं १ स्थित बौनियाँमा आज एक कार्यक्रमका बिच कार्यालयको उद्घाटन भएको हो ।

कार्यक्रममा सुर्या लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेडका लम्की शाखा प्रमुख शिवनाथ बिश्वर्कमाले प्रमुख अथितिको आसन बाट बोल्दै कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं १ सडकपुर बौनियामा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एजेन्सी कार्यालय स्थापना हुदा आफुलाई खुसी लागेको छ बिमित्त हरुको  र एजेन्टहरू को माग आवश्यकताअनुसार स्थापना गरिएको लम्की शाखा प्रमुख शिवनाथ विश्वकर्माले बताए बर्दगोरिया गाउँपालिका ,महोन्याल गाउँपालिका ,जोशीपुर गाउँपालिका, भजनी नगरपालिकाका विमितहरु यसअघि लम्की शाखा र सुखड शाखामा बीमा गर्दै आएका थिए भने अब बौनिया बाट नै बिमितहरुको आवश्यकतालाई सेवा दिने भएको छ । मोहन्याल गाउँपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाको केन्द्र बनेको बर्दगोरिया गाउँपालिका बौनिया बजारमा बिधिबत रुपमा एजेन्सी कार्यालय खुलेको हो।  बिमा भनेको मानिस जिबनको एक अभिन्न अंगनै भएको बताए । मानिसहरुले विमाको वास्तजिक्ता नबुझि विमितको मृत्यु भएपछि मात्र काम लाग्ने भनेर बुझेको बताए । तर विमा भनेको मानिस रहेमा पनि काम लाग्ने र नरहे पनि परिवारलाई राहत हुने बताए । विमा भर्न लाखौँ पैसाको आवश्यक पनि नपर्ने समेत उनले बताए । विमा भर्नको लागि आफुले गर्ने दैनिक खर्च बाट केहि रकम बचाएर पनि विमा भर्न सकिने समेत उनले बताए । विमा भर्दा भिईपरि आएको खन्डमा विमितलाई सहयोग हुने र मानिसमा एक बचत गर्ने बानि पनि बस्ने उनले बाताए ।

साथै यो एजेन्सी कार्यालय बौनियाँमा ल्याउन सफल हुनुभएकोमा सिनियर एजेन्सी म्यानेजर डम्मर बहादुर बुढालाई धन्यवाद सहित आगामी दिनको सफताको सुभकामना समेत व्यक्त गर्नु भएको छ ।

शेर बहादुर नाथको सभापतित्वमा भएको ऐजेन्सी म्यानेजर चन्द्रमणी सापकोटा लगाएत करीब ५० बढी व्यक्तीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन सनियर एजेन्सी म्यानेजर तथा एजेन्सी कार्यालय बौनियाँका प्रमुख डम्मर बहादुर बुढाले गर्नुभएको हो ।

कार्यक्रम संचालनको क्रममा आफुले यो कार्यलय बौनियामा ल्याईरहदा आफुले धेरै दुःख, संर्घस गर्नु परेको बताए । यो एजेन्सी कार्यालय बौनियाँ सम्म ल्याउन दिन रात नभनी काम गरे । आफुले काम गरिरहँदा यहाँका विमितले भोग्नु परेको समस्यालाई मध्यनजर गरी उहाँहरुको सहजताका लागि पनि आफुले एजेन्सी कार्यालय बौनियामा ल्याएको उनले बताए । यो खबर एजेन्सी म्यानेजर बौनियाँका प्रमुख डम्मर बहादुर बुढाले अनमोल अनलाईन टेलिभिजन लााई जानकारी दिनुभएको थियो ।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation