मङ्लबार, अशोज २२, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

सेती लोक मार्ग बनाउन महोत्सव र खेल बाटै दिएका थिए दबाब /९ हजार ६ सय ८६ रुख कटानका लागि आयो आदेश

बौनियाँ/आज भन्दा दश बर्ष अगाडी कैलाली जिल्लाको खक्रौला घाट देखि बौनिया अछाम,बझाङ जिल्ला हुदै छिमेकी राष्ट्र चीनको ताक्लाकोट नाका सम्म जोड्ने मार्गका रुपमा स्थापित गराउन सडक यातायात अन्य क्षेत्र बाट भन्दा पनि बौनिया भएर जानु पर्छ भन्दै पुर्ब कैलाली उधोग बाणिज्य संघका अध्यक्ष तथा बर्दगोरिया गाउपालिकाका एक प्रतिस्ठित ब्यापारी,समाजसेवी कर्ण कुवरले प्रथम पटक बर्दगोरिया धाम क्षेत्रको प्रचारप्रसार साथ साथै सेति लोकमर्ग को पहिचान का लागि महोत्सव लगाएका थिए । आज उहाले एक पटक लगाएको महोत्सव संगै लगातार बौनिया बजार ब्यबस्थापन समितिले पनि उक्त सडक निर्माण का लागि दबाब दिन निरन्तर महोत्सव संगै सडकपुर बौनिया युवा क्लबले पनि बर्दगोरिया सेति लोकमार्ग खुल्ला रास्ट्रब्यापि फुटबल प्रतियोगिता पनि आयोजना गर्दै यहाँका माननिय ज्यु लगाएत सबै नेताहरुको ध्यानाकर्षण गराउदै आएको थियो । सोहि कार्यमा आफुलाई निरन्तर जनताका माझ उभ्याउन सफल ब्यक्ति माननीय झपट बहादुर रावल र प्रदेश सभा सदस्य माननिय नन्द बहादुर साउदको निरन्तर प्रयासले आज सफल भएको भन्दै सामाजिक सञ्जालमा  धन्यवाद दिनेहरू प्रशस्तै भेटिनेछन्। यस अघि चुरे भाबरमा रहेका रुख कटान आदेश नआएको भन्दै सेती लोकमार्ग रोकिएको थियो। लोकमार्ग अन्तरगत दक्षिणी खण्डमा निर्माण हुने सडक क्षेत्रमा पर्ने रुख काट्नका लागि सरकारले अनुमति दिएको छ । कैलालीको बर्दगोरिया र मोहन्याल गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्र सेती लोकमार्गको सडक संरचना निर्माणका लागि प्रयोग गर्न दिने निर्णय गर्दै संघीय मन्त्री परिषद्को बैठकले रुख कटानका लागि समेत अनुमति दिएको हो ।

 

 

गत कार्तिक २० गते बसेको मन्त्रीपरिषद्को बैठकले सडक निर्माण गर्न वन क्षेत्र प्रयोग गर्न दिने र त्यहाँ रहेका रुख हटाउन अनुमतिका लागि स्वीकृति प्रदान गरेको थियो ।

सोही बमोजिम वन तथा वातावरण मन्त्रालयले सडक क्षेत्रमा पर्ने ९ हजार ६ सय ८६ रुख कटानका लागि आदेश दिएको छ । मन्त्रालयले बुधबार डिभिजन वन कार्यालय कैलालीलाई परिपत्र गर्दै वन विभाग र सडक विभागबीच सो विषयमा भएको सम्झौता पत्र समेत डिभिजन वन कार्यालयलाई पठाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation