बिहिबार, बैशाख १३, २०८१

भल्काको पेट्रोल पम्प नजिकै ट्रकमा अचानक आगो लाग्यो

बौनियाँ/पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको भल्कामा एक ट्रकमा आगलागी भएको छ।
जिल्लाको लम्कीचुहा नगरपालिकाको भल्कामा रहेको पेट्रोल पम्प नजिकै ट्रकमा अचानक आगो लागेको हो।

केही समय अघि ना ४ ख ४९१२ नम्बरको ट्रकमा लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।आगलागीको कारण खुलेको छैन।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation