Baigyanik Media

Advertisment

SKIP THIS

कैलालीको मोहन्यालमा गा.पा वडा नं ३ मा आगलागी, १ घर जलेर नष्ट, घरमुली द्धारा सहयोगको अपिल

बौनियाँ,कैलालीको मोहन्याल गाउँपालिकामा आगलागि हुँदा एक घर जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नं। ३ स्थित मुलेकाडाका खडक बहादुर दमाईको घरमा आगलागि भएको हो ।

बुधबार दिउँसो करिब १२ बजे तिर घरमा कोहि नभएको समयमा आगलागी भएको एक स्थानिय बताए । अनुसार घरका सदस्यहरु जङ्गलमा गएको बेला आगलागी भएको हो ।आगलागी बाट घर पुरै जलेर नष्ट हुनुका सथै खाद्यान्न, लत्ताकपडा, बाख्रा बचेको नगद सहित करिब दुई लाख पचास हजार बराबरको क्षेती भएको ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाँका प्रहरी प्रमुख अनिश भण्डारीले जानकारी दिनुभयो ।यस्तै एका तिर सामान्य गुजारा चलाउदैँ आएका उनले आफ्नो आर्थिक अवस्था दमै कमजो भएको र घरमा आगलागी हुँदा आफु एकदमै ठुलो पिडामा परेकोले स्थानिय सरकार, सबै सहयोगी मनकारीहरुलाई सहयोग गरि दिनुहुन समेत दमाईले अनुरोध गर्नुभएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation