
बौनियाँ, कैलालीमा आईतबार एक घरमा आगलागी भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं। ३ बुटकौवा स्थित शेर बहादुर बि.कको घरमा आगलागी भएको हो ।आगलागी बाट घर पुरै जलेकोले घर भित्र रहेका खाद्यान्न, लत्ता कपडा, जिन्सी सामान पुरै जलेर नण्ट हुनुका साथै अटो रिक्ससामा समेत क्षेती भएको ईलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी प्रमुख अनिश भण्डारीले जानकारी दिनुभएको छ ।
ईलाका प्रहरी कार्यालय बौनियाँका अनुसार आईतबार राति करिब साढे १० बजेको समयमा आगलागी भयको हो । आगलागि बाट करिब ८/९ लाख बराबरको क्षेती भएको प्रहरीले जनाएको छ ।
उक्त आगो समान्य रुपमा स्थानिय के।के।युवा क्लबका युवाहरु बाट आगो नियन्त्रण गर्ने प्रयास भएपनी आगोले उग्र रूप लिए पछि लम्की बाट दमकल सहित र सडकपुर बौनिया ईलाका प्रहरी आए पछि मात्र आगो पुर्ण रुपमा निभाउन सफल भएका हुन।आगो करिब ४० मिनेट पछि स्थिानिय, ईलाका प्रहरी कायर्यालय बौनियाँका प्रहरी, सस्त्र प्रहरी बल कार्यालय झकडपुरका सस्त्रप्रहरी र लम्कीचुहा नगरपालिकाको दम्कलको सहायताबाट आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगो पुजा कोठामा बालेको दियोबाट लागेको हुन सक्ने बताईएको छ ।