शनिबार, असार ३०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

स्वर्गीय घर्तिको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

बौनियाँ /कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ बुटकुवा खल्लामा बस्दै आउनु भएका स्वर्गीय श्री रन बहादुर घर्ति फागुन महिनाको २७ गते निधन भएपछि उक्त स्वर्गीय घर्तिको परिवार बोल्न नसक्ने आर्थिक अवस्था कमजोर भएपछि पीडित परिवारलाई के.के युवा क्लवको समन्वयमा सहयोग गरिएको छ ।
बिहीबार एक कार्यक्रमका विच यहि चैत महिनाको ५ गते मृतकको घर परिवारलाई घरमै गएर सहयोग गरेको हो । के.के युवा क्लवका अध्यक्ष शिखर बिकका अनुसार श्री दानुफटा नमूना सामुदायिक बन उपभोक्ता समूह बुट्कुवा,श्री न्यु लाली गुराँस बिधुत सहकारी संस्था बुट्कुवा,आमा समूह बुट्कुवा खल्ला, र अन्य गाउँका सयोगी हात हरुले सहयोग रकम पिडितको घरमै गएर दिईएका थिए ।

 

 

९ हजार नौ सय रुपैयाँ बराबरको आर्थीक सहयोग रकम खाधान्न संयोग गरिएको छ। संयोग सामाग्री बुझ्दै स्वर्गीय घर्तीका परिवारले हातको इसाराले के।के युवा क्लव,श्री दानुफटा नमूना सामुदायिक।

बन उपभोक्ता।समूह बुट्कुवा ,श्री न्यु लाली गुराँस बिधुत सहकारी संस्था बुट्कुवा,आमा समूह बुट्कुवा खल्ला, र अन्य गाउँका सयोगी हातहरुलाई धन्यबाद समेत दिएकी थिइन् । मृतक परिवारका नजिकका छिमेकीहरूले एक एक माना चामल दाल इच्छा अनुसार १००/२००/५०० सम्म संयोग समेत दिएका थिए।

उक्त गाउँमा अरूलाई दुःख पर्दा आफूलाई परेको जस्तै गर्छन छिमेकीहरू बाढीपीडित होस या आगलागी हुँदा होस् कोही कसैलाई पीडा पर्दा भगवान् भयर पुग्ने गर्दछन् स्थानियहरु यस्तै के.के युवा क्लवका अध्यक्ष शिखर बि.कले आगामि दिनहरुमा पनि सहयोगको लागि सहयोगि हातहरु सँग समन्वय गर्दै सहयोग गर्ने बताउनु भएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation