मङ्लबार, अशोज २२, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

ऐलानी जग्गाको विगत ४ वर्ष देखीको सुल्क उठाउँदै आएको बर्दगोरिया गाउँपालिकालाई सबै जनताले एक वर्षको शुल्क मात्र लिने बनाए

आयोग भन्छ / लालपुर्जा लिँदा सुल्क तिरेको प्रमाण चाहिँदैन ।

बौनियाँ/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा चैत्र १० गते बसेको कार्यपालिकाको बैठकले जग्गाको रिसारिस दस्तुर लिने विषयमा निर्णय भएको थियो ।

निर्णय गरेको २४ घण्टा पछि निर्णय ६ वटा वडाहरुमा नियम लागु भएको थियो। ६ वटा वडाहरुका जनताहरू यस विषयमा चर्को ‌विरोध भएको थिए।

सुकुम्वासी आयोगले लालपुर्जा लिँदा सुल्क तिरेको प्रमाण चाहिँदैन भनेको छ तपाई हरु किन शीर्षक बिनाको शुल्क उठाइँदै हुनु हुन्छ भनेर युवा,समाज सेवी, बुद्धिजीवी,शिक्षक महिलाहरुले वडा र गाउँपालिकामा विरोध गरेका छन् अन्य गाउँपालिकामा र नगर पालिकामा शुल्क उठाइँदैन हाम्रो गाउँपालिकामा किन उठाइँदै छ भनेर सामाजिक सञ्जालमा चर्को दबाब दिएका हुन्। बैठकले सडकले नछोएको जमिनको प्रति कट्टा प्रति वर्ष ५० रुपैयाँ, कच्ची सडकले छोएको जमिन प्रति कट्टा प्रति वर्ष ७५ रुपैयाँ, ग्राभेल सडकले छोएको जमिन प्रति कट्टा प्रति वर्ष एक सय रुपैयाँ, महेन्द्र राजमार्ग बाहेकका अन्य कालोपत्रे सडकले छोएको जमिन प्रति कट्टा प्रति वर्ष २ सय रुपैयाँ, महेन्द्र राजमार्गले छोएको जमिन प्रति कट्टा प्रति वर्ष ५ सय रुपैयाँ र बगर क्षेत्रको प्रति कट्टा प्रति वर्ष २५ रुपैयाँका दरले विगत ४ वर्ष देखीको शुल्क उठाउने निर्णय गरेको थियो भने गाउँपालिका सबै जनताले एक भएर आवाज उठाए पछि गाउँ कार्यपालिकाले उक्त निर्णय सच्याएर एक वर्षको शुल्क मात्र लिने निर्णय गरेको बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुले अनमोल अनलाईन टेलिभिजन लाई जानकारी दिनु भएको छ। अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थित गर्न तथा जमिनको प्रमाणित गर्न आफूहरूले यस्तो पहल गरेको उहाँको भनाई छ ।

तर स्थानीयहरूले भने विगतको शुल्क लिने निर्णय गलत भएको भन्दै विरोध गरिरहेका छन् । यता भूमि सम्बन्धी समस्या समाधान आयोगका कैलाली अध्यक्ष दीपक देवकोटाले पनि यो नियम विपरीत भएको प्रतिक्रिया दिएका छन् । पहिले देखी नै पालिकाले शुल्क लिने गरेको भए स्वाभाविकै हो ।

उनले भने, “जग्गा प्रमाणित गर्न एक वर्षको सुल्क लिनु पनि स्वाभाविकै मान्न सकिन्छ तर लालपुर्जा दिने आश्वासनमा विगतका धेरै वर्ष देखीको सुल्क उठाउने कार्य नियम विपरीत छ ।

आयोगले जमिनको सुल्क तिरेको कागजात पनि माग गरेको छैन ।जिल्लामा लालपुर्जाको प्रलोभनमा पालिकाहरूले मनोमानी सुल्क लिएको रसिद सहित मन्त्रालयमा कुरा गरेको र स्थानीयलाई रकम फिर्ता गर्नु पर्ने अवस्था पनि हुन सक्ने भएकाले एक वर्ष भन्दा बढीको शुल्क नलिन उनले आग्रह समेत गरेका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation