मङ्लबार, अशोज ९, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

डढेलोले वन सखाप बस्ती असुरक्षित बिहान लागेको आगो बेलुका सम्म नियन्त्रणमा आएन

बौनियाँ कैलाली/ वैशाख मध्य नबित्दै यहाँका वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी हुने क्रम बढेको छ। बर्दगोरिया गाउँपालिका क्षेत्रमा पर्ने जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई(तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो। डढेलोले नयाँ र पुराना रुख पनि मारेको छ।

कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ मा रहेको रानीजरुवा समुदायक बन क्षेत्र भित्र बिहान बाट अवेर राती सम्म पनि आगो नियन्त्रण हुन सकेको छैन गाउँ नजिकै लागेको आगोले धुवाँ बस्तीमा आएपछि स्वास्थ्यमा असर हुने सम्भावना रहेको छ । वनमा लागेको आगोले साना साना बोट बिरुवा चराचुरुङ्गी जगली जनावर लाई ठूलो समस्या हुने सामुदायिक बनका अध्यक्ष लाल सिंह वि कले बताउनु भयो । समुदायक बनका सदस्य भक्त बहादुर बन्टोलाले भने आगो निभाउन बिहानै देखी हामीहरू लागेका थियौं हावा होरीका कारण हामी पूर्ण रुपमा आगो निभाउन सकिएन भने पूर्ण रुपमा आगो निभाउन भोलि हामी सबै मिलेर निभाउने वान्तोलाले बताउनु भयो।

चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड हुने क्रम बढेको हो। सामुदायिक वन सधैँजसो देखिने डढेलोले वन क्षेत्रका रुख, बुटा खरानीमा परिणत भएका छन्। डढेलोले साल र अन्य संरक्षित जातिका नयाँ बिरुवा डढेर खरानी हुने र वयस्क रुख आगो लागेर सुक्दै गएपछि वनक्षेत्र उजाड हुने क्रम बढेको हो।

अहिले रुख बिरुवाले पालुवा फेर्न झारेका पुराना पात सुकेर खङ्रङ्ग भएका बेला वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गर्छ। वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप हुनसँगै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा छन्।

यसपालि हिउँदे वर्षा नभएको हुँदा डढेलो झन् फैलिएको स्थानीय गगन सिह वान्तोलाले बताए। हिउँदे वर्षाले रुख, बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगत अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपालि हिउँदे वर्षा नहुँदा चैतमध्यभित्रै बाट डढेलोले विकराल रूप लिएको बताउँछन्।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!