काठमाण्डौ। सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क ८२ दशमलव ५४ प्रतिशतले बढेर ३ अर्ब २३ करोड १३ लाख ९२ हजार रुपैयाँ पुगेको छ । कम्पनीले गत आर्थिक बर्षको सोहि अवधिमा १ अर्ब ७७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।
कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा २९ करोड १० लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। कम्पनीले गत वर्षको सोअि अवधिमा ५६ प्रतिशतले खुद मुनाफा वृद्धि गरेको हो । गत वर्ष भने यसले १८ करोड ६७ लाख ८ हजार रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीले यस त्रैमासको अवधिसम्ममा ३६ करोड २५ लाख ३४ हजार रुपैयाँ अभिकर्ताहरुलाई कमिशन बापत वितरण गरेको छ ।कम्पनीले समिक्षा अवधिसम्ममा ४४ करोड नौ लाख ४१ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । अघिल्लो आवमा २८ करोड ७६ लाख ८६ हजार रुपैयाँ खर्च गरेको थियो ।
यसको प्रतिसेयर आम्दानी (वार्षिक) १७ रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा छ ।