Baigyanik Media

Advertisment

SKIP THIS

सूर्या लाइफ इन्स्योरेन्सका कर्मचारी आन्दोलित सामाजिक सुरक्षा कोषविरुद्धमा

काठमाडौं। सामाजिक सुरक्षा कोषका विरुद्ध बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । केहीदेखि बैंकमा कार्यरत कर्मचारीहरुले आन्दोलन जारी राखेकै बेला बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु पनि हिजोदेखि आन्दोलनमा उत्रिएका हुन्। सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुले सामाजिक सुरक्षाकोषका विरुद्धमा कालो ब्यानरसहित विरोध प्रदर्शन गरेका छन् ।

आन्दोलनको पहिलो चरणमा कम्पनीका कर्मचारीहरुले आफनो केन्द्रिय कार्यालय अगाडि कालो ब्यानरसहित विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको पहलमा सम्पूर्ण कर्मचारीहरुको सहमतीमा हिजो ९ बजे उक्त विरोध कार्यक्रम गरेको संघका अध्यक्ष रघुनाथ भण्डारीले बीमापोष्टलाई जानकारी दिए ।

खाईपाई आएको सेवा सुविधासमेत खोसिने गरी सामाजिक कोषमा आवद्ध हुन कोषले दवाव दिएपछि वित्तीय संस्था कर्मचारी संगठनको नेतृत्वमा देशैभरिका हजारौं कर्मचारीहरु आन्दोलनमा होमिदैछन् । कोषले असार मसान्तभित्र आवद्ध हुन सार्वजनिक सूचना निकालेपछि कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन् ।

गत साता २९ वटा बैंक तथा वित्तीय संस्था कर्मचारी संघका संयुक्त विज्ञप्तीमार्फत् विरोध जनाएपछि हिजोबाट बीमा कम्पनीका कर्मचारीहरुले पनि ऐक्यवद्धता सहित आन्दोलनमा उत्रिएका हुन् । सूर्या लाइफ इन्स्योरेन्स कर्मचारी संघका अध्यक्ष भण्डारीले विद्यमान व्यवस्थाहरु संशोधन नभएसम्म कोषमा आवद्ध हुन नसकिने भन्दै विरोध प्रदर्शन गरिएको र आगामी दिनमा थप घनिभूत हुने बताए । उनका अनुसार बिहिबार कर्मचारीहरुले आफ्नो कार्यालय अगाडि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाम्रो असहमति किन रु भन्ने ब्यानर राखेका प्रदर्शन गरेका छन् ।

यसैबीच, प्राइम लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरुले पनि आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विरोधमा उत्रिन आह्वान गरिएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation