बुधबार, फाल्गुन ९, २०८०

बीमा गरेको १८औं दिनमा निधन, ६ लाख १२ रुपैयाँ मृत्यु दाबी भुक्तानी

बौनियाँ । छिमेकी मुलुक भारतमा मजदूरी गर्ने क्रममा ज्यान गुमाएका बीमितका आश्रित परिवारलाई सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रिय कार्यालय धनगढीले मृत्यु दाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले बीमित कृष्ण सिंह साउदको छोरा हरिश सिंह साउदलाई मृत्यु दाबी भुक्तानी बाफत ६ लाख १२ हजार रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ । स्व बीमितले २०७७ चैत २७ गते ३ लाख रुपैयाँको बीवन बीमा बाफत २१ हजार २०९ रुपैयाँ बीमा शुल्क कम्पनीमा बुझाएका थिए । निजको बीमा गरेको १८ दिनमै भारतको चम्पावत मा मजदुरी गर्ने क्रममा मृत्यु भएको थियो । लामो लकडाउनका कारण दाबीकर्ताले भारतबाट आवश्यक कागजात २०७८ असार १७ गते कम्पनीमा बुझाएका थिए । सानिमा लाइफ बीमितलाइ स्तरीय तथा सर्बसुलभ सेवा प्रदान गर्ने नेपालको अग्रनी कम्पनी भएको धनगढी शाखा प्रमुख हेमन्त बहादुर सिंहले जानकारी दिए । सो दाबी भुक्तानी कार्यक्रममा मृतकको श्रीमती चन्चला देवी साउद, बजार प्रतिनिधि बिद्या सिंह एजेन्सी मेनेजर बिरेन्द्र सिंह चाड र शिब बहादुर चन्दको उपस्थिति रहेको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!