Baigyanik Media

Advertisment

SKIP THIS

आज राष्ट्रिय बाल दिवस

मान्छेलाई उसले लगाउने लुगाले हैन उसको विचारले चिन्न सिकाउन जरुरी छ, ठूलो घरभन्दा सुखी परिवारको महत्व उनिहरुलाई भन्न जरुरी छ, वाटोमा फोहोर उठाउन आउने मान्छे र चिल्लो गाडिमा वसेर अफिस जाने मान्छे विचमा सम्पतीको फरक भन्दा पनि मानवतारुपी समानता र काम ठूलो सानो हुन्न भन्ने महत्वपूर्ण जानकारी उनिहरुलाई सिकाउन पर्दछ । कारमा बसेर शपिङ्ग मल हैन खालीखुट्टा हरियो दुवोमा उफ्रेर नाच्दाको रमाइलो उनिहरुलाई सिकाउन जरुरी छ ।

निर्दोष आँखा, हैरान पार्नेगरी दोहोरिएका सामान्य प्रश्नहरु, तोते बोली, कार्टुनमा रमाउने बानी, वदमाश र शैतानी ब्यवहारहरु अनि तिनिहरुका अवोध गतिविधि, बालबालीकाका जादुई आँखाहरु अनि ति भित्र रहेका सामान्य सपनाहरुका अगाडि त शायद प्रकृतीले हामी मानिसलाई पनि यहि रुपमा रहिरहनका लागी बनाएका हुन कि जस्तो पनि लाग्छ । भदौ २९ गते हरेक वर्ष नेपालले यीनै बालबालिका तिनको सुरक्षा अनि संरक्षणकालागी वाल दिवस मनाउने गर्दछ । 

बालपनको यादहरु हामीहरुसबैसग ताजा छ, हामीमध्य धेरैलाई आफू धेरै छिटो बुढो या वयस्क भएजस्तो भान हुन्छ पनि, किनभने बालापन छ नै यति मिठो कि अहिले खाने चकलेटको स्वाद भन्दा एकपल बालपनको संझना गर्दा मनमा आउने मिठास धेरैगुणा गुलियो हुन्छ । श्रृष्टिका कोपिलाहरु हुन बालबालिका, अनि यि कोपिलाहरुलाई फक्रन सक्ने सहज वातावरण दिन सकिएन भने भविष्यमा मानवपुष्पको अस्तित्वको मिठासमा प्रश्नचिह्न उठ्न सक्छ तसर्थ बालबालिकाहरुलाई ज्ञान, सिप, धारणाको सकारात्मक र आशावादी विचारहरुको विचारोपण गर्न जरुरी छ । छाला चाउरीपरेका बुढाबुढीहरु देखि भर्खरै जुगाको रेखी पलाउदैगरेका किशोरसम्म, ठूलाठूला दार्शनिक देखि गणितज्ञसम्म सबैजनाहरुलाई बालापन प्रिय छ । आधारभुत मौलिक ज्ञानहरु, पारिवारिक स्नेह, उत्साहजनक खेलकुद र आधारभुत अक्षराम्भ लगायतका शिक्षाहरुले गर्दा बालापन सदासर्वदा याद रहने कुरा हो ।

बालापनामै हामीले हाम्रो सिक्ने क्षमता विकास गरेका हौँ, पाइलाका ठेस र पैतालाका घाउले हामीलाई गुरुत्वाकर्षण बल सिकायो होला । विशाल जगतमा प्रथम शब्द आमा, बुवा या पापा भनेपछि हामीले धेरै कुरा र वस्तुहरुको नाम सिक्दै गयौं होला, आमाको हातले खुवाएको गाँसहरु चपाउदै हामीले आफै खान सिक्यौं होला, हामीले पहिले ुकु सिक्यौ अनि ुकु बाट कछुवा । विद्यालयको गृहकार्यले हामीलाई समयको महत्व र अनुशासन सिकायो होला, छेउकै वेन्चमा वस्ने साथी जस्लाई हामीले सोझै तिमी तपाई केहि नभनि तँ भनेका हुन्छौ उस्को र उन्को उपस्थितीले हामीलाई मित्रता सिकाएको होला र कापीका पानाहरुले हामीहरुलाई अक्षर लेख्न सिकायो होला ।

बालापनाका तिनै सिकाइका अध्यायहरुले हाम्रो जीवनभर एउटा प्रभाव र आधार दिइरहन्छ । फ्रान्सका दार्शनिक जिन ज्याक्स रुसोले मानव जन्मिदा स्वतन्त्र जन्मिन्छ तर विस्तारै उ दायित्वको डोरीले बाँधिदै जान्छ भनेका छन् । यस अर्थमा संसारमा एउटा बालक या बालिक भन्दा स्वतन्त्र अरु कोही छैन, निर्दोष र स्वतन्त्र त्यो मलिलो बालमष्तिष्कमा माया, प्रेम र सद्भावका भावनाहरु छर्न जरुरी छ ।

मान्छेलाई उसले लगाउने लुगाले हैन उसको विचारले चिन्न सिकाउन जरुरी छ, ठूलो घरभन्दा सुखी परिवारको महत्व उनिहरुलाई भन्न जरुरी छ, बाटोमा फोहोर उठाउन आउने मान्छे र चिल्लो गाडिमा बसेर अफिस जाने मान्छे बिचमा सम्पत्तिबिचको फरक भन्दा पनि मानवतारुपी समानता र काम ठूलो सानो हुन्न भन्ने महत्वपूर्ण जानकारी उनिहरुलाई सिकाउन पर्दछ । कारमा बसेर शपिङ्ग मल हैन खालीखुट्टा हरियो दुवोमा उफ्रेर नाच्दाको रमाइलो उनिहरुलाई सिकाउन जरुरी छ ।

पछिल्लो पुस्ताको बाल्यकाल र अहिलेको बाल्याकालमा धेरै फरक छ, डन्डिवियो र लुकामारीमा हुर्केका पुस्ताको तुलनामा आजभोलीका बालबालिका कमप्यूटर गेम र अनलाइन भिडियोज अनि मोबाइल खेलेर हुर्किरहेका छन । समय परिवर्तनशील छ तथापि उनिहरुलाई आफ्नो फेभरेट कार्टुन यूट्यूवमा हेर्नु र बिहानीको सूर्य उदाएपछिको घामको पारिलो रापको स्वाद अनि अरुलाई मद्धतगर्न पाउँदाको असिम आनन्द सबै कुराहरूको बारेमा जानकारी गराउन र मानविय क्रियाकलापको महत्व सिकाउन सक्नुपर्दछ ।

सानामा प्रशस्त माया पाएका बालबालिकाहरुलेमात्र अरुलाई विश्वास र माया गर्न सिकेका हुन्छन र बालपनको यो संसार मायामा अडेको छ तसर्थ आफ्ना बालबालिकालाई माया गर्न, उनिहरुका जिज्ञासाको सरल उत्तर दिन अनि उनिहरुलाई सत्य र आशावादी बन्न हरेक हिसाबले सिकाऔं । हामीले पनि बालबालिकालाई पढाइको नम्बर र उनिहरुले लेखेका अक्षर अर्थात हेन्डराइटिंगको आधारमा तुलना नगरौं, हरेक बच्चा आफैमा विशेष छन केवल उनिहरुमा भएको क्षमताको पहिचान गरि त्यसलाई उजागर गर्न प्रोत्साहन गरौं । बालबालिकालाई पैसा भन्दा धेरै समयको लगानी गर्न जरुरी छ , अनिहरुलाई स्पाइडरम्यान, ब्याटम्यान र हल्क भन्दा राम्रो मान्छे र सरल मान्छे बन्न प्रेरित गरौँ । 

आजको दिनले हामी हुर्किइसकेकालाई बालबालिकाप्रतिको हाम्रो कर्तब्यको दायित्व याद गराउँदछ । बालबालिका यस जगतकालागि अनुपम उपहार हुन र उनिहरुले विशेष माया र सम्मान पाउनपर्दछ र आजको दिन ति बालबालिकालाई पनि याद गरौं जसमाथी विभिन्न स्थान र शैलीमा दुरव्यवहार गरिन्छ अनि भइरहेको पनि छ, अपहेलना गरिन्छ, जो बिरामी परेका छन र उपचारको पहुँचमा छैनन र ति बालबालिकाहरु जो खुशी छैनन, तिनिहरुको मुहार र जीवनमा मुस्कान ल्याउन सक्नुनै आजको दिनको उद्देश्य हो । 

आजको दिन गत वर्ष झैं एउटा अर्को नयाँ बाल दिवस मनाइदै गर्दा बुवा(आमाले पनि आफ्नो छोराछोरीसँग आफ्नो सम्बन्धको बारेमा सोच्न जरुरी छ, जीवन एकदमै ब्यस्त हुँदैगएको छ तथापि के वहाँहरुले आफ्ना छोराछोरीकालागि पर्याप्त समय र माया दिन सक्नुभएको छ कि छैनरु के तपाई(हाम्रा बालबालिका सहि दिशातर्फ उन्मुख भइरहेका छन या छैनन यदि छैनन भने हामीले आफ्नो ब्यवहारमा कस्तो परिवर्तन ल्याउनुपर्ने हो त्यो पनि विचार पूर्याउन जरुरी छ । यहाँ न त श्रवण कुमार माटोबाट आएका हुन न त आतकंवादीहरु आकाशबाट झरेका हुन, हाम्रा बालबालिका असल हुन, असल सोचुन, असल बोलुन् र असल देखुन्, सबैलाई शुभकामना ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation