आज राष्ट्रिय बाल दिवस

मान्छेलाई उसले लगाउने लुगाले हैन उसको विचारले चिन्न सिकाउन जरुरी छ, ठूलो घरभन्दा सुखी परिवारको महत्व उनिहरुलाई भन्न जरुरी छ, वाटोमा फोहोर उठाउन आउने मान्छे र चिल्लो गाडिमा वसेर अफिस जाने मान्छे विचमा सम्पतीको फरक भन्दा पनि मानवतारुपी समानता र काम ठूलो सानो हुन्न भन्ने महत्वपूर्ण जानकारी उनिहरुलाई सिकाउन पर्दछ । कारमा बसेर शपिङ्ग मल हैन खालीखुट्टा हरियो दुवोमा उफ्रेर नाच्दाको रमाइलो उनिहरुलाई सिकाउन जरुरी छ ।

निर्दोष आँखा, हैरान पार्नेगरी दोहोरिएका सामान्य प्रश्नहरु, तोते बोली, कार्टुनमा रमाउने बानी, वदमाश र शैतानी ब्यवहारहरु अनि तिनिहरुका अवोध गतिविधि, बालबालीकाका जादुई आँखाहरु अनि ति भित्र रहेका सामान्य सपनाहरुका अगाडि त शायद प्रकृतीले हामी मानिसलाई पनि यहि रुपमा रहिरहनका लागी बनाएका हुन कि जस्तो पनि लाग्छ । भदौ २९ गते हरेक वर्ष नेपालले यीनै बालबालिका तिनको सुरक्षा अनि संरक्षणकालागी वाल दिवस मनाउने गर्दछ । 

बालपनको यादहरु हामीहरुसबैसग ताजा छ, हामीमध्य धेरैलाई आफू धेरै छिटो बुढो या वयस्क भएजस्तो भान हुन्छ पनि, किनभने बालापन छ नै यति मिठो कि अहिले खाने चकलेटको स्वाद भन्दा एकपल बालपनको संझना गर्दा मनमा आउने मिठास धेरैगुणा गुलियो हुन्छ । श्रृष्टिका कोपिलाहरु हुन बालबालिका, अनि यि कोपिलाहरुलाई फक्रन सक्ने सहज वातावरण दिन सकिएन भने भविष्यमा मानवपुष्पको अस्तित्वको मिठासमा प्रश्नचिह्न उठ्न सक्छ तसर्थ बालबालिकाहरुलाई ज्ञान, सिप, धारणाको सकारात्मक र आशावादी विचारहरुको विचारोपण गर्न जरुरी छ । छाला चाउरीपरेका बुढाबुढीहरु देखि भर्खरै जुगाको रेखी पलाउदैगरेका किशोरसम्म, ठूलाठूला दार्शनिक देखि गणितज्ञसम्म सबैजनाहरुलाई बालापन प्रिय छ । आधारभुत मौलिक ज्ञानहरु, पारिवारिक स्नेह, उत्साहजनक खेलकुद र आधारभुत अक्षराम्भ लगायतका शिक्षाहरुले गर्दा बालापन सदासर्वदा याद रहने कुरा हो ।

बालापनामै हामीले हाम्रो सिक्ने क्षमता विकास गरेका हौँ, पाइलाका ठेस र पैतालाका घाउले हामीलाई गुरुत्वाकर्षण बल सिकायो होला । विशाल जगतमा प्रथम शब्द आमा, बुवा या पापा भनेपछि हामीले धेरै कुरा र वस्तुहरुको नाम सिक्दै गयौं होला, आमाको हातले खुवाएको गाँसहरु चपाउदै हामीले आफै खान सिक्यौं होला, हामीले पहिले ुकु सिक्यौ अनि ुकु बाट कछुवा । विद्यालयको गृहकार्यले हामीलाई समयको महत्व र अनुशासन सिकायो होला, छेउकै वेन्चमा वस्ने साथी जस्लाई हामीले सोझै तिमी तपाई केहि नभनि तँ भनेका हुन्छौ उस्को र उन्को उपस्थितीले हामीलाई मित्रता सिकाएको होला र कापीका पानाहरुले हामीहरुलाई अक्षर लेख्न सिकायो होला ।

बालापनाका तिनै सिकाइका अध्यायहरुले हाम्रो जीवनभर एउटा प्रभाव र आधार दिइरहन्छ । फ्रान्सका दार्शनिक जिन ज्याक्स रुसोले मानव जन्मिदा स्वतन्त्र जन्मिन्छ तर विस्तारै उ दायित्वको डोरीले बाँधिदै जान्छ भनेका छन् । यस अर्थमा संसारमा एउटा बालक या बालिक भन्दा स्वतन्त्र अरु कोही छैन, निर्दोष र स्वतन्त्र त्यो मलिलो बालमष्तिष्कमा माया, प्रेम र सद्भावका भावनाहरु छर्न जरुरी छ ।

मान्छेलाई उसले लगाउने लुगाले हैन उसको विचारले चिन्न सिकाउन जरुरी छ, ठूलो घरभन्दा सुखी परिवारको महत्व उनिहरुलाई भन्न जरुरी छ, बाटोमा फोहोर उठाउन आउने मान्छे र चिल्लो गाडिमा बसेर अफिस जाने मान्छे बिचमा सम्पत्तिबिचको फरक भन्दा पनि मानवतारुपी समानता र काम ठूलो सानो हुन्न भन्ने महत्वपूर्ण जानकारी उनिहरुलाई सिकाउन पर्दछ । कारमा बसेर शपिङ्ग मल हैन खालीखुट्टा हरियो दुवोमा उफ्रेर नाच्दाको रमाइलो उनिहरुलाई सिकाउन जरुरी छ ।

पछिल्लो पुस्ताको बाल्यकाल र अहिलेको बाल्याकालमा धेरै फरक छ, डन्डिवियो र लुकामारीमा हुर्केका पुस्ताको तुलनामा आजभोलीका बालबालिका कमप्यूटर गेम र अनलाइन भिडियोज अनि मोबाइल खेलेर हुर्किरहेका छन । समय परिवर्तनशील छ तथापि उनिहरुलाई आफ्नो फेभरेट कार्टुन यूट्यूवमा हेर्नु र बिहानीको सूर्य उदाएपछिको घामको पारिलो रापको स्वाद अनि अरुलाई मद्धतगर्न पाउँदाको असिम आनन्द सबै कुराहरूको बारेमा जानकारी गराउन र मानविय क्रियाकलापको महत्व सिकाउन सक्नुपर्दछ ।

सानामा प्रशस्त माया पाएका बालबालिकाहरुलेमात्र अरुलाई विश्वास र माया गर्न सिकेका हुन्छन र बालपनको यो संसार मायामा अडेको छ तसर्थ आफ्ना बालबालिकालाई माया गर्न, उनिहरुका जिज्ञासाको सरल उत्तर दिन अनि उनिहरुलाई सत्य र आशावादी बन्न हरेक हिसाबले सिकाऔं । हामीले पनि बालबालिकालाई पढाइको नम्बर र उनिहरुले लेखेका अक्षर अर्थात हेन्डराइटिंगको आधारमा तुलना नगरौं, हरेक बच्चा आफैमा विशेष छन केवल उनिहरुमा भएको क्षमताको पहिचान गरि त्यसलाई उजागर गर्न प्रोत्साहन गरौं । बालबालिकालाई पैसा भन्दा धेरै समयको लगानी गर्न जरुरी छ , अनिहरुलाई स्पाइडरम्यान, ब्याटम्यान र हल्क भन्दा राम्रो मान्छे र सरल मान्छे बन्न प्रेरित गरौँ । 

आजको दिनले हामी हुर्किइसकेकालाई बालबालिकाप्रतिको हाम्रो कर्तब्यको दायित्व याद गराउँदछ । बालबालिका यस जगतकालागि अनुपम उपहार हुन र उनिहरुले विशेष माया र सम्मान पाउनपर्दछ र आजको दिन ति बालबालिकालाई पनि याद गरौं जसमाथी विभिन्न स्थान र शैलीमा दुरव्यवहार गरिन्छ अनि भइरहेको पनि छ, अपहेलना गरिन्छ, जो बिरामी परेका छन र उपचारको पहुँचमा छैनन र ति बालबालिकाहरु जो खुशी छैनन, तिनिहरुको मुहार र जीवनमा मुस्कान ल्याउन सक्नुनै आजको दिनको उद्देश्य हो । 

आजको दिन गत वर्ष झैं एउटा अर्को नयाँ बाल दिवस मनाइदै गर्दा बुवा(आमाले पनि आफ्नो छोराछोरीसँग आफ्नो सम्बन्धको बारेमा सोच्न जरुरी छ, जीवन एकदमै ब्यस्त हुँदैगएको छ तथापि के वहाँहरुले आफ्ना छोराछोरीकालागि पर्याप्त समय र माया दिन सक्नुभएको छ कि छैनरु के तपाई(हाम्रा बालबालिका सहि दिशातर्फ उन्मुख भइरहेका छन या छैनन यदि छैनन भने हामीले आफ्नो ब्यवहारमा कस्तो परिवर्तन ल्याउनुपर्ने हो त्यो पनि विचार पूर्याउन जरुरी छ । यहाँ न त श्रवण कुमार माटोबाट आएका हुन न त आतकंवादीहरु आकाशबाट झरेका हुन, हाम्रा बालबालिका असल हुन, असल सोचुन, असल बोलुन् र असल देखुन्, सबैलाई शुभकामना ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

श्रष्टा सुवेदीलाई ‘चुडामणि साहित्य पुरस्कार’

झापा,  लेखनाथ पुस्तकालयले नेपाली भाषा र साहित्यमा झर्रो शैलीको प्रयोगमा योगदान पुर्याए वापत साहित्यकार जीवनाथ सुवेदीलाई यस वर्षको ‘चुडामणि रेग्मी भाषा साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ ।भाषाविद् चुडामणि रेग्मीको सम्मानमा स्थापना भएको उक्त पुरस्कार राशि नगद रु २५ हजार पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले...

मनोरञ्जन क्षेत्रको व्यवस्थापनका लागि अनुगमन निर्देशिका कार्यान्वयन गर्न माग

काठमाडौँ, मनोरञ्जन तथा सत्कार क्षेत्रका श्रमिकको हकहित र मर्यादित श्रमसम्बन्धी न्यूनतम मापदण्ड तथा अनुगमन निरीक्षण निर्देशिका तत्काल कार्यान्वयन गर्न आग्रह गरिएको छ । विश्वास नेपालद्वारा शुक्रबार यहाँ आयोजित कार्यक्रममा सरोकार भएकाले मापदण्ड कार्यान्वयनका लागि विगत पाँच वर्षदेखि आवाज उठे पनि सुनुवाइ हुन नसकेको जनाउँदै...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ,  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने

काठमाडौँ,  ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा बिस्का नखः (जात्रा) चार दिन मनाइने भएको छ ।टोखा विस्केट जात्रा मूल व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी नेवार समुदायको बाहुल्य रहेको टोखामा अगामी वैशाख १ गतेदेखि ४ गतेसम्म विस्केट जात्रा मनाउन लागिएको जानकारी दिएको हो...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

शिवशक्ति ग्रामीण विद्युत सहकारीको अध्यक्षमा दल बहादुर तिरुवा चयन

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डा, खैरेनीस्थित शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ। संस्थाको अध्यक्षमा दल बहादुर तिरुवा चयन भएका छन्।   उपाध्यक्षमा शिवचरण डंगौरा थारु, सचिवमा गोविन्द बहादुर बुडाक्षेत्री र कोषाध्यक्षमा अमृता देवी खत्री चयन भएका छन्।   सदस्यहरूमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यको समझदारी

दोधारा चाँदनी (कञ्चनपुर),  तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि बुधबार त्रिपक्षीय समझदारी भएको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिनुभयो ।       उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगका...

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

दोधारा चाँदनी (कञ्चनपुर), कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया–थालसेमिया’ पहिचान भएको छ ।जिल्ला स्वास्थ्य कार्यालयले सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि यहाँको लालझाडी गाउँपालिकामा निःशुल्क ‘स्क्रिनिङ’ स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । एक सातासम्म सञ्चालन भएको उक्त शिविरमा दुई हजार ६४७...

गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी

सिरहा,  सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९