
चन्द्रागिरी नगरपालिका वडा नं ९ ले मच्छेगाउँस्थित मत्स्यनारायण मेला सञ्चालन नहुने भएको छ । यस वर्ष पुरुषोत्तम मास असोज २ गते शुक्रबारदेखि शुरु हुँदैछ । तीन वर्षमा एकपटक एक महिनासम्म चल्ने यस मेला कोरोना भाइरसका कारण सञ्चालन हुन सम्भव नभएको बताइएको छ ।
बुधबार एक सूचना जारी गरी वडा अध्यक्ष देबेन्द्र महर्जनले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै यस्तो निर्णय भएको बताउनुभएको छ ।