धनगढीबाट महाराष्ट्र जाने करिब डेढ सय नेपाली सुरतमा अलपत्र, ट्राभल्सले कयौं पटक विचल्लीमा पार्यो

बौनिया/नेपाल भारत बस सञ्चालन गर्दै आएको बर्दादेवी टूर एण्ड ट्राभल्सले फेरि एक पटक सयौं नेपालीहरुलाई अलपत्र पारेको छ । कैलालीको धनगढीबाट मुम्बई बैङ्लोर, रत्नागिरी र पुणेका लागि भन्दै लिएर आएको करिब १५० जनालाई सुरतमा अलपत्र पारेको बसका एक जना यात्रुले अनमोल अनलाईन टेलिभिजन लाई बताएका छन । यद्धपी उनि आएको बसमा ९० जना सवार भएपनि डेढ सय जना जतिलाई बर्दादेवी टूर एण्ड ट्राभल्सले लिएर आएको बताएका छन । यात्रुका अनुसार बर्दादेवी टूर एण्ड ट्राभल्सले पहिला त एक रातभरि पलियामै रोकाएको र त्यसपछि बाटोभरि आफ्नो मनमर्जी गर्दै आएको र अन्त्यमा पुणे र महाराष्ट्र जानुपर्ने यात्रुहरुलाई सुरतको एक हाइवेमा छोडेको छ । केही नभनि आज दिउँसो १२ बजे सुरत पुऱ्याएको ट्राभल्सले त्यहाँबाट गाडी बद्लिने बताएको छ तर अहिलेसम्म गाडीको व्यवस्था नगर्दा साना(साना बालबालिका, महिला र अन्य यात्रुहरु समस्यामा परेका छन । जाडोको मौसम र कोभिड(१९ महामारीका बिच यसरी अलपत्र पारेपछि उनिहरुले सहयोगका लागि विभिन्न संघ(संगठनहरुलाई गुहारेका छन । उनिहरु अहिले सुरतको न्यू निलम होटलमा रहेका छन । बसका एक अर्का यात्रुले भने आफुहरुसँग ३ हजारदेखि ४ हजारसम्म भाडा लिइएको छ । उनिहरु मध्ये कयौं मानिसहरुसँग गर्भवति महिलासमेत रहेकाले उनिहरु निस्किरहेका छन । यात्रुहरुसँगै रहेका ट्राभल्सका स्टाफसँग घटनाबारे जान्न खोज्दा भने उनले फोन उठाएका छैनन ।

 

 

यता बर्दादेवी टूर एण्ड ट्राभल्स कार्यालय धनगढीका सञ्चालक लोकबहादुर साउँद भने भारतीय बस सञ्चालकले माहराष्ट सम्मको पर्मिसन्न भएको बताएको र सुरत मा पुगदा बसको पर्मीसन्न नभएको बस चालकले झुट बोल्दा समस्या भएको उहाँले बतानुभयो।उहाँले बताउनु भयो तपाईंहरू भन्दा हामीलाई ठूलो चिन्ता भएको र हामी बस संचालकहरुको पेट भगावनरुपी यात्रुहरुले पालेको बताउनु भयो ।

बर्दादेवी टूर एण्ड ट्राभल्सले नेपालीहरुलाई यसरी बाटोमा अलपत्र पारेको यो नयाँ घटना होइन । यसअघि पनि बेङ्गलोर जाने यात्रुहरुलाई ट्राभल्स पुणेमा अलपत्र पारेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९