श्रीलङ्काको टाकुरामा पुलकै आशामा ४८ वर्ष बित्यो । काम सुने/जनता भन्छन चुनाव आउँदैछ कसरी भोट माग्न आउँछन् हेरौंला 

बौनियाँ कैलाली। जब पानी पर्न थाल्छ, खोलापारी बसोवास गर्नेहरुको मनमा त्रास फैलिन्छ । कारण खोलावारीपारी गर्न कुनै विकल्पै छैन।

वर्षायाम सुरु भएसँगै नेपालको सुदूरपश्चिम प्रदेश कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाका वडा नं ३ मा बसोबास गर्नेहरुको दिनरात त्रासमै वित्ने गरेको छ ।

ती वडामा बसोबास गर्नेहरुको ज्याला मजदुरी देखि औषधिमुलो र शैक्षिक गन्तब्य हो बौनियाँ बजार । जहाँ आउनजान नदीमै हाम फालेर जोखिम पूर्ण यात्रा गर्नु पर्छ।

कक्षा ६ मा पढ्दै गर्दा कुहिरा नदीमा पुल बन्दैछ भनेर सुनेपछि धेरै खुसी भएकी थिइन् खगि सरा साउँद । तर,पुल बन्ने सुनेको पनि १०/११ वर्ष भैसक्यो, ठेकेदारले पुल त के पिल्लरसम्म पनि न उठाएको देख्दा सरकार नभएको महशुस भएको खगीसराले सुनाइन् ।

उनले अघि थपिन – ‘के हाम्रो पुलमा हिडेर वारीपारी गर्ने सपना पूरा होला ।’ ‘के साच्चै समयमा काम न गर्ने ठेकेदारलाई कारवाही गर्ने कुनै निकाय छैन रु’ उनी प्रश्न गर्छिन ।

कुईरा नदिमा समयमा पुल नबन्नुमा स्थानीय जनप्रतिनिधि र यस क्षेत्रका राजनैतिक दलका नेताकार्यकर्ताहरु पूर्वाधार विकास निर्माणमा चासो नदिएको बताउँछन् स्थानीय पत्रकार गोविन्द वीसी स्थानीय सरकार आएको करीब ४ वर्ष बितिसक्दा पनि दीर्घकालिन महत्त्वका योजना र विकास हुन नसकेको उनले बताए । 
यहाँको मुख्य आवश्यकता पुलपुलेसा,नदी तटबन्धन, खानेपानी,शिक्षा र पूर्वाधार संरचना निर्माण हो उनले भने, मूलभूत जनसरोकारका विषयमा बजेट विनियोजन नहुनु र निर्माण नहुनु अपेक्षाकृत विकास भएको छैन । 
नदीमा झोलुङ्गे पुल निर्माण भए स्थानीयले वर्षायाममा आवातजावतको समस्या झेल्नु नपर्ने उनको भनाइ छ ।

नदीमा पुल नहुँदा सबैभन्दा बढी मार विद्यार्थीहरुलाई पर्ने गरेको छ । हामी एकदमै दर्दनाक अवस्थामा छौ बालबालिकाले नियमित शिक्षा पाउनु नैसङ्गिक अधिकार हो। तर पनि वर्षा याममा विद्यालय संचालन भईरहेको अवस्थामा नदिमा बाढि आउदा ज्यान जोखिममा राखेर नदि तरेर आउनु परेको अवस्था पनि छ। ठुलै नदि आएको समयमा घण्टौ नदिको किनारमा बसेर नदि घटे पछि विद्यालयमा उपस्थित हुने बालबालिकालाई शिक्षा दिने शिक्षक नै क्षेकिन्नुपर्ने अवस्था रहेको बताउनुहुन्छ श्री न्यू ज्योती आधारभुत विद्यालय रानिकुण्डाका शिक्षक उपेन्द्र सुनारले बताए ।

उनले वर्षातको ३ महिनासम्म विद्यार्थीहरु पढाइबाटै बञ्चित हुने अवस्था रहेको बताए । पानी परिरहेको बेलामा खोला धेरै आउने भएकाले नदीको किनारमा बसेर घर र्फकनुको विकल्प विद्यार्थीहरुसंग नरेहेको उनले सुनाए ।

पुलका बारेमा आवाज उठाई दिनु पर्‍यो भनेर स्थानिय जनप्रतिनिधी लगायत राजनितिक दलका नेताहरुलाई पटकरपटक समस्या राखेपनि कसैले सुनुवाई नगरेको शिक्षक सुनारले गुनासो गरे ।

 

पुलकै नाममा मीठो भजन गाउने मन्त्री सांसद जनप्रतिनिधिर चुनावी नारा नै पुल र सेती लोकमार्गरजनता भन्छन् जति जोगि आय कानै चिरिएको

रानिकुण्डाको नदीमा पुल नबन्दा आवात जावतमा समस्या उत्पन्न भएको छ ।पुल नबनेको वर्षौ बितिसक्दा समेत सम्बन्धित निकायले पुल निर्माणमा ध्यान दिन नसकेका कारण विद्यार्थीलगायत स्थानीयलाई आवात जावत गर्न समस्या भएको हो।

चुरे पहाडबाट बगेर आउने भलले कुहिरा र काडा नदिमा पुल नहुदा स्थानीय बासिन्दालाई आवत जावत गर्न निकै अप्ठ्यारो भएको छ।​​​​​स्थानीय युवा साईनिग स्टार यूवा क्लवका पूर्व अध्यक्ष मिलन ओली भन्नुहुन्छ। म पहाडदेखि तराई झरेको करिब ११ बर्ष भयो,२०६७ साल असार १ गते साबिक को पंडौन वडा नं ९ कोल्तडी बाट तराई बसाई सरि आउदा ज्यानमारा कुइरा नदीमा पुल बन्ने चर्चा निकै सुनिन्थ्यो तर अहिले सम्म पुल बन्न सकेको छैन ।

त्यही नदी बाट ढुङ्गा,बालुवा,गिट्टी,माटो,दाउरा,घास , स्याउला ,घर बनाउने काठ जस्ता थुप्रै कुराहरु हामि सामु छ जसको प्रयोग बाट अरुले भरपूर लाभ लिए तर हाम्रो दैनिकी जिबनशैली मा कुनै परिवर्तन आएन आफुलाई अगुवा सम्झने केहि सिमित मानिसहरु आफ्नो स्वार्थ तिर नै ब्यस्त रहेको बताए । 

पूर्व,पश्चिम,उत्तर,दक्षिण चारै तर्फबाट नदिले घेरेको छ नदीका काऱण नदीको छेउछाउमा घर भएका कयौ घरपरिवार बिस्तापित भए जसका कारण उनीहरु छिमेकी राष्ट्र भारतमा बस्दै आएका छन। 

वर्षातको नदिले म आफै पनि घोडाघोडी बहुमुखी क्याम्पस सुखड जादा धेरै पटक फर्कनु परेको थियो। बौनिया मा सामान लिन जाँदा होस वा कुनै सभा सम्मेलनमा सहभागिता हुदा कहिले काही नदीमा आएको बाढिका कारण बौनिया मै बास बस्नु पर्ने बाध्यता छ। 

धेरै पटक मोटरसाइकिल त्यही नदीमा खराब भयो यस्ता तमाम दुःखहरु भोग्नु परेको छ। नदीका कारण म लगाएत यस ठाउँका हामि जनताहरू वर्षा किन आउँछ न आई दिए हुन्थ्यो सोच्छौ। उनले भने बर्षातको समय अघि नै ६ महिनाको लागि आवश्यक सरसामान बजारबाट ल्याउनुपर्ने बाध्यता छ । 

यो समस्या उनको मात्र होइन बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानिकुण्डाका १२ सय घर धुरीसंगै महोन्याल गाउँपालिका वासीहरुको समेत समस्या उस्तै रहेको छ । चुरेको फेदीसँगै जोडिएको यो वडाको कुइरा नदीमा पुल निर्माण नहुँदा हरेक बर्ष मानवीय क्षति हुने गरेको छ ।

 करिब ५ सय मिटर फराकिलो रहेको कुइरा नदीमा बर्षातको बेला आउने बाढी र भेलले स्थानीयलाई आवतजावतमा निकै समस्या हुने गरेको छ। वडाबासीले नदीका कारण यो समस्या वर्षौंदेखि भोग्दै आएका छन्। स्थानीय डिलारानाले भनिन् ९ म २०३० साल देखि यस वडामा बसोबास गर्दै आएकी छु त्यतिबेला पनि पुल को समस्या नै थियो अहिले पनि कायमै छ । 

 उनले थपिन देशमा ठूला राजनीतिक परिवर्तन भए र वडाका जनताको सुविधाको लागि कुनै परिवर्तन हुन सकेको छैन । चुरे पहाडबाट बगेर आउने पानीले कुइरा नदीमा पानीको बहाव उच्च भएपछि नदी तर्ने क्रममा दर्जनौ मानिसहरूको मृत्युसमेत भइसकेको छ । 
स्थानीयका अनुसार नदी तर्ने क्रममा केही वर्षपहिले मोहन्यालको चायभावरका झाँक्री कामी, सोही वडाका नाउटे ढोली स्थानीय एक बालक लगायत दर्जनौंको मृ्त्यु भइसकेको छ।बर्षेनी दर्जनौं मानिसहरूको मृत्यु हुँदा समेत कसैको ध्यान पुग्न नसकेको स्थानीयहरुको दुखेसो छ। यसैगरी स्थानीय समाजसेवी मनऋषि आचार्यले नदीमा पुल नहुँदा स्थानीयहरुले नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताएका छन्। 

कुनै जटिल खालको समस्या हुँदा बिरामी गर्भवती बालबालिकाको ज्यान जोखिममा रहेको बेला नदीले समस्या सिर्जना गर्ने गरेको उनले बताए । झुलुङ्गे पुल सम्म भएको भएपनि आवतजावतमा सहज हुने आचार्यले बताए। उनले भने देशमा शान्ति र संविधान आयो तर विकास र सम्वृद्धि आउन सकेन । 

हाम्रो क्षेत्रमा जनअपेक्षा अनुसार विकासले गति लिन सकेन, विकासका संरचना हरु निर्माण हुन सकेन। वर्षातको समयमा यहाँका स्थानीय नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। तर यहाँका स्थानीय नेताहरुबाट कुनै पहलकदम नभएको स्थानीय बासिन्दाहरुले महसुस गरेका छन्।

 चुनावका बेला विकास र समृद्धिको नारा लिएर गाउँगाउँमा आउने नेता कार्यकर्ताहरु चुनाव जितेर गएपछि फर्केर समेत आउँदैनन्। प्राकृतिक स्रोत साधनले प्रचुर सम्भावना बोकेको ठाउँ भएपनि स्रोतको समुचित प्रयोग हुन सकेको छैन।आचार्यले भन्नु भयो सेती लोक मार्ग सडकको निर्माणका लागि बिभिन्न दबाब मुलक कार्यक्रम सञ्चालन भए बाट यो वर्ष बाट काम सुरु भएको  सुनेको छू। 
 
श्री नोबेल उच्च माध्यमिक विद्यालय बौनियामा अध्यानरत एक स्थानीय विद्यार्थी दीप जोशी भन्छन् यो बर्खा याममा नदिकै कारण म लगायत अन्य विद्यार्थी साथीहरु घर फर्कने गरेको बताउनु भयो। यही नदीका कारण धेरै क्याम्पस स्तरमा पढ्ने साथीहरु भारत लगायतका देशहरुमा कामको सिलसिलामा जानेगरेको उनले बताए। जब हामि खाना खाएर घर देखि स्कुल जाने भनेर निस्किन्छौ बाढि आएको हुन्छ हामि समयमा बिद्यालयमा पुग्दैनौं हामिले सबै बिषय हरु अध्यान गर्न पाउदैनौ बौनिया जादा बाढि निकै आएकाले बाढि कम हुने प्रखाईमा दुइ तिन घन्टा कहिले चार पाच घन्टा हामि जस्ताको त्यस्तै बाटोमा प्रखिनु पर्ने बाध्यता रहेको छ। बाढिले हामि बिद्यार्थिलाई निकै ठुलो समस्या निम्त्याको छ ।कहिलेकाही हाम्रो परिक्षाको समयमा बाढि आएर परिक्षा रोकिने परिक्षा को समयमा ढिला पुग्ने परिक्षामा फेल हुने नंबर कम आउने जस्ता थुप्रै समस्या रहेको जोशीले बताए।  

सो नदीमा अधिकांश विद्यार्थी र सामान किनमेलका लागि मानिसहरु दैनिक ओहोरदोहोर हुन्छ। गाउँपालिकाको केन्द्र बौनिया बजारबाट तल्लापानी सम्म सोही नदी भएर विभिन्न यातायात का साधन गुड्ने गर्दछन्। 

वर्षातको समयमा भने बालबालिकाका पढाइबाट बञ्चित हुने गरेको स्थानीय युवा प्रकाश जोशीले बताए। उनले भने विद्यार्थीले १० कक्षा भन्दा माथिको शिक्षा हासिल गर्न बौनिया लगायतका ठाउँमा धाउनुपर्छ विद्यालयमा पढ्न जाने विद्यार्थी समेत विद्यालय जानबाट बञ्चित भएका छन्। करिब ६ हजार जनसंख्या रहेको वडाको चारैतिर नदी रहेको छ। पश्चिमतर्फ काँडा नदी छ भने पूर्वतिर कुइरा नदी रहेको छ । नदी कटानको समेत चपेटामा परेका स्थानीयको प्रमुख समस्याको रूपमा नदीको कुरा पुललाई लिने गर्दछन् । 

गाउँपालिका कै दुर्गम एवं जनसङ्ख्यामा धेरै रहेको उक्त वडामा स्वास्थ्य सेवा भएपनि सेवा सुविधा सम्पन्न छैन। साविक को दोदोधरा स्वास्थ्य चौकी पुग्न पैदल डेढ घण्टासम्म समय लाग्छ।

नदीमा पुल नभएकै कारण गर्भवती महिलाले वर्षातको बेला बाटोमा बच्चा जन्मनुपर्ने बाध्यता रहेको स्थानीय बर्दगोरिया गाउँपालिका वडा नं ३ रानिकुण्डाकी महिला स्वयंसेविका अविसरा टमट्टाले बताइन्। उनले आपतकालीन बिरामीलाई समेत वर्षातका बेला अस्पताल लैजान समस्या भएको बताइन्। 

कुनै महिला दिदी बहिनी सुत्केरी उपचार गर्न पनि स्थानीयले उक्त नदी पार गर्नुपर्ने बाध्यता छ। स्थानीय सघ र प्रदेश निर्वाचनमा सबैले यसलाई चुनावी मुद्दा बनाएर चुनाव जिते स्थानीय बुद्धिजीवी भक्तबहादुर वन्तोलाले भने, तर हाल आएर कसैले वास्ता नै गर्दैनन्। वडा नम्बर ३ लाई स्थानीयले व्यंग्य गर्दै श्रीलङ्काको टाकुरा भन्ने गरेका छन्। पहाडमा पानी पर्यो भने हामीलाई बिरामी र विद्यार्थीको पिर पर्छ भनु हुन्छ । 

श्री जगदम्बिके भगवती माध्यमिक विद्यालय रानिकुण्डाका प्र.अ नेत्र बहादुर खड्काले भनु भयो बौनिया बाट खैरेनिमा पढ्न आउने र जाने विद्यार्थी सधै बर्खामा त्यही खोलाले छेकिदा साना साना नानि बाबुहरु कतै शिक्षाबाट बञ्चित हुने त हैनन् भन्ने चिन्ता लाग्ने गरेको छ प्र.अ खड्का बताउँनु हुन्छ।
जगदम्बिके भगवती माध्यमिक विद्यालयमा पढ्न आउने विद्यार्थी वडा नं १,२ र ४ बाट अध्ययन गर्न आउने विद्यार्थी हरु को संख्या रहेको भएपनि बर्खाको समयमा विद्यालय आउन नसक्दा कतै शिक्षाबाट बञ्चित हुने हुन् कि भन्ने ठूलो चिन्ता लागेको खड्का बताउँनु हुन्छ । 

उहाँले भन्नुभयो विद्यालयमा जम्मा १६ जना शिक्षक शिक्षिका रहे पनि आठ दश जना शिक्षक शिक्षिका बौनिया घर नै भएकोले बर्षातको समयमा त्यही नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताए । विद्यार्थीलाई शिक्षा दिने शिक्षक शिक्षिका नै त्यही नदीमा छेकिनु पर्ने बाध्य भएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो सर्भे गरिसकेको झुलुङ्गे पुल एउटा बर्दगोरिया मन्दिर जोड्ने गरी र अर्को पुल वडा नं ४ नौनिया जोड्ने गरि सर्भे भइसकेको भनेर सुनिन्थ्यो अहिलेसम्म किन हुन सकेन कहिले सम्म हामी शिक्षक विद्यार्थी जनता वडा नम्बर ३ बासिन्दाहरू जोखिमपूर्ण यात्रा गर्नु पर्ने हो गाउँ गाउँमा सिंहदरबार आयो भन्छन नाममा मात्र सिमित रहेको समेत बताउनु हुन्छ ।

कुनै महिला दिदीबहिनीहरु सुत्केरी,सिकिस्त बिरामी, गर्भवती महिलालाई झन ठूलो समस्या वर्षौंदेखि भोग्दै आइरहेको समेत बताउनुभयो।हामीले पटक पटक घचघच्याइरहेका छौ,हुन्छ भन्ने आश्वासन आउँछ तर हुँदैन वडा नम्बर ३ का वडा अध्यक्ष करने सुनारले भने। 

उनले आफू स्थानीय जनताको अभिभावक समेत भएकाले धेरैपटक पक्की पुलको र झुलुङ्गे पुनको निर्माण गर्न गाउँपालिका प्रदेश सरकार र केद्रिन्य सरकार नेता कार्यकर्ता हरुलाई घच्घच्याईरहेको बताउनुभयो।२०७६ साल फागुन महिनामा माननीय ज्यू ले झुलुङ्गे पुलको लागि सर्भे भइसकेको छ । सम्झौताको लागि पठाएको छु भन्नु भाको थियो । 

महामारी कोरानाका कारण कामलाई बाधा पुर्यायो । वडा अध्यक्ष सुनारले भन्नुभयो पुल बनेन भनेर चासो राख्नु राम्रो कुरा भएको बताउनुभयो यस विषयमा म पनि चिन्तित भएको बताउनु हुन्छ । वडा अध्यक्ष सुनारले मलाई इमान्दार स्वच्छ व्यक्ति भनेर विश्वास गरेर चुनाव बाट बिजय बनाएर पठाएकाले म दिनरात भोक निद्रा नभनि जनताको सेवामा लागिरहेको बताए मैले पटकपटक मन्त्री सांसद नेताहरुलाई यहाँका समस्या लिखित र मौखिक रुपमा बताएको छु ।उहाँले भन्नुभयो ।

सांसदलाई सेती लोकमार्ग को बारेमा सोध्दा वनको समस्या देखाउने गरेको उहाँले बताउनुभयो । मैले यहाँका व्यापारी जनताले नदीमा,पुल सडक,सेती लोकमार्ग को बारेमा सोधिरहेका छन् भनेको छु ।

मन्त्री सांसद लाई यस वडाको विकासका लागि नयाँ सडक, कलबट,खानेपानी,स्वास्थ्य,विद्यालयका,तटबन्धन को लागि म लगायत मेरो टिम लागि परेको बताउनु भयो ।

नदीका कारण मोहन्याल गाउँपालिकाको तल्ला पानी ,चायभावर,मूलेकारा लगायतका ठाउँबाट किनमेलका लागि बौनिया बजार आउने सर्वसाधारणलाई समेत सास्ती हुने गरेको छ। केन्द्रीय बजेटको लागत लाग्ने भएकाले सेती लोकमार्ग सडक खण्डमा पर्ने नदीमा कसैको चासो नगएको स्थानीयले बताउँदै आएका छन्।

 

यो घटना अघिको वर्षको हो ।
फेरि पनि नहोला भन सकिन।

वडा न –३ की २४ वर्षीय उर्मिला शर्मालाई मिति स् २०७७ साल साउन १३ गते सुत्केरी व्यथाले च्याप्यो । वडास्थित सामुदायिक स्वास्थ्य इकाईमा प्रसुति सेवा नभएपछि गाउँपालिकाको वडा नम्बर–१ स्थित दोदोधरा स्वास्थ्य चौकीमा प्रसुति सेवा लिन जानुपर्ने बाध्यता बन्यो । सोही दिन राती नै अविरल वर्षा सुरु भयो । उनलाई रातिको १० बजेदेखि सुत्केरी व्यथा सुरु भयो । साउन १४ गते बिहान १२ बजेसम्म सुत्केरी व्यथाले च्यापिरहेका बेला उनका श्रीमान् चिन्तित बने ।

लामो समय सुत्केरी व्यथाले च्यापेको थियो, त्यही बेला मुसलधारे पानी परेपछि झनै समस्या भयो । उनका श्रीमान् ओम शर्माले भने,“यो अवस्थामा नदीमा आएको बाढी तर्न कठिन थियो । म आफै समस्या र पीडामा थिए । गाउँघरमा छिमेकीले समस्या पर्दा पुल बनेर काम गर्नुभयो ।” उहाँहरूको ठूलो सहयोगले उर्लिदो भेलमा नदी तराउन सफल भइयो । दिउँसो साढे १ बजेतिर दोदोधरा स्वास्थ्य चौकीमा शिशुको जन्म भयो । अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था ठीक छ ।

उनलाई स्थानीयले उद्धार गरि स्वास्थ्य चौकीसम्म पुर्याउन सहयोग गरेका हुन् । यहाँका बासिन्दाले काँढा र कुहिरा नदीमा पुल नहुँदा वर्षेनी यस्तै दुस्ख, सास्ती खेप्दै आएका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कैलालीको मोहन्यालमा रहस्यमय मृत्यु: २५ वर्षीया महिलाको शव वन क्षेत्रमा फेला

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ स्थित नवप्रगतिशील सामुदायिक वन क्षेत्रभित्र एक अपरिचित महिलाको शव फेला परेपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।   स्थानीय गोठालाहरूले दिउँसो जंगल क्षेत्रमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल सेती राजमार्ग बाट करिब दुई सय मिटर पूर्वतर्फ पर्ने बताइएको छ।   जिल्ला...

गाउँमै निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन

भोजपुर,  रामप्रसाद राई गाउँपालिकाले युवालाई सरकारी सेवामा प्रवेश गर्न प्रोत्साहन गर्ने उद्देश्यले लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाभित्र रहेका लोक सेवा तथा शिक्षक सेवा आयोग तयारी गर्न इच्छुक युवालाई लक्षित गरी ४५ दिनको निःशुल्क विशेष तयारी कक्षा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७२...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

बाँके र बर्दियाको पर्यटन प्रवर्द्धन गर्न ‘टुर दी ठाकुरद्वारा’

जानकी (बाँके),  साइकल चालकका रुपमा परिचित रमेशकुमार मल्ल उमेरले ६२ वर्षको हुनुभयो । नेपालगन्ज उपमहानगरपालिका–१ वाटरपार्क निवासी मल्लले साइकलबाटै मेची महाकाली यात्रा पूरा गर्नुभएको छ । “तराईमा बस्ने अनि साइकल नचलाउने भन्ने हुँदैन । तर साइकल चालक बनेर आफ्नो पहिचान बनाउनु सबैले सक्दैनन,” मल्लले...

सूर्य बहादुर थापाको पक्षमा लम्की बजारमा उत्साहपूर्ण घरदैलो

लम्की, प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत कैलाली क्षेत्र नं. २ का नेपाल कम्युनिष्ट पार्टी(एमाले)बाट उम्मेदवार सूर्य बहादुर थापाले लम्की बजार क्षेत्रमा शुक्रबार व्यापक घरदैलो कार्यक्रम भइरहेको छ । घरदैलोका क्रममा स्थानीय व्यापारीले उत्साहपूर्वक स्वागत गर्दै विकास र स्थायित्वका लागि थापालाई समर्थन गर्ने प्रतिबद्धता जनाएका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

कैलाली–५ मा ढुंगानाको चुनावी दौड तीव्र, ‘सोचेभन्दा बढी माया पाइरहेको छु’

धनगढी – कैलाली क्षेत्र नम्बर ५ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार यज्ञ राज ढुंगाना ले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्। घरदैलो अभियान, टोल–टोल भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा व्यस्त रहेका ढुंगानाले आफूले अपेक्षा गरेभन्दा बढी समर्थन र सद्भाव पाइरहेको बताएका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ताराखोलास्थित नेपाल माविमा एक करोडको अक्षयकोष स्थापना

म्याग्दी, म्याग्दीको सिमानामा रहेको बागलुङको ताराखोला गाउँपालिका–४ मा रहेको नेपाल माविले स्थापना गरेको अक्षयकोषमा रु एक करोड सङ्कलन भएको छ ।गत माघ २५ देखि यही फागुन १ गतेसम्म विविध कार्यक्रमसहित मनाइएको ५७औँ स्थापना दिवस कार्यक्रममा प्राप्त भएको रु ३७ लाखसहित उक्त रकम सङ्कलन भएको...

लहानका २४वटै वडामा निःशुल्क क्यान्सर शिविर

सिरहा,  लहान नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै २४ वटै वडामा निःशुल्क क्यान्सर पहिचान तथा उपचार शिविर सञ्चालन गर्ने भएको छ । क्यान्सर रोगको समयमै पहिचान गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले ‘लहान क्यान्सर केयर सेन्टर’ सँग आज औपचारिक सम्झौता गरेको छ ।   एक समारोहकाबीच नगरपालिका...

ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौँ,  आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत नेपालले वेस्ट इन्डिज सामू १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३३ रनको योगफल बनाएको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९