
बौनियाँ,कैलाली । टीकाराम साउँद-कैलालीको मोहन्याल गाउँपालिका वडा नं १ र ३ मा फरक क्षमता भएका व्यक्तिहरुको पहिचान सहित अपाङ्गता परिचय पत्र वितरण सुरु गरिएको छ ।मोहन्याल गाउँपालिका तथा महिला तथा बालबालिका शाखा कार्यालयको आयोजनामा फरक क्षमता भएका ब्यक्तिहरुको पहिचान सहित अपाङ्गता परिचय पत्र वितरण तथा घुम्ति शिविर कार्यक्रम शनिबारबाट मोहन्याल गाउँपालिकाको वडा नं १ र ३ मा सुरु भएको हो ।
कार्यक्रममा बोल्दै मोहन्याल गाउँपालिका कार्यबाहक अध्यक्ष कमल बहादुर साउँदले गाउँपालिका भित्र रहेका अपाङ्गता भएका नागरिकहरुको पहिचान गर्ने तथा राज्यबाट प्राप्त सेवा सुविधाबाट बञ्चित हुन् नपरोस् भन्ने उद्देश्यले नागरिकको सुविधालाई मध्यनजर गर्दै घुम्ती शिविरमार्फत परिचयपत्र वितरण गरिएको गाउँपालिकाका कार्यबाहक अध्यक्ष साउँदले जानकारी दिए ।
गाउँपालिका भित्रका अपाङ्गता भएका ब्यक्तिहरुको उचित तरिकाले पहिचान गरि सरकारबाट पाउने सेवा सुबिधा ब्यवस्थापनमा कुनै कमि नहुने बताए ।
त्यस्तै वडा नम्बर १ का वडाध्यक्ष पिरम बहादुर बुढा क्षेत्रीले अपाङ्गता भएका ब्यक्तिहरुको क्षमतालाई पहिचान गरि सरकारले सम्मान गर्नुपर्ने बताए । ‘अपाङ्गता भएका ब्यक्तिहरुको हक हितको लागि सधै सहयोग गर्नुपर्छ,’ उनले भने । सो कार्यक्रममा उपस्थित मोहन्याल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की र अपाङ्गता महासघं सुदुरपश्चिम प्रदेश सदस्य नरेन्द्र प्रसाद जोशी उपस्थित हुनु भएको थियो ।
अपांग परिचयपत्र लाई ४ बर्गमा बिभाजन गरिएको छ।
( क) बर्ग रातो कार्ड पाउने १ जना
(ख) बर्ग निलो कार्ड पाउने २ जना
(ग) बर्ग पहिलो पाउने २ जना र
( घ) बर्ग सेतो कार्ड पाउने ५ जना सहित १० जनाले अपांग परिचयपत्र प्राप्त गरेका छन् ।
(क )बर्ग ले ३ तीन हजार ९ सय पचास रुपैयाँ र
(ख) बर्ग लाई २ हजार ९ सय पचास रुपैयाँ सरकारले मासिक भत्ता दिने गरेको छ।
वडा नम्बर ६ र ७ मा असार २० गते वितरण गर्ने महिला बिकास तथा बालबालिका शाखाकी प्रमुख रत्ना बोहराले वैज्ञानिक मिडियालाई बताउनु भएको हो।
हेर्नुहोस यो भिडियो सहित…..