बौनियााँ,कैलाली । कैलाली जिल्लामा एक बालक २५ दिनदेखि हराएपछि खाेजी गरिदिन परिवारजनले अपिल गरेका छन् । श्री सन लाइट विद्या मन्दिर स्कूलमा कक्षा २ मा पढ्ने कैलालीका बिकास बोहरा।घोडाघोडी नगरपालिका वडा नं ८ जरही मामा घर बस्छन १२ वर्षका बिकास बोहरा असार महिनाको १२ गते आईतवार साँझ बाट सम्पर्क बिहिन भएका थिए । १३ गते बिहान घर आएर ७ बजे विहान देखी घरबाट साथीको घर निस्केका बोहराले रातो टिसर्ट खैरो पाइनट लगाएर निस्केको आफन्तले वैज्ञानिक मिडियालाई जानकारी दिएका छन्।विकास मामा घर बस्दै आएका थिए घरबाटै भान्जा सम्पर्कविहीन भएपछि ईलाका प्रहरी कार्यालय सुखड कार्यालयमा खोजी गरिदिन निवेदन गरे पनि प्रहरीले चासो नदिएको बोहराका मामा भरत साउँदले गुनासो गर्नु भएको थियो।भान्जा हराएकै दिन प्रहरीमा पुगेर निवेदन दिएका हौं’, साउँदले भनु भयो–२५ दिन बित्दासम्म नभेटिंदा साह्रै चिन्तामा छौं,प्रहरी प्रशासनले ठूलाबडा भए मात्रै चासो दिने तर गरीबलाई मतलब नगरेको अनुभूति भएको साउँद बताउँछन् ।ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले भने-‘हामीले खोजी गरेका छौं, तर पत्ता लागेको छैन, बेवास्ता गरेका छैनौं,’ डीएसपी शाहीले भने हाम्रो लागि धनी गरिब सबै बराबर हुन हाम्रो तर्फबाट हामीले प्रयोग गर्न पाउने सबै जनशक्ति प्रयोग गरेका छौ डिएसपी शाहीले वैज्ञानिक मिडियालाई बताउनु भएको थियो ।बालकका आमा भरु बोहरा र बुबा नर बोहरा भारतको दिल्लीमा मजदुरी गर्दै आएका छन् । हराएका बालकलाई कोही कसैले फेला पारेको खण्डमा नजिककाे प्रहरी कार्यालय वा सम्पर्क नम्बरहरु ९८६५८५६५४७ मा सम्पर्क गरिदिन सम्पूर्ण नेपाली आमा,बाबु दाजू भाई दिदी बहिनीहरूमा परिवारले आग्रह गरेका छन् ।