बौनियाँ,कैलाली-महालक्ष्मी आदर्श युवा क्लव बर्दगोरिया गाउँपालिका वडा नं ५ बैदीपुरमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
महालक्ष्मी आदर्श युवा क्लव अध्यक्ष प्रेम सुनारको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भोलेराम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा वडा अध्यक्ष चौधरीले सम्पूर्ण नेपाली आमा, दिदी बहिनीहरुलाई सुभकामना ब्यक्त गर्नु भएको थियो कार्यक्रममा अघि बोल्दै आफैं परम्परा अनुसार तीज मनाउन आग्रह गर्नु भएको थियो अहिले पहिलो समयमा विदेशी कला नेपालमा भित्रिएको छ यसलाई रोक्न सबै एक जुट हुनु पर्ने जोड दिनु भएको छ ।कार्यक्रममा विशिष्ट अथितिमा शेर बहादुर कठरिया(अमर)ले हाम्रो नेपालमा धेरै जातजाति धर्म मान्ने गर्ने गरेको पाइन्छ यो तीज पर्व भाइचाराको पर्व पनि हो हरितालिका तीज पर्वले सबै जातजातिहरु एक ठाउँमा जोडने पर्व पनि भएको कठरिया बताउनु भएको छ ।
तीज विशेष कार्यक्रम वडा सदस्य सोनिया डगौरा,वडा सदस्य कित्थी कामी,वडा सदस्य नैन बहादुर चौधरी, युवा समाजसेवी बालचन्द्र कठरिया र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बौनियाँ उप-शाखा प्रमुख डम्मर बहादुर बुढा लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य युवा क्लवकी सदस्य रेखा सुनारले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव गोपाल भुलले गर्नु भएको थियो।



















































































































































