
बौनियाँ,कैलाली – भुमिहिन दलित र सुकुम्बासीलाई स्थायि लालपुर्जा वितरणकाे थालनिकाे रुपमा लिईने निस्सा वितरणको कार्य बर्दगाेरिया गाउँपालिकामा समेत सुरु भएको छ । साेमबार बर्दगाेरिया गाउँपालिका वडा नम्बर ३ बाट निस्सा वितरणको कार्यकाे बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सुरुवात गर्नु भएको हाे । कुँवरले आफ्नो कार्यकालको सुरुवातमै गाउँपालिका भित्र रहेका सम्पूर्ण ऐलानी जग्गाहरुलाई स्थायि गर्दै व्यक्तिले नाममा गरिछाेड्ने दाबी गर्नु भएको थियोे ।
निस्सा वितरण कार्यक्रममा बर्दगाेरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरि (लालदिप) वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषी आचार्य कार्यपालिका सदस्य वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।वडा नम्बर ३ मा ४५ जना भुमिहिन दलित र २५ जना भुमिहिन सुकुम्बासी लाई पहिलो चरणमा साेमबार जग्गाको अस्थायी लालपुर्जाका रुपमा लिइने निस्सा बितरण गरेको हाे । साे अबसरमा हामी संग संक्षिप्त कुरा गर्दै बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले निस्सा वितरणकाे कार्यकाे अब सुरुवात भए संगै यसले चाडै तिब्रता पाउने बताउनुभयो ।
कार्यक्रममा उपस्थित बर्दगाेरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरि (लालदिप) का अनुसार निस्सा बितरणकाे कार्य सम्पन्न भए लगत्तै गाउँपालिकाले स्थायी लालपुर्जा बितरणकाे कार्यलाई चाडै सुरुवात गर्ने तयारी गरिरहेकाे जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन वडा नं ३ का कार्यालय सहयोगी रवि जनलाले गर्नु भएको थियो ।
(फोटो फिचर सहित हेर्नुहोस्)