कैलाली-जिल्लाकाे बर्दगाेरिया गाउँपालिकाकाे शिक्षा शाखाले आर्थिक बर्ष २०७८/७९ काे नतिजामा उत्कृष्ट अंक हासिल गर्ने पालिका भित्र रहेका ८ सामुदायिक विद्यालयका आधारभूत तहका उत्कृष्ट तीन -तीन विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको हाे ।
साे अवसरमा हरेक विद्यालयबाट उत्कृष्ट अंक ल्याउनेलाई साईकल सहित, झाेला, कापि र कलम प्रधान गर्दा हरेक विद्यालय बाट दाेस्राे र तेस्रो हुनेलाई झाेला सहित स्टेशनरि सामाग्री हस्तान्तरण गरिएको थियोे । साे अवसरमा पुरस्कारको बितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पुरस्कार सानाे वा ठुलो त्यसले कुनै अर्थ नराख्ने बताउदै हरेक पुरस्कारको आफ्नो बेग्लै महत्त्व रहने कुरा उल्लेख गर्नु भएको थियो । साेहि क्रममा अगाडि बाेल्दै कुँवरले हरेक विद्यार्थीलाई मेहनत गरेर पढ्न अनुरोध गर्दै आर्थिक अवस्थाका कारण कुनै पनि विद्यार्थीलाई उच्च शिक्षा अध्यन गर्न बाट राेक्न नसक्ने भन्दै गाउँपालिकाकाे निरन्तर साथ रहने बताउनुभएको थियो । कुँवरले आफू,निर्वाचित भएर आयपश्चात आफ्नो पहिलो प्राथमिकतानै शिक्षा स्वास्थ्य र खानेपानी भएको बताउदै साे कुराले सधैं निरन्तरता पाउने कुरा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट , बर्दगाेरिया गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सिह कार्किले पुरस्कृत हुने उत्कृष्ट विद्यार्थीहरुलाई बधाई एवम् शुभकामना व्यक्त गर्नुभएको थियो । बर्दगाेरिया गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सिह कार्किकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन निरिक न्नद लाल कर्णले गर्नुभएको थियो । बर्दगाेरिया गाउँपालिकाले बिगत तीन बर्ष देखि पालिका भित्र रहेका समुदायिक विद्यार्थीबाट उत्कृष्ट अंक ल्याउने आधारभूत तहका विद्यार्थीहरुलाई पुरस्कृत गर्दै आइरहेको छ ।
































































































































































































