बौनियाँ,कैलाली – भुमिहिन दलित र सुकुम्बासी लाई स्थायि लालपुर्जा वितरणकाे थालनिकाे रुपमा लिईने निस्सा वितरणको कार्य बर्दगाेरिया गाउपालिकामा जारि रहेको को छ ।
साेहि क्रममा आइतबार बर्दगाेरिया गाउँपालिका वडा नम्बर ६ काे वडा कार्यलयमा बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले साे वडामा रहेका ७४ जना भुमिशिन दलित र सुकुम्बासिलाई निस्सा वितरण गरिएको हाे । कुँवरले आफ्नो कार्यकालको सुरुवातमै गाउँपालिका भित्र रहेका सम्पूर्ण ऐलानी जग्गाहरु लाई स्थायि गर्दै व्यत्तिकाे नाममा गरिछाेड्ने दाबी गर्नु भएको थियोे । निस्सा वितरण कार्यक्रममा बर्दगाेरिया गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिह कार्कि वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगाैरा वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।
यस अघि पालिकाले वडा नम्बर १,२,३ र ५ मा निस्सा बितरण गरिसकेको छ । निस्सा लाई अस्थायी लालपुर्जाका रुपमा समेत लिने गरिएको छ ।निस्सा बितरण कार्यक्रममा हामी संग संक्षिप्त कुरा गर्दै बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले निस्सा वितरणकाे कार्य अन्तिम चरणमा पुगेको जानकारी गराउदै अबकाे केही दिनमा स्थायि लालपुर्जा बितरणकाे थालनी गरिने बताउनुभएको छ । साेहि क्रममा अध्यक्ष कुवँरले जग्गाको स्थायी पुर्जा बितरणका क्रममा भुमि सम्बन्धि ऐन र नियममा उल्लेख भएको कुरामा टेकेर मात्र आफुहरु अगाडि बड्ने कुरा व्यक्त गर्नुभएको थियो । कुँवरका अनुसार याे आर्थिक बर्ष २०७९/८० काे बजेटमा पालिकाले साना साना कार्यक्रम भन्दा ठाेस र उपलब्धि मुलक कार्यमा बजेट बिनियाेजन गरेको कुरा उल्लेख गर्दै आफ्नो पहिलो प्राथमिकता सधैं शिक्षा ,स्वास्थ्य र खानेपानी रहेको कुरा उल्लेख गर्दै गुणस्तरीय शिक्षा ,स्वास्थ्य र खानेपानी बर्दगाेरिया बासिमा पुर्याउन सधैं तयार रहेको कुरा उल्लेख गर्नुभएको थियो ।साेहि अवसरमा निस्सा बितरण प्रक्रियाका बारेमा जानकारी गराउदै बर्दगाेरिया गाउँपालिकामा प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सिह कार्किले नब निर्वाचित टिमले निस्सा बितरणकाे कार्यलाई तिब्रता दिएकाे बताउदै यस अभियनलाई सफल पार्न आम जनसमुदायकाे साथकाे आवश्यकता रहेको बताउनुभयो ।
साेहि क्रममा कार्किले सम्पूर्ण कुराकाे जानकारी पालिकालाई नहुने बताउदै त्यसको सहि जानकारी दिने दायित्व स्थानीयकाे रहने बताउदै त्यसको सहि जानकारी दिने कर्तव्य आम जनसमुदायको रहने कुरा समेत बताउनुभएको थियो । कार्यक्रममा निस्सा प्राप्त गर्ने सम्पूर्ण भुमिहिन सुकुम्बासी र भुमिहिन दलितलाई बधाई र निस्सा बितरण गर्न सफल भएकोमा बर्दगाेरिया गाउँपालिका सिंगाे परिवारलाई वडा सदस्य बर्दगाेरिया गाउँपालिका स्तरिय न्यायिक समिति सदस्य हिक्कत कडाएतले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्षकाे आसनबाट बाेल्दै वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगाैराले ५८ बर्षपछि आएको याे नापिकाे हामीले फाइदा उठाउन सक्नुपर्ने कुरा उल्लेख गर्दै यसपालिको बर्दगाेरिया गाउँपालिकाकाे निर्वाचित युवाहरूको टिम सफल हुनेमा आफू बिश्वस्त रहेको कुरा बताउनुभएको थियो । वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगाैराकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन वडा सचिव लायकराम चाैधरीले गर्नुभएको थियो । त्यस्तै आइतबार नै वडा नम्बर ४ काे वडा कार्यलयमा भएको एक कार्यक्रमका बिच भुमिहिन दलित र सुकुम्बासी लाई निस्सा बितरण गरिएको छ । साे अवसरमा ४ नम्बर वडा का ४४ जनालाई निस्सा बितरण गरिएको हाे । साे वडामा समेत बर्दगाेरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुवर, प्रमुख प्रशाशकिय अधिकृत अर्जुन कार्की वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीकाे उपस्थितिमा निस्सा बितरण गरिएको हाे ।
वडा नम्बर ४ मन निस्सा बितरण कार्य सम्पन्न भए संगै बर्दगाेरिया गाउँपालिकामा भुमिहिन दलित र सुकुम्बासी लाई निस्सा बितरणकाे कार्य सम्पन्न भएको छ ।भुमिहिन दलित र सुकुम्बासी लाई निस्सा बितरणकाे कार्य सम्पन्न भए संगै अब अन्यलाई समेत निस्सा बितरणकाे कार्यकाे थालनी केही दिनमा गरिने बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बताउनुभएको छ । पालिका भित्र रहेका सम्पूर्णलाई निस्सा बितरण गरि सके पश्चात स्थायि लालपुर्जा बितरणकाे कार्यकाे थालनि काे तयारी गर्ने उहाले बताउनुभयो । गाउँपालिकामा प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सिह कार्किका अनुसार गाउँपालिका यसै आर्थिक बर्ष भित्र सम्पूर्ण ऐलानी जग्गाको स्थायि लमलपुर्जा बितरण गर्ने गरि तयारी गरिरहेको बताउनुभयो ।वडा नम्बर ४ मा भएको निस्सा बितरण कार्यक्रम वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीकाे अध्यक्षतामा भएको कार्यक्रम काे सञ्चालन वडा सचिव गणेश प्रसाद भट्टले गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ४ वडा सदस्य कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।
साे अवसरमा आफ्नो संक्षिप्त भनाइ राख्दै वडा अध्यक्ष जगत बहादुर शाहीले गाउँपालिका कर्ण बहादुर कुँवरको नेतृत्व टिम बर्दगाेरिया गाउँपालिका आए पश्चात कामले तिब्रता पाएकाे बताउदै यसले निरन्तरता पाउनेमा आफू बिश्वस्त रहेको बताउनुभएको छ ।