Baigyanik Media

Advertisment

SKIP THIS

दसैँ मिलन तथा शुभकामना कार्यक्रम सम्पन्न 

कैलाली-बाैनियामा बुधबार दशै मिलन तथा शुभकामना आदन -प्रदान कार्यक्रम सम्पन्न भएको छ । सडकपुर बाैनिया युवा क्लबले बिजयादशमी २०७९ काे पुर्व सन्ध्यामा उत्त कार्यक्रमकाे आयाेजना गरेको हाे ।

क्लबका अध्यक्ष जीवन बि .सीकाे अध्यक्षतामा भएको कार्यक्रममाका प्रमुख अतिथि बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बाेल्दै कुँवरले हिन्दु नेपालीहरुकाे माहान चाड दशै तथा दिपावलीकाे सम्पुर्ण गाउँपालिका बासिमा शुभकामना व्यक्त गर्दै याे पर्वले सम्पूर्ण समुदाय बिच कायम रहेको भाइचाराकाे सम्बन्धलाई थप प्रगाढ बनाउनेमा आफ्नो बिश्वास रहेको कुरा व्यक्त गर्नुभएको थियो । साेहि अवसरमा कुँवरले आफू सधैं युवाहरूको पक्षमा रहेको कुरा व्यक्त गर्दै क्लबले मात्र खेलकुदकाे आयाेजना नगरिकन समाजमा हुने विभिन्न किसिमका सामाजिक क्रियाकलापमा सक्रिय हुन आग्रह गर्दै त्यसमा गाउँपालिका र आफू व्यक्तिगत तवरमा सधैं सकारात्मक रहदै सहयोग गर्न तयार रहेको बताउनुभयो । कुवँरका अनुसार आफु निरन्तर बिकास र परिवर्तनका पक्षमा रहेको बताउदै साे कुरालाई पुर्णता दिन युवाहरु संग हातेमालो गरेर अगाडि बड्न तयार रहेको कुरा बताउनुभएको थियो ।

साेहि कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बाेल्दै बर्दगाेरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी (लालदिप)ले युवाहरु भनेको समाजकाे खम्बा भएको कुरा व्यक्त ती याेजनाहरुबाे लागु गर्न गाउँपालिका तयार रहेको बताउदै याेजना ल्यायर गाउँपालिका संग सहकार्य गर्न आएमा पालिका हातेमालो गर्न तयार रहेको बताउनुभयो । गिरीका अनुसार युवाहरु भनेको परिवर्तनकाे सम्बाहक भएको बताउदै युवाहरुलाई सहि मार्गतर्फ लगाउन समाजका सक्षम युवाहरू लाग्नुपर्ने कुरामा जाेड दिदै त्यसका लागि आजैबाट लाग्नुपर्ने कुरातर्फ सबैको ध्यानाकर्षण गराउनुभएकाे थियो । क्लबले खेल क्षेत्रलाई मात्र प्राथमिकता नदिएर समाजका हरेक गतिविधिमा सक्रिय भएर लाग्न आग्रह गर्दै आउदै गरेका सम्पुर्ण चाडपर्व हरुकाे शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

साेहि कार्यक्रममा बर्दगाेरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गाेबिन्द बि.क, नेकपा एमाले बर्दगाेरिया गाउँ कमिटी उप सचिव मिलन ओली,नेपाली कांग्रेस बर्दगाेरियाका सभापति कृष्ण बिष्ट ,क्लबका पुर्व अध्यक्ष देबराज स्वार, नेपाल रेडक्रस साेसाइटि दाेदाेधराका सभापति लक्ष्मीप्रसाद जाेशी,बाैनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बम,रानिजरुवा सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष लाल सिह बि.क लगायतकाले शुभकामना मन्तव्य राखेका थिए।

क्लबका बरिष्ट उपाध्यक्ष धिरज शाहीकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे सञ्चालन क्लबका महा-सचिव कृष्णप्रसाद ओझा (पदम) ले गर्नुभएको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation