कैलाली –पाचौं बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला राष्ट्रव्यापी तयारी अन्तिम चरणमा पुगेको आयाेजक सडकपुर बाैनियाँ युवा क्लबले बताएको छ । क्लबले दिएको जानकारी अनुसार भाेलि आइतबार ३० गते एक भव्य समारोहबीच बर्दगाेरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको मुडा बजारको खेल मैदानमा बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले प्रतियोगिताकाे उद्धघाटन गर्ने कार्यक्रम तय भएको आयाेजक क्लबका अध्यक्ष जीवन बि.सीले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा जम्मा १२ टाेलिकाे सहभागिता रहने प्रतियोगिता आयाेजक क्लबले जानकारी दिएको छ । आयाेजक क्लबले दिएको जानकारी अनुसार भाेलि हुने उद्घघाटन खेलमा आयाेजक सडकपुर बाैनिया युवा क्लब (ए) र केवाईसि कट्टिपुर बिच प्रतिस्पर्धा हुने जानकारी प्राप्त भएको छ । त्यस अघि पत्रकार र बर्दगाेरिया गाउँपालिकामा कार्यरत कर्मचारी एवम् जनप्रतिनिधि बिच मैत्रीपूर्ण खेल समेत हुने आयाेजकले जानकारी दिएकाे छ ।
प्रतियाेगितामा बिजेताले दुई लाख पच्चीस हजार पुरस्कार स्वरुप पाउँदा उप बिजेताले पुरस्कार स्वरुप एक लाख पन्ध्र हजार पुरस्कार स्वरुप प्राप्त गर्ने छन । यस्तै प्रतियोगिता व्यत्तिगत बिधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले समेत नगद पुरस्कार स्वरुप प्राप्त गर्ने आयाेजकले जानकारी दिएको छ । प्रतियोगिता काे समापन कार्तिक ६ गते हुने आयाेजक क्लबले जानकारी दिएको छ ।