कैलाली – बर्दगोरिया गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण कार्यमा रोक लगाईएको छ ।पालिकाको सामाजिक सुरक्षा भत्ता बापतको रकम वडा कार्यालयबाट वितरण गर्ने निर्णय बमोजिम आज सोमवार वडा नम्बर १ र ३ को कार्यालय बाट वितरण गर्नका लागि लाभग्राही वडा कार्यालय पुगेका थिए । यहि मङ्सिर ४ गते हुन गईरहेको निर्वाचनका कारण आफुहरुलाई निर्वाचन कार्यालय बाट नै सामाजिक सुरक्षा भत्ता वितरण नगर्न निर्देशन आएको एनआईसी एशिया बैंकले जानकारी दिएको छ । अहिले वितरण गर्दा चुनाव लक्षित हुने भन्दै आफुहरुलाई निर्वाचन कार्यालयबाट फोन आएको एनआईसी एशिया बौनियाँ शाखाका प्रमुख वसन्त बरालले बताए । तर यो सामाजिक सुरक्षा भत्ता बितरण कार्य निर्बाचन कार्यालय भन्दा पनि कसैको पुर्बाग्रहिमा रोकिएको पालिका अध्यक्ष तथा वडा अध्यक्षहरुको भनाई छ । आफू सधै जनताको साथमा भएको पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बताए । लाभग्राहिलाई आज वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भनी वडा नम्बर १ र ३ ले वडा कार्यालयमा बोलाएका थिए । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने एकल महिला,जेस्ठ नागरिक,बिहानै पालो लगाउन वडा कार्यालय पुगेका थिए । १० बजे वडा कार्यालय खुले पछि कर्मचारी संगै वडा अध्यक्ष आए केही समय गाउँपालिका अध्यक्ष र बैंकका कर्मचारीलाई कुरे तर गाउँलालिका अध्यक्ष कर्ण बहादुर कुँवर पुग्दा सामाजिक सुरक्षा भत्ता रोकिएको छ भन्ने सुने र लाभग्राही निरास भएर घर फर्किए । वडा गाउँपालिका अध्यक्ष कुँवरले बोल्दै सामाजिक सुरक्षा भत्ता रोकेर राम्रो नगरेको बताए । उनले भने अहिले यो परिस्थितिमा आएर जनतालाई दु:ख दिने काम भयो । साथै पालिका अध्यक्ष कुँवरले भने वडा नम्बर ३ का जनतालाई दु:ख दिने काम भयो ,बृद्धअवस्था र अपाङ्ग भएका व्यक्तिले कसरी बौनियाँ जाने,घरदैलोमा बितरण गर्न खोज्दा पूर्वाग्रहीले सामाजिक सुरक्षा भत्ता रोकियो । अध्यक्ष कुँवरले भने तपाईहरुको भत्ता आगामी मङ्सिर ५ गते यसै वडा कार्यालय र टोलटोलमा गएर बितरण हुन्छ । कुँवरले लाभग्राहीलाई नआत्तिन आग्रह गर्दै कसैलाई अति आवश्यक भए बैंकबाट लिनु र नभए ५ गते वडा कार्यालय बाटै बितरण हुने बताए । हामीले स्थानिय प्रशासनलाई बुझ्दा निर्वाचन कार्यालय निकाबाट फोन आएको जानकारी दिए । निर्वाचनको आचारसंहितामा यो कुरा नभए छिमेकी पालिकामा कसरी बितरण भयो स्थानियले गुनासो गरेका छन । हामीले समेत बुझ्दा छिमेकी पालिका जोशिपुर गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण भईरहेको छ ।
भिडियो सहित हेर्नु होस् ।