सोमवार, मंसिर २५, २०८०

युरोपको माल्टामा तिहारको चहलपहल : खुसी साँटासाँट गर्दै नेपालीहरु

माल्टा । युरोपको माल्टामा रहेको एक मिनि मार्केटमा नेपाली राष्ट्रिय झण्डा फरफराई रहेको देख्न सकिन्छ । जहाँ वैदेशिक रोजगामा कामगर्न गएका नेपालीहरु पसलको छेउमै रहेको राष्ट्रिय झण्डा नजिकै फोटा खिचाउँछन र देशप्रतिको प्रेम झल्काउँछन् । जुनदृश्यले जोकोही नेपालीको मनछुने गरेको छ ।कार्तिक २७ गते लक्ष्मीपुजाको दिन लक्ष्मीलाई आफू बसिरहेको स्थानमा भित्र्याउनको लागि वैदेशिक रोजगार युरोपको माल्टामा रहेका नेपालीहरुमा तिहारको चहलपहल बढेको छ । कामको व्यस्तता संगै एकआपसमा खुसी साँटासाँट गर्दै तिहार मनाउन आवश्यक सामाग्री किन्नको लागि माल्टामा रहेको नमस्ते नेपाल मिनि मार्केटमा नेपालीहरुको चहलपहल बढेको हो ।नेपालको कैलाली घर भएका तपेन्द्र परिवार पनि मिनि मार्केटमा भेटिएका थिए । माल्टाको जिरा भन्ने ठाउँमा बस्दै आएका परिवारले तिहारको लागि चाहिने आवश्यक सामाग्री किनमेल गर्न आएको बताए । आफ्नो देशको संस्कार र संस्कृति जहाँ भएपनि सबै नेपालीले संरक्षण गर्नुपर्ने भन्दै पसलमा आउँदा नेपालमै बसेको अनुभूती हुने गरेको उनले बताए । त्यसैगरी अछाम घर भएका कमल पुरकोटी पनि तिहारको सामान किन्न पसलमा पुगेका थिए । पसलको अगाडी नेपाली राष्ट्रिय झण्डा फरफराई रहेको देख्दा मन भावुक भएर आएको भन्दै सामान किन्नुभन्दा पहिले झण्डाको नजिकै उभिएर फोटा खिचाएको पुरकोटीले बताए । सेलरोटी बनाउनको लागि चामलको पीठो र अन्य आवश्यक सामाग्री खरिद गर्न आएको उनले बताएका थिए । नमस्ते नेपाल मिनि मार्केटका संचालक बाबु अर्यालले पसलमा अहिले तिहारको सामान किन्ने नेपालीको चहलपहल बढेको बताए । माल्टमा रहेका नेपालीलाई आवश्यक नेपाली सामानहरु सजिलै उपलब्ध गराउनकै लागि मिनी मार्केट संचालनमा ल्याएको उनले बताए । दैनिक ६ सय भन्दा बढी नेपालीले मखमली फूलका माला सहित अन्य आवश्यक तिहारका सामानहरु किनेर लग्ने गरेको उनी बताउँछन् । नेपालको गुल्मी घर भएका अर्याल गैर आवासीय नेपाली संघ माल्टाको भूतपूर्व अध्यक्ष्य समेत भएर काम गरी सकेकाछन् । विगत ४ वर्षदेखि माल्टामा व्यवसाय गर्दै आएका अर्यालले ४ जना नेपालीलाई रोजगार समेत दिएकाछन् । गैर आवासीय नेपाली संघका केन्द्रिय सदस्य समेत भईसकेका अर्याल हाल गैर आवासीय राष्ट्रिय समन्वय परिषद् माल्टाका सल्लाहकार समेत रहेकाछन् । अर्यालले माल्टामा रहेका नेपालीको सुखदुःखमा सहयोग गर्दै आएकाछन् । सामाजिक र मानविय काममा समेत अग्रसर हुँदै आएका अर्यालको व्यवहार मिजासिलो रहेको लालबहादुर ढेंगाले बताए । उनले भने –“तँपाई पत्रकारलाई नेपाली ढाँका टोपी शिरमा लगाई दिएर उहाँले सम्मान गरेको व्यवहारबाट पनि थाहा हुन्छकी उहाँ व्यापारमा मात्र सीमित नभई सामाजिक र मानवीय काममा पनि अग्रसर हुनुहुन्छ ।”सुदूरपश्चिम सेवा समाज माल्टाका अध्यक्ष दिपक सिंह ठगुन्नाले माल्टामा रहेका नेपालीको पनि तिहारको चहलपहल देख्दा आफूलाई निकै खुसी लागेको बताए । नेपाली सामानहरु माल्टामा उपलब्ध गराई नमस्ते नेपाल मिनि मार्केटका संचालक बाबु अर्यालले राम्रो काम गरेको अध्यक्ष ठगुन्नाले बताए । विश्वको जुनसुकै ठाउँमा भएपनि आफ्नो संस्कार र संस्कृतिको सबै नेपालीले संरक्षण गर्नुपर्नेमा ठगुन्नाले जोड दिए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!