आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

बाजुराकी साहित्यकार एवम् कांग्रेस नेतृ रीता शाहीको दोस्रो गजल संग्रह ‘चिनारी’ विमोचन

काठमाण्डौ। बाजुराकी साहित्यकार एवम् कांग्रेस नेतृ रीता शाही (ऋतु) को दोस्रो गजल संग्रह ‘चिनारी’ विमोचन गरिएको छ।काठमाडौं बानेश्वर स्थित होटल अर्यालमा विपी यूथ स्टडीको औपचारिक कार्यक्रमकाबीच कांग्रेसका वरिष्ठ नेता एवम् सांसद डा: शेखर कोइरालाले विमोचन गरेका हुन्।
सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला बुढिनन्दा नगरपालिकामा जन्मिएकी शाहीकाे दोस्रो कृति चिनारीको समिक्षा वरिष्ठ आख्यानकार ममता अब्दुलले गरेकी हुन। अब्दुलले शाहीको साहित्त्य कोशेली चिनारीले समाजको यथार्त चित्रण गरेको बताइन्। उनले भनिन्,‘साहित्यकार रिता शाही (ऋतु)को गजल संग्रह चिनारीमा समाजको यथार्त चित्र छ। यस कृतीमा माया प्रेमका कुरा मात्रै नभएर राजनीतिक र देशको परिवेश समेटिएको छ।’उनले शाहीले दोस्रो कृतिपछि अरु कृतिहरुको समेत जन्म हुने विश्वास व्यक्त गरिन्। समाज सेवाका क्रममा देखेका र भोगेका कुराहरु समेत शाहीले आफ्नो गजल संग्रह चिनारीमा समेटेकी छिन।शाहीले २०७७ सालमा द्वारीका देवी ठकुरानी राष्ट्रिय साहित्य सम्मान र २०७७ सालमै कोभिड १९ हिरो अवार्ड अमेरिकाबाट सम्मानीत भएकी थिइन।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation