काठमाडौं। आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले दुई जना उम्मेदवार टुंगाएको छ । नेकपा माओवादी नेतृत्वको सत्तारूढ गठबन्धनको भागबन्डामा परेको २ सिटमा नेकपा एसले उम्मेदवारी टुंग्याएको हो ।नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बागमती प्रदेशमा दलित क्लस्टर र कर्णाली प्रदेशमा महिला क्लस्टरमा उम्मेदवारी टुंगो लगाएर आज नै उम्मेदवारी दिन लागएिको हो । जसअनुसार बागमतीमा घनश्याम रिजाल विश्वकर्मा तथा कर्णाली प्रदेशमा सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको उनले जानकारी दिए ।नेकपा एसको सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालसहित तीनजनालाइ उम्मेदवार टुंगाउने जिम्मेबारी दिएको थियो ।