कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ सुगरखाल, जोकाहीमा रहेको रामजानकी सामुदायिक वन उपभोक्ता समूहको विशेष साधारणसभाले कैशराज कठरिया(राज)को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। विशेष साधारणसभाबाट उपाध्यक्षमा टिका सिंह बोहरा, सचिबमा श्रीदेवी कठरिया, कोषाध्यक्षमा सुना देवी डगौरा ,सहसचिवमा कृष्ण बहादुर कठरिया चयन भएका छन्। त्यस्तै सदस्यमा गीता बोहरा, शिव प्रसाद डगौरा, हेम राज डगौरा, ढका बहादुर, पुष्पा कुदमल, सुशील देवी कठरिया, रेश्मी देवी डगौरा र धाउरे कमी चयन भएका छन्।विशेष साधारणसभाले शनिबार विभिन्न उपसमिति चयन गरेको छ। मीन बहादुर डगौराको संयोजकत्वमा ३ सदस्यिय सल्लाहकार समिति चयन गरिएको छ। जसको सदस्यमा नेत्र राज जोशी र चक्र बहादुर कठरियालाई चयन गरिएको छ।लेखा समितिको संयोजकमा पदम बहादुर साउँदको संयोजकत्वमा ३ सदस्यिय समिति चयन गरिएको छ। जसको सदस्यमा राज राम डगौरा र छल्लु प्रसाद कठरियालाई चयन गरिएको छ।