बुधबार, बैशाख १०, २०८२

Baigyanik Media

Advertisment

SKIP THIS

बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात

काठमाडौं । भारतले बंगलादेशविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । आइतबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो ।बंगलादेशले दिएको १२८ रनको लक्ष्य पछाएको भारतले ११.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले १९.५ ओभरमा अल आउट हुदै १२७ रन बनाएको थियो ।यो जितपछि ३ खेलको टी-२० सिरिजमा भारत १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल आगामी बुधबार भारतको दिल्लीमा हुदै छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation