‘यौन प्रस्ताव अस्वीकार गरेपछि सरस्वती मारिइन्, अपराधबाट उम्किन इसराको पनि हत्या’

छोरीहरूको हत्यापछि विक्षिप्त परिवार त्रासले रातभर सुत्दैन

अछामका दुई किशोरी हत्यामा प्रहरी अनुसन्धान

अछामको ढकारी गाउँपालिका–१ छिन्ने ओढारको जंगलमा मृत भेटिएका किशोरीहरू १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इसरा खड्काको आफ्नै प्रेमीले हत्या गरेको खुलेको छ । ढकारी– ८, घोडासैन काँसेगडाका उनीहरूको ढकारी–३, तालीका १७ र १५ वर्षका दुई किशोरले हत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामले शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । ११ माघको हत्या घटनामा संलग्न दुई किशोर पक्राउ परेपछि उनीहरूकै बयानका आधारमा प्रहरीले विवरण सार्वजनिक गरेको हो ।

यसरी भएको थियो सरस्वती र इसराको हत्या

शनिबार पत्रकार सम्मेलन गरेर घटनाविवरण सार्वजनिक गर्दै अछाम प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारी

अछाम प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार सरस्वती र १५ वर्षीय किशोर तथा इसरा र १७ वर्षका किशोर प्रेममा थिए । यौन प्रस्ताव अस्वीकार गरेपछि प्रेमीले सरस्वतीको हत्या गरेको र इसराले घटना सार्वजनिक गरिदिने भनेपछि दुवै किशोर मिलेर उनको पनि हत्या गरेको अनुसन्धानमा देखिएको भण्डारीले बताए । उनीहरूबिच विगतमा पनि पटक–पटक भेट र फोनमा कुराकानी भएको देखिएको, हत्या भएको दुई दिनअघि पनि फोन सम्पर्क भएको र सल्लाहबमोजिम नै ११ माघमा उनीहरूबिच छिन्ने ओढारमा भेट भएको अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार भेटको सुरुवात सौहार्द देखिन्छ । जंगलको ठुलो ढुंगामाथि बसेर उनीहरूले सेयरइटमार्फत मोबाइलमा रहेका गीत, भिडियो आदानप्रदान गरेका थिए । त्यसपछि दुवै किशोरले आफ्नी प्रेमिकासँग मायाको चिनोस्वरूप दोपट्टा मागेका थिए । तर, इसराले दोपट्टा दिए पनि सरस्वतीले अस्वीकार गरिन् । यत्तिकैमा सरस्वती र उनका प्रेमी त्यो ठाउँबाट अलि तल अर्को ठाउँमा गएर बस्छन् । त्यहाँ प्रेमीले सरस्वतीसँग यौन सम्बन्धको प्रस्ताव राख्छन् । सरस्वतीले विवाहको ग्यारेन्टी माग्छिन् । तर, प्रेमीले अहिले उमेर नपुगेकाले पाँच वर्षपछि विवाह गर्ने आश्वासनमा यौन सम्बन्धका लागि दबाब दिन्छन् । सरस्वती फेरि अस्वीकार गर्छिन् । प्रेमीको यौन प्रस्ताव अस्वीकार गरेकै कारण सरस्वतीको हत्या भएको डिएसपी भण्डारीले पत्रकार सम्मेलनमा बताए ।

‘सरस्वतीलाई आफ्नै प्रेमीले पछाडिबाट ठुलो ढुंगाले हिर्काएको देखिन्छ, त्यही चोटले उनको मृत्यु भएको हो,’ उनले भने ।

प्रहरीका अनुसार सरस्वतीको हत्या भइसक्दासम्म पनि इसरा र उनका प्रेमीलाई थाहा थिएन । उनीहरू केही टाढा थिए । तर, जब सरस्वतीको हत्यापछि उनका प्रेमीले भवितव्य देखाउन माथिबाट ढुंगा खसाउन थाले, तब इसरा र उनका प्रेमीलाई पनि घटनाबारे थाहा भयो । त्यसपछि सरस्वतीको शवनजिकै पुगेर इसराले ‘तिमीहरूले फुपूलाई मार्‍यौ, अब म घरमा भन्छु’ भन्दै चिच्याउन थालेपछि दुवै किशोर मिलेर उनलाई पनि ढुंगाले हानेर हत्या गरेका थिए । ‘इसरालाई सुरुमा उनकै प्रेमीले ढुंगा प्रहार गरेको र त्यसपछि अर्का किशोरले पनि सघाएर हत्या गरेको देखिन्छ,’ डिएसपी भण्डारीले भने । सरस्वती र इसरा नाताले फुपूभदैनी थिए । दुवै स्थानीय विद्या प्रबोधनी माविमा कक्षा ८ मा अध्ययन थिए । हत्यापछि घटनालाई भवितव्य देखाउन भिरमाथिबाट शव भएको स्थानतर्फ ढुंगा खसालेर घर हिँडेका उनीहरू गत आइतबार (१३ माघ) राति ढकारी– ३, तालीस्थित घरबाटै पक्राउ परेका थिए ।

प्रहरीका अनुसार घटना भएको दिन किशोरहरू ढकारी– १, डुफास्थित फुपूको घरबाट सरस्वती र इसरालाई भेट्न जंगल गएका थिए । माघीको कोसेली पुर्‍याउन फुपूको घर आएको मौका पारेर उक्त भेटको योजना बनेको थियो । किशोरहरूले छिन्ने ओढार जाने बाटो देखाइदिन भन्दै फुपूका १० वर्षीय छोरालाई समेत जंगल लिएर गएको अनुसन्धानमा खुलेको र ती बालक पनि निगरानीमा रहेको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दा दर्ता गरिएका दुई किशोरको उमेरका कारण नाम सार्वजनिक गरिएको छैन । उनीहरूविरुद्ध यसअघि नै किटानी जाहेरी दर्ता भइसकेको छ । सरस्वती र इसराको शव भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा पोस्टमार्टम गरिएको छ, तर रिपोर्ट आउन बाँकी छ । त्रुटिरहित अनुसन्धान गर्ने प्रहरीको आश्वासनपछि परिवारले गत बुधबार उनीहरूको दाहसंस्कार गरेका छन् । यो घटनामा सिआइबी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले अनुसन्धान गरेकोमा बाँकी अनुसन्धान जिल्ला प्रहरी कार्यालय एक्लैले गर्नेछ ।

छोरीहरूको हत्यापछि विक्षिप्त परिवार त्रासले रातभर सुत्दैन
सरस्वती र इसराको हत्या आरोपी सार्वजनिक भएपछि पनि गाउँले सुरक्षित महसुस गर्न सकेका छैनन् । छोरीहरूको हत्यापछि विक्षिप्त परिवार त डरले रातभर जाग्राम बस्ने गरेको छ । ‘हामी पीडामा छौँ, असुरक्षाको महसुस भएको छ,’ सरस्वतीका बुबा उदयराम खड्काले भने, ‘पीडा र डरले रातभर सुत्न सकिएको छैन ।’ उनले हत्यामा ६ जना संलग्न रहेको दाबी गर्दै अन्यलाई पक्राउ नगर्दा झन् त्रास बढेको बताए ।

उदयरामका पाँच सन्तानमा सरस्वती कान्छी थिइन् । उनको हत्यापछि यो घरको चुलोमा आगो बलेको छैन । मान्छे मात्रै होइन, गाईबस्तु पनि भोकभोकै छन् । घटनापछि आफूहरू डरले आँगन छोडेर बाहिर निस्किन नसकेको सरस्वतीकी कान्छीआमा जुनादेवी खड्काले बताइन् । ‘हामीलाई पनि मार्दिन्छ कि भन्ने डर छ,’ उनले भनिन्, ‘मेलापात जानै सक्दैनौँ ।’

छोरीको शव भेटिएको दिनदेखि सरस्वतीकी आमा तारा अझै अचेत छिन् । उनी खान, सुत्न मात्र होइन, बोल्नसमेत सक्दिनन् । ‘बोल्न सक्नुहुन्न,’ जुनादेवीले भनिन्, ‘इसराकी आमाको अवस्था पनि यस्तै हो ।’

डरले दुवै परिवार रातभर जाग्राम बस्ने गरेको इसराकी भाउजू कृष्णा विष्टले बताइन् । वरिपरि जंगलले घेरिएको काँसेगडा साँझ ढल्केपछि सुनसान हुन्छ । ‘राति कोठाबाट निस्कन धेरै डर लाग्छ,’ सरस्वतीकी भाउजू कल्पना खड्का भन्छिन्, ‘त्यो दिनदेखि एकछिन पनि निन्द्रा लागेको छैन ।’

यो दुई घरमा मात्र होइन, काँसेगडा टोलका सबै पाँच घर त्रासमा छ । ढकारी– ८ का पूर्ववडाध्यक्ष लालबहादुर भण्डारी यो घटनाले सिंगो गाउँमा त्रास उत्पन्न गरेको बताउँछन् । ‘यो टोलका सबैले असुरक्षित महसुस गरिरहेका छन्,’ उनले भने, ‘सुरक्षा निकायले यसबारे पनि सोचिदिनुपर्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९