काठमाडौं । आज देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली तथा बाँकी भेगमा मौसम सफा रहेको जनाइएको छ।तराईका धेरै स्थानमा कुहिरो लागेको र कोशी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने मौसम बुलेटिनमा उल्लेख छ। कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाइएको छ।आगामी २४ घण्टामा देशका तराई तथा उपत्यकाका केही स्थानमा बिहानको समयमा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
























































































































































