Baigyanik Media

Advertisment

SKIP THIS

१ करोड ९५ लाखको बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ

काठमाडौं – बैंकिङ कुसरका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-५ घर भई हाल ललितपुर महानगरपालिका-१० धापाखेल बस्ने ४४ वर्षीय गमबहादुर पौडेल रहेका छन्।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार ठिमी नगरपालिका-३ भक्तपुरबाट पक्राउ गरेको हो।उनीविरूद्ध १ करोड ९५ लाख रुपैयाँ बिगोको बैंकिङ कसुरको जाहेरी रहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

 

 

उनीविरूद्ध अन्य प्रहरी कार्यालयहरूमासमेत चार वटा मुद्दा दर्ता रहेको र ती मुद्दामा उनी फरार रहेको पाइएको आचार्यले बताए।पौडेललाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।यस्तै, बैंकिङ कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेकी काठमाडौं-१६ पकनाजोलकी ४४ वर्षीया भवानी तुलाधरलाई प्रहरीले पक्राउ गरेको छ।उनलाई आइतबार साँझ पकनाजोलबाट पक्राउ गरी कारबाहीको लागि प्रहरी बृत्त सिंहदरबारमा पठाइएको उक्त कार्यालयले जनाएको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation