कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले वन संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै वन जोगाउन उपभोक्ता र सरोकारवाला निकायहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा सामुदायीक वनका उपाध्यक्ष नन्दाराम बिष्टको स्वागत मन्तव्यबाट भएको थियो। लेखा समिति संयोजक भूपेन्द्र रास्कोटीले आर्थिक वर्ष ०८१/०८२ को कुल ११ लाख ५८ हजार ४ सय २९ रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभयो। साथै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४५ लाख रुपैयाँ बराबरको अनुमानित वार्षिक कार्ययोजना पेस गरिएको थियो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बौनियाका प्रमुख डम्मर बिष्ट, रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लालसिंह विश्वकर्मा, जगदम्बिके भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्र बहादुर खड्का, शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष आत्माप्रसाद रिजाल, वडा सदस्य कपिल गुरुङ तथा दलित महिला सदस्य भावनादेवी बिक लगायतको सहभागिता रहेको थियो।सभामा उपभोक्ता, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सहसचिव चक्रबहादुर बिष्टले गर्नुभएको थियो।



















































































































































