बौनिया। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको बौनिया बजारको चौराहा र मुडा बजारको चोकमा बौनिया जेसीज शाखाले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपालको झण्ड लगाएको छ ।
गत वर्ष नेपालको झण्डा गाडिएको थियो । तर झण्डा पुरानो भएपछि पुरानो झण्डा फहराई रहेको बर्दगोरिया गाउँपालिका वडा नं १ मा अवस्थित बौनिया चौराहामा नेपाल जेसिज बौनिया शाखा वर्ष २०२६ समितिले नयाँ झण्डा गाडेर फहराएको अध्यक्ष भिम बहादुर बि.क ले बताए ।
तीन मिटर लम्बाई भएको झण्डा गाडिएको अध्यक्ष बि.कले बताए । बौनियामा पुरानो झण्डा फहराई रहेको देखेपछि नयाँ झण्डा गाडेको उनले बताए । जेसिज बौनिया शाखाले पर्यापर्यटनसंगै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कामहरु गर्दै आईरहेको छ । केही दिन अघि मात्रै जेसिज बौनिया शाखाले बर्दगोरिया गाउँपालिका वडा नं २ मा रहेको सहारा घरमा भएका बालबालिकाहरु लाई भोजन तथा फलफूल उपलब्ध गरेको थियो ।





















































































































































